आइसिसी विश्व क्रिकेट लिग २: इतिहास रच्ने संघारमा नेपाल केन्यासँग भिड्दै
०८ माघ २०७१
•
११ मिनेट पाठ
आइसिसी विश्व क्रिकेट लिग २:  इतिहास रच्ने संघारमा नेपाल केन्यासँग भिड्दै
काठमाडौं— केन्या र नेपालको क्रिकेटमा एउटा समानता छ, दुवै देशको प्रशासन आन्तरिक कलहमा फसेको छ । राजनीति व्याप्त छ, आर्थिक अपारदर्शिताका कारण विवादले दुवै देशको क्रिकेट नराम्ररी गाँजेको छ। आन्तरिक कलहबाट सिर्जित अप्ठेरोबीचको अवस्था र देशको क्रिकेटले भोगेको नतिजामा भने केन्या र नेपाल विपरीत ध्रुवमा छन्।

एकसमय एकदिवसीय विश्वकपको सेमिफाइनल खेलिसकेको केन्यालाई आन्तरिक समस्याले निरन्तर ओरालो लगाइरहँदा नेपाल भने देशभित्रको विवादलाई जित्दै लगातारको सफलतामा रमाइरहेको छ।

केही समानता र केही फरक नियति भोगिरहेका दुई देशका राष्ट्रिय क्रिकेट टोली शुक्रबार नामिबियाको विन्डहकस्थित एफिज पार्कमा जितको एकै उद्देश्य लिएर भिड्दैछन् । ५० ओभरको क्रिकेटमा दुई देशको पहिलोपल्ट आधिकारिक खेलमा भेट हुँदैछ । ट्वान्टी–२० स्वरुपका पछिल्ला दुई विश्वकप छनोट चरणमा भेट हुँदा नेपालले दुवैपटक जित पाएको छ । गत वर्ष न्युजिल्यान्डमा विश्वकप छनोटअघिको अभ्यास खेलमा भने केन्याले नेपालमाथि १ विकेटको जित पाएको थियो ।

१२ वर्षअघिको विश्वकपमा सेमिफाइनलसम्म पुगेर विश्व क्रिकेटमा तहल्का मच्चाएको केन्यामाथि डिभिजन २ मा टिकिरहन जितको दबाव छ भने नेपाललाई पनि सजिलोसँग बढुवा हुन जित आवस्यक छ । समूह चरणका चारमध्ये तीन खेल जितेर ६ अंकका साथ दोस्रो स्थानमा रहेको नेपालले केन्यामाथि विजय हासिल गरे सोझै डिभिजन एकको ढोका खोल्नेछ । केन्यासँगको खेलमा पराजित भए नेपालले अरुको नतिजामा भर गर्नुपर्नेछ । जहाँ रनरेटले टोलीको भाग्य निर्धारण गर्नुपर्नेछ । चार खेलमध्ये एकमामात्र जित पाएको केन्या डिभिजन २ मा टिक्ने झिनो आशा कायम राख्न जित्नैपर्ने अवस्थामा छ ।

समूह चरणका चार खेल समाप्तीमा आयोजक नामिबिया र नेपालको खातामा समान ६ अंक छ । रनरेटमा नामिबिया माथि छ । क्यानाडा र नेदरल्यान्ड्सले समान दुई खेल जित्दै ४÷४ अंक जोडेका छन् । क्यानाडा रनरेटमा माथि रहँदै तेस्रो स्थानमा छ भने नेदरल्यान्ड्स चौथो स्थानमा छ । दुई अंकमा सिमित केन्या र युगान्डा क्रमष ः पाँचौं तथा छैटौं स्थानमा छन् । समूहको अन्तिम खेलमा शुक्रबार क्यानाडाले नामिबिया तथा नेदरल्यान्ड्सले युगान्डासँग खेल्नेछ । प्रतियोगिताका शीर्ष दुई टोली डिभिजन १ मा उक्लन्छन् भने तेस्रो र चौथो हुने टोली डिभिजन २ मा कायम रहन्छन् । यसैगरी पुछारमा सिमित हुने दुई टोली डिभिजन ३ मा घटुवा हुने व्यवस्था छ ।

नामिबियामा आयोजकलाई ५ विकेटले नतिजा सुम्पदै यात्रा सुरु गरेको केन्या दोस्रो खेलमा क्यानाडासँग ४६ रनले निराश भएको थियो । तेस्रो खेलमा युगान्डालाई ५ विकेटको नतिजामा हराएर आशा जगाए पनि टोली बुधबार नेदरल्यान्डससँग ५ विकेटले पराजित भएपछि रेलिगेसनको नजिक पुगेको थियो ।

प्रतियोगितामा नेपालको यात्रा पनि केन्याको तुलनामा निकै फरक छ । पहिलो खेलमा प्रतियोगिताकै सबभन्दा कमजोर मानिएको युगान्डासँग २ रनले पराजित भए पनि त्यसपछिका खेलमा नेपालले सतप्रतिसत नतिजा निकालिरहेको छ । दोस्रो खेलमा प्रतियोगिताको मुख्य दावेदार नेदरल्यान्डसलाई २ विकेटले स्तव्ध पारेको नेपालले क्यानाडामाथि ७ विकेटको रवाफ जमायो । बुधबार आयोजक नामिबियामाथि ३ विकेटको जित हासिल गरेपछि नेपालको अवस्था थप मजबुत बन्यो ।

पहिलो खेलको अन्तिम बलमा जितका लागि तीन रन आवस्यक हुँदा नेपाल विजयी नतिजा निकाल्नबाट चुकेको थियो । युगान्डालाई १ सय ४६ रनमा रोके पनि अन्तिम बलसम्म लक्ष्य पछ्याउन गरेको संघर्ष असफल हुँदा नेपालको ब्याटिङ आलोचित हुनु स्वभाविक थियो । खासगरी मध्यक्रमको ब्याटिङमा धेरै खोट लगाइएको थियो । तर नेपालले तत्कालै दोस्रो खेलबाट प्रतियोगितामा पुनरागमन जनायो । दोस्रो खेलमा पनि नेदरल्यान्डसले नेपाललाई ठूलो लक्ष्य दिन सकेन । नेपाली बलिङ आक्रमण प्रभावकारी सावित हुँदा १ सय ५८ रनमै नेदरल्यान्डस सिमित भएको थियो । विनोद भण्डारी र सोमपाल कामीले ब्याटिङमा पनि खुलेर खेलेपछि नेपालको जित सम्भव भयो । पहिलो दुवै खेलमा नेपाली ब्याटिङमा चित्त बुझाउने ठाउँ थोरैमात्र थियो ।

क्यानाडाविरुद्धको तेस्रो खेलसम्म दृष्य धेरै फेरियो । बलिङ नेपालको सधैको मुख्य हतियार हो । क्यानाडालाई १ सय १४ रनमा रोकेपछि ब्याटिङमा पनि कप्तान पारस खड्काको ब्याट मजाले चल्यो । दुवै ओपनर खाता नखोल्दै पवेलियन फर्किए पनि पारस र उपकप्तान ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि १ सय १२ रनको महत्वपूर्ण साझेदारी गरे । जसले मध्यक्रममाथि जम्न नसकेको भन्दै लागेको आरोप चिरियो । पारसले ७७ रन बनाए भने ज्ञानेन्द्रले ३२ रन बनाएका थिए ।

नामिबियामाथि जित दर्ता गराउँदा पनि बलरहरुले तयार गरेको आधारमा नेपालको मध्यक्रम खुलेर प्रस्तुत भयो । फेरी पारस र ज्ञानेन्द्र प्रभावकारी देखिए । पारसले सातौं अर्धसतक बनाउने क्रममा ५६ बलमा ६४ रन जोडे भने ज्ञानेन्द्रले धैर्यपूर्ण खेललाई निरन्तरता दिँदै ७३ बलमा ३१ रन बनाए । ज्ञानेन्द्रले युगान्डासँग पनि ६६ बल खेल्दै ३४ रन बनाएर विकेट झर्ने क्रम रोकेका थिए ।

नेदरल्यान्डसमाथि विजय हासिल गर्दा अर्का भरपर्दा ब्याट्सम्यान सरद भेषावकरको प्रभाव देखिनु पनि नेपालका लागि सुखद थियो । सरदले नेदरल्यान्ड्सविरुद्ध अविजित २४ रन बनाएपछि नेपाल निर्धारित ५० ओभरको तीन बल बाँकी रहँदै विजयी भएको थियो । लामो समयदेखि अपेक्षित प्रदर्शन गर्न नसकिरहेका सरदले ५३ बल क्रिजमा टिकेर इनिङ लम्बाएका थिए ।

बलिङ सधै नेपालको मुख्य हतियार हो । जारी डिभिजन २ मा पनि नेपाली बलरहरुले आफूलाई राम्ररी प्रमाणित गरिसकेका छन् ।

वशन्त रेग्मीले विश्व क्रिकेट लिगमा १ सय विकेट लिने पहिलो खेलाडीका रुपमा इतिहास बनाएको प्रतियोगितामामात्र ६ विकेट लिइसकेका छन् । तिब्र गतिका बलरहरु सोमपाल कामी र करण केसी तथा मध्यम गतिका तेजबलर पारस स्वयम नेपाली जितको आधार बनिरहेका छन् । शक्ति गौचन नेपालका लागि सदावाहर नायक हुन् । जारी प्रतियोतिगामा सोमपालले चार खेलमा ३७.४ ओभर बलिङ गर्दै १ सय २७ रन खर्चेर ८ विकेट लिइसकेका छन् । ए श्रेणीमा यही प्रतियोगितामार्फत डेब्यु गरेका करणले ४ खेलमा ३०.१ ओभर बलिङ गर्दै ७५ रन खर्चेर ८ किवेट लिइसकेका छन् । पारसले ३८ ओभरमा ८५ रन खर्चिदै ६ विकेट लिएका छन् भने वशन्तले ३८ ओभरमा ८८ रन दिँदै ६ तथा शक्तिले ३४.२ ओभरमा ९४ रन खर्चेर ६ विकेट लिएका छन् ।

डिभिजन २ मा टिक्ने पक्का गरेर नेपालले प्रतियोगिताबाट एक चरणको सफलता हासिल गरिसकेको छ। महत्वका दृष्टिले नेपाली क्रिकेटलाई इतिहासकै सबभन्दा ठूलो उपलब्धि दिलाउन केन्याविरुद्धको खेल निर्णायक हुनेछ। यही खेलले नेपाल डिभिजन १ मा उक्लने वा २ मै यथावत हुने निर्णय दिनेछ। त्यसैले केन्याविरुद्ध जितको 'अर्जुनदृष्टि' राखेर टोली मैदान उत्रिनेछ। 'हामी प्रतियोगिता जित्ने एकमात्र उदेश्य राखेर यहाँ आएका हौं। उपाधि जित्नका लागि यो खेल जित्नैपर्छ। हामीसामू जितबाहेकको विकल्प छैन,' पारस भन्छन्।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस