क्रिकेट बिवादको अर्को शृंखला : कोइराला कार्यवाहक अध्यक्ष
२९ माघ २०७१
•
८ मिनेट पाठ
क्रिकेट बिवादको अर्को शृंखला : कोइराला कार्यवाहक अध्यक्ष
काठमाडौं– राष्ट्रिय टोलीले मैदानभित्र दिनानुदिन सफलताका नयाँ सिढी चढिरहेका बेला नेपालको क्रिकेट प्रशासन भने बिवादको दलदलमा थप जाकिँदै गएको छ। सरकारबाट निलम्बित नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक अध्यक्ष तारिणीविक्रम शाहको निधनपछि नयाँ नेतृत्व चयनमा संघभित्रको आन्तरिक बिवाद बिहीबार छरपष्ट भएको छ।सोमबारदेखि लगातार चलेको क्यानको बोर्ड बैठकले बिहीबार उपाध्यक्ष दीपक कोइरालालाई कार्यवाहक अध्यक्षमा चयन गर्दा एकमत नभएपछि बिवाद थप छताछुल्ल भयो। शाहले आफू अस्वस्थ भएपछि नेतृत्व जिम्मा लगाएका उपाध्यक्षमध्येका पाका श्रीनिवास राणालाई कार्यवाहक अध्यक्ष बनाउनुपर्छ भन्दै कार्यवाहक कोषाध्यक्ष दीवाकर घले, अरुण सत्याल, अमिरवीर पाण्डेलगायतले कोइरालाको विरोध गरेका थिए। तर क्यानभित्रको माओवादी पक्षले जवरजस्ती कोइरालालाई नेतृत्व दिएको आरोप लगाइएको छ। 
‘२६ गतेदेखि बोर्ड बैठक सुरु भयो। सदस्यहरु किस्तावन्दीमा उपस्थित हुन थाले। कुनै पनि दिन कोरम पुगेन। आज पनि १० जनामात्र थिए, त्यसमा पनि दुईजनाले हस्ताक्षर गरेका छैनन,' एक सदस्यले भने, ‘तर उहाँहरुले हिजोअस्तीकै उपस्थितीका आधारमा आज निर्णय गर्नुभयो। क्रिकेटलाई माओवादीकरण गर्ने प्रयास भइरहेको छ। हामीले नियमअनुसार सबभन्दा पाका उपाध्यक्ष श्रीनिवास राणालाई नेतृत्व दिउँ भन्यौं। उहाँहरुलाई खेलको विकासभन्दा पनि पार्टीको हालीमुहाली गर्नु थियो। त्यसैले जवरजस्ती गर्नुभयो। हामीलाई यो मान्य छैन।'
बिहीबार बैठकमा उपाध्यक्षहरु दीपक कोइराला र केशव घिमिरे, कार्यवाहक महासचिव उत्तम कर्माचार्य तथा सदस्यहरु शैलेश चौधरी, नरेश श्रेष्ठ, अमितवीर पाण्डे, अरुण सत्याल, धिरेन्द्र साउद, दीपकराम चौधरी र रञ्जित तामाङ गरी १० जनाको उपस्थिती रहेको बताइएको छ। उपस्थितमध्ये अमितवीर पाण्डे र अरुण सत्यालले निर्णयमा हस्ताक्षर नगरेको पाण्डेले बताए। ‘निर्णयप्रक्रियामा असहमति जनाउन मैले हस्ताक्षर नगरेको हुँ। म माइन्युट पढेपछि तथा सबैको सर्वसम्मतिमामात्र हस्ताक्षर गर्छु भनेर बाहिरिएँ,' पाण्डेले भने, ‘संस्था आफैमा कमजोर भएका बेला एकजुट हुनुपर्नेमा यस्तो जवरजस्ती र फुटको वातावरण मलाई मन परेन।'
बैठकले कोइरालालाई कार्यवाहक अध्यक्षमा चयन गर्दा शैलेस चौधरीलाई कोषाध्यक्षको जिम्मेवारी दिएको थियो। यसअघि दीवाकर घलेले कार्यवाहक कोषाध्यक्षका रुपमा काम गर्दै आएका थिए। जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष टंक आङबुहाङ, महासचिव अशोकनाथ प्याकुर्यािल र कोषाध्यक्ष राजुबावु श्रेष्ठसहित १० पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि शाहले कार्यवाहक अध्यक्षका रुपमा क्यानको नेतृत्व गरेका थिए। पछि शाह अस्वस्थ भएपछि उनले राणालाई जिम्मा लगाएको बताएका थिए। अख्तियारले मुद्दा चलाएका १० पदाधिकारी आफै निस्कृय भएपछि क्यानको बोर्ड सदस्य संख्या घटेर २१ भएको थियो। जसमा शाहको मृत्युपछि निर्वाचित क्यानमा २० सदस्यमात्र छन्। तर सरकारले कात्तिक २० मा निर्वाचित क्यानलाई निलम्बन गर्दै पूर्वअध्यक्ष विनयराज पाण्डेको नेतृत्वमा तीन सदस्यीय नयाँ कमिटी गठन गरेको थियो। जसलाई सर्वोच्च अदालतले काम नगर्न निर्देशन दिइसकेको छ। सरकारी निर्णयका विरुद्ध क्यानले दायर गरेको मुद्धा अझै पनि अदालतमा विचाराधिन छ। उता एसियाली क्रिकेट परिषद (एसिसी) ले घुमाउरो पारामा सरकारद्धारा गठित पाण्डे नेतृत्वको क्यानलाई मान्यता दिइसकेको छ।
राष्ट्रिय खेलकुद परिषदले चार वर्षअघि पाण्डे नेतृत्वको क्यान विघटन गर्दै माओवादी नेता आङबुहाङको अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको थियो। आङबुहाङले तत्कालै चितवनमा निर्वाचन गराएर क्रिकेट प्रशासनमा माओवादीको सामूहिक प्रवेशलाई वैधानिकता दिएका थिए। 
क्यानको बोर्ड बैठकले बिहीबार यसै महिनाको २४ गतेदेखि राष्ट्रिय पुरुष एकदिवसीय तथा ट्वान्टी–२० प्रतियोगिता गर्ने, जनकपुरमा फागुन १२ देखि अन्तरस्कुल राष्ट्रिय महिला अन्तरस्कुल प्रतियोगिता गर्ने निर्णय गरेको छ। यसैगरी कार्यवाहक अध्यक्षको संयोजकत्वमा कार्यसम्पादन समिति, उपाध्यक्ष केशव घिमिरेको संयोजकत्वमा विकास समिति, रामचन्द्र शर्माको संयोजकत्वमा अनुसासन समिति, कार्यवाहक महासचिव उत्तम कर्माचार्यको संयोजकत्वमा प्राविधिक समिति, शैलेश चौधरीको संयोजकत्वमा आर्थिक समिति, श्रीनिवाश राणाको संयोजकत्वमा इभेन्ट समिति बनाएको छ। राणा वैठकमा अनुपस्थित थिए। 
त्यस्तै वैठकले आउँदो एक वर्षका लागि पुरुष यु–१९ टोलीमा प्रशिक्षकको जिम्मेवारी जगत टमाटा तथा महिला टिममा श्यामसङजंग थापालाई दिइएको क्यानले जनाएको छ। वैठकले मिसन विश्वकप २०१९ को नाममा विश्व क्रिकेट लिग च्याम्पियनसिपलाई आधार बनाई त्यसको तयारीका लागि कोइरालाकै संयोजकत्वमा आठ सदस्यीय समिति बनाएको छ। सरकारले निलम्बनमा राख्दै पानी बाराबार गरेको अवस्थामा क्यानले भने समितिमा युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधिसमेत राखेको छ।


अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
९ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस