काठमाडौं-केन्यासँग शुक्रबार ५ विकेटले स्तब्ध भएपछि नेपालको आइसिसी विश्व क्रिकेट लिग डिभिजन १ मा उक्लने सपना थाँती रहेको छ। नेदरल्यान्ड्सले पुछारको युगान्डामाथि ६.३ ओभरमै विजय हासिल गरिसकेपछि नेपाललाई बढुवा हुन शुक्रबार डिभिजन २ मा केन्याविरुद्धको अन्तिम खेलमा जित अपरिहार्य थियो। टस हारेर ब्याटिङ गर्न निम्त्याइएको नेपालले अपेक्षा गरिएभन्दा राम्रो प्रदर्शनसाथ ४९.५ ओभरमा १ सय ९४ रन बनाएको थियो।उपकप्तान ज्ञानेन्द्र मल्लको सर्वाधिक ९१ रन बनाएपछि नेपालले सहज विजय हासिल गर्ने अनुमान गरिएको थियो। तर नेपालको जितमा सधैँ मुख्य भूमिका निर्वाह गर्ने बलिङ शुक्रबार विन्डहकस्थित एफिज पार्क मैदानमा सुखद रहेन। जसका कारण इरफान करिमको अविजित ७५ तथा राकेप पटेलको अर्धशतकमा केन्याले ९० बल बाँकी रहँदै लक्ष्य हासिल गर्योक।
शुक्रबार समूह चरणका खेल समाप्तिमा नामिबिया ८ अंक र नेदरल्यान्ड्स ६ अंकसाथ फाइनल पुगे। मुख्य दाबेदारको रूपमा रहेको नेपालमाथि विजय पाएको विश्वकप खेलिसकेको टोली केन्या रेलिगेसनबाट बच्दै तेस्रो स्थानको प्लेअफलाई लायक भयो। शुक्रबार नामिबियासँग ८ विकेटले पराजित क्यानडा र युगान्डा अंकतालिकाका पाँचौं र छैटौं स्थानमा छन्। दुवै टोली डिभिजन ३ मा झरेका छन्।
फाइनल पुग्ने टोली डिभिजन १ मा बढुवा भएका छन् भने तेस्रो र चौथो हुने टोली डिभिजन २ मै यथावत रहनेछन्। नेपाल र केन्या डिभिजन २ मै यथावत रहेका छन्। शनिबार यी दुईबीच तेस्रो स्थानको प्लेअफमा प्रतिस्पर्धा हुनेछ।
समान ६ अंक भए पनि शुक्रबार युगान्डामाथि फराकिलो विजय पाएकाले नेदरल्यान्ड्स रनरेटमा नेपाललाई पछि पार्दै डिभिजन १ मा उक्लिएको हो। नेपालमाथि विजय पाएपछि केन्या पनि फराकिलो जितका कारण समान ४ अंक जोडेको क्यानडालाई पछि पार्दै रेलिगेसनबाट जोगिन पुग्यो।
एफिज पार्कमा नेपाली बलिङ आक्रमण निरीह पार्दै केन्याले १५ ओभरअघि ५ विकेट गुमाई १ सय ९५ रन बनायो। ओपनर एलेक्स ओबान्डाले ४५, करिमले ७५ तथा पटेलले ५६ रनको योगदान गरे। अर्का ओपनर नरेन्द्र पटेल ७ रनमा आउट हुँदा १.२ ओभरमा केन्या १० रनको अवस्थामा थियो। करण केसीको बलमा नरेश बुढाएरले पटेलको क्याच लिएका थिए।
लगत्तै तेस्रो ओभरको पहिलो बलमा नेपाललाई अर्को सफलता मिल्यो। केन्याले थप तीन रन जोडेका बेला विकेटकिपर सुवास खकुरेलले नेहेमी ओडियाम्बो (२) लाई रनआउट बनाए। त्यसपछि करिमले तेस्रो विकेटमा ओबान्डासँग तीब्र गतिमा ७६ रनको साझेदारी गरे। ओबान्डालाई सागर पुनले एलबिडब्लु धरापमा पार्दा केन्याको स्कोर १५.४ ओभरमा हुँदा ८९–३ थियो। त्यसपछि एक रन बनाएका कोलिन्स ओबुयालाई ज्ञानेन्द्रले रनआउट पारे। त्यतिखेर केन्याले ९१ रन जोडेर बलियो आधार बनाइसकेको थियो।
ओबुया आउट भएपछि पाँचौं विकेटमा करिमले राकेप पटेलसँग १ सय ३ रनको महत्वपूर्ण साझेदारी गरे। वसन्त रेग्मीबाट कट एन्ड बोल्ड हुनुअघि पटेलले ५१ बलमा ५६ रन जोड्दै केन्यालाई १ सय ९४ रनको अवस्थामा पुर्या इसकेका थिए। आफूले खेलेको पहिलो बलमै वसन्तलाई एक रन प्रहार गर्दै केन्याको विजयकथा रचेका नेल्सन ओडियाम्बो अविजित रहने अर्का ब्याट्सम्यान थिए।
नेपालका करण केसी, वसन्त र सागरले एक/एक विकेट लिए। ओपनिङ बलर सोमपाल कामीले ५ ओभरमा ३३ र शक्ति गौचनले ४ ओभरमा २५ रन दिए। कप्तान पारस खड्काले ४ ओभरमा १८ रन दिनु शुक्रबार नेपालको किफायती प्रदर्शन थियो। करणले ६ ओभरमा ३४ रन खर्चे भने वसन्तले ९ ओभरमा ४७ तथा सागरले ७ ओभरमा ३७ रन दिएका थिए।
यसअघि ओपनिङ जोडी फेरि असफल हुँदा ज्ञानेन्द्रले अविजित ९१ रन बनाएपछि नेपालको ब्याटिङ अपेक्षित राम्रो देखियो। ओपनर सुवास खकुरेल २ रनमै पवेलियन फर्किंदा ३.३ ओभरमा नेपाल ३–१ मा सीमित भयो। अर्का ओपनर सागर पुनले पनि २७ बलमा १२ रनभन्दा बढी बनाउन सकेनन्। उनी आउट हुँदा ६.५ ओभरमा १७ रनमा सीमित नेपालले अर्को एक रनका लागि थप एक विकेट गुमायो। बुधबार नामिबियामाथि विजय पाएको खेलमा बेवास्ता गरिए पनि शुक्रबार पुनः टिममा फर्काएका नरेश १२ बलमा एकै रन बनाउन नसकी पवेलियन फर्किए। ओपनिङमा खेल्दै आएका नरेशलाई तेस्रो नम्बरमा पठाइएको थियो। सागरलाई सुवासको पार्टनरमा ओपनिङ पठाइँदा सधैं तेस्रो नम्बरमा ब्याटिङ गर्ने उपकप्तान ज्ञानेन्द्र पाँचौं नम्बरमा आएका थिए। पारस भने चौथो नम्बरमा यथावत रहे।
ज्ञानेन्द्रको धैर्यपूर्ण ब्याटिङले नेपालको इनिङ्स लम्ब्याउँदा उनले कप्तान पारससँग चौथो विकेटमा ४८ रनको साझेदारी गरे भने पाँचौं विकेटका लागि सरद भेषावकरसँग ४४ रन जोडे। पारसले ४६ बल खेल्दै दुई चौकासहित २० रन बनाए भने शरदले ४९ बलमा १८ रन जोडे। ज्ञानेन्द्रले छैटौं विकेटमा विनोद भण्डारीसँग ३३ रन जोडे। विनोदले तीब्र गतिमा रन जोड्दा २३ बलमा १६ रन बनाएका थिए। त्यसपछि कसैले पनि दोहोरो स्कोर गर्न सकेनन्। वसन्त ४, सोमपालले ८ र शक्ति गौचनले ८ रनमात्र जोडे। करणले खाता खोल्न सकेनन्।
केन्याका इलिजा ओटिनोले ३ र लुकास ओलुओचले २ विकेट लिए। ओडियाम्बो दाजुभाइ र जेम्स एनगोचेले १–१ विकेट लिए।
नेपाली टोलीका क्यानडेली प्रशिक्षक पुबुदु दासानायकेले एउटा ठूलो अवसर गुमाएको बताएका छन्। उनले भने, ‘हामीले आजको दिन एउटा ठूलो अवसर गुमायौं। आज हाम्रो कुनै पनि डिपार्टमेन्ट (बलिङ, ब्याटिङ र फिल्डिङ) मा सन्तोषजनक प्रदर्शन भएन। त्यसले गर्दा एउटा महत्वपूर्ण अवसरबाट चुक्यौं। हामी एकदमै निराश छौं। यो निराशाबाट उत्रन हामीलाई केही समय लाग्न सक्छ।'
शुक्रबारै आयोजक नामिबियाले क्यानाडामाथि ८ विकेटको जित दर्ता गरायो। टस जितेर फिल्डिङ रोजेको नामिबियाले भ्रमणकारी क्यानडालाई निर्धारित ५० ओभरमा २ सय २४ रनमा सीमित गरेको थियो। जवाफमा टोलीले ५७ बल बाँकी रहँदै २ विकेट क्षतिमा लक्ष्य पूरा गर्योि।
अर्को खेलमा टस जितेर फिल्डिङ रोजेको नेदरल्यान्ड्सले युगान्डालाई २३.४ ओभरमा ७९ रनमा रोक्दै ८.३ ओभरमा तीन विकेट गुमाई लक्ष्य भेटेको थियो।