इलाम-माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता खेल्न आएका भुटानसहित तीन देशका टोली सेमिफाइनल नपुग्दै बाहिरिएका छन्। मंगलबार रुपन्देही–११ सँग २–० ले पराजित हुँदै भुटानको सिएमसी क्लब पनि बाहिरिएपछि प्रतियोगितामा स्वदेशी टोलीमात्र बाँकी छन्। बंगलादेशको एएचएम कामरुजान, सिक्किमको सुनाल्चु क्लब यसअघि नै बाहिरिसकेका छन्।तीन लाख पुरस्कार राशिको प्रतियोगितामा बुधबार सेमिफाइनलमा थ्री स्टार र नेपाल पुलिस क्लब भिड्दै छन्।
सिएमसी र रुपन्देहीबीच निर्धारित समय गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलियो। त्यसको १७औं मिनेटमा डोना थापाको फ्रिकिकमा प्रिन्स व्यञ्जनकारले हेडमार्फत गोल गर्दै रुपन्देहीलाई अग्रता दिलाए। खेलको ११५औं मिनेटमा पेनाल्टीबाट रुपन्देहीले अर्को गोल थप्यो। डी बक्सभित्र भुटानी रक्षक युगल राईको ह्यान्डबल भएपछि रुपन्देहीले पेनाल्टीको मौका पायो। त्यसलाई डोनाले गोलमा परिणत गरे।
रुपन्देहीले सेमिफाइनलमा बिहीबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ।
मंगलबार रुपन्देहीका प्रिन्स व्यञ्जनकारले म्यान अफ द म्याच हुँदै ५ हजार पुरस्कार पाए।
भुटानका प्रशिक्षक विकास प्रधानले धुले मैदानमा अप्ठेरो हुँदा खेलाडीले तालमेल मिलाएर खेल्न नसकेको बताए।
रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले पनि मैदानको अवस्था राम्रो नभएको बताए। रुपन्देही पहिलोपल्ट इलाममा खेल्न आएको हो। सापकोटाले अपेक्षाअनुरुप खेल प्रदर्शन गर्न नसक्नु मैदानको अवस्थाका कारण भएको बताए।
इलाममा १७ वर्षपछि भइरहेको माइभ्याली गोल्डकप हेर्न दर्शकको घुइँचो लागेको छ।