इलाम- माइभ्याली गोल्डकपको शुक्रबार सम्पन्न खेलमा आयोजक टोली झापा ११ सँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। घरेलु मैदानमै खेल भएपनि आधाजसो खेलाडी अन्यत्रबाट ल्याइएकाले तालमेल मिलाउन नसक्दा माइभ्याली फुटबल क्लव झापा ११ सँग २–० गोल अन्तरले पराजित भएको हो। विजयी सुरुवातसँगै झापा ११ प्रतियोगिताको दोस्रो चरण प्रवेश गरेको छ।गोलरक्षकसहित अन्यत्रका आधाजसो खेलाडी सहभागी गराएर मैदानमा उत्रिएको माइभ्याली झापा ११ सँग पहिलो हाफमै राम्रो खेल्न सकेन। क्लोज क्याम्पमा रहेको र एन्फा कप जितेको झापा ११ का दिनेश कार्कीले खेलको १६ औं मिनेटमा पहिलो गोल गरेको थियो।
झापा ११ का अनुभवी खेलाडी प्रवेश कटुवालले कर्नरबाट हानेको बल माइभ्यालीका सचिन्द्र धिमालले हेडमार्फत डिबक्सबाट तर्काउन खोज्दा आत्मघाती गोलमा परिणत भएपछि झापा ११ ल खेल २-० गोलअन्तरले जितेको हो। झापा ११ को भेट आइतबार विभागीय टोली त्रिभुवन आर्मीसँग हुनेछ।
शनिबार विभागीय टोली नेपाल पुलिस क्लब र बंगलादेशको ए एचएम कामरुजानबीच हुनेछ। पहिलो खेलमा पुलिसले मोरङ ११ लाई पराजित गरेको थियो। तीन लाख रुपैयाँ पुरस्कार राशीको प्रतियोगिताको फाइनल आगामी माघ १४ गते हुनेछ।