काठमाडौं-पारस खड्काको अर्को एउटा ‘कप्तानी इनिङ' सँगै नेपालले बुधबार विन्डहकको युनाइटेड क्रिकेट क्लब मैदानमा आयोजक नामिबियामाथि ३ विकेटको जित हासिल गर्दै कम्तीमा डिभिजन २ टिकिरहने पक्का गरेको छ। नामिबियामाथिको जितपछि नेपालले चार खेलमा ६ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा पकड बलियो बनाएको छ। समान ६ अंक भए पनि रनरेटमा अगाडि रहेको नामिबिया शीर्ष स्थानमा यथावत छ।बुधबारै युगान्डालाई १ सय ११ रनले हराएको क्यानडा तथा केन्यामाथि ५ विकेटको जित हासिल गरेको नेदरल्यान्ड्स समान ४ अंकका साथ तेस्रो तथा चौथो स्थानमा छन्। समान २ अंकमा सीमित केन्या र युगान्डा पुछारका दुई स्थानमा छन्।
समूह चरणका अन्तिम खेलमा शुक्रबार नेपालले केन्यासँग प्रतिस्पर्धा गर्नेछ भने नामिबियाले क्यानडाको चुनौती सामना गर्नेछ। त्यस्तै, नेदरल्यान्ड्सले युगान्डासँग खेल्नेछ।
प्रतियोगिताका शीर्ष दुई टोली आगामी चार वर्षका लागि डिभिजन १ मा उक्लन्छन् भने तेस्रो र चौथो हुने टोली डिभिजन २ मा कायम रहन्छन्। पुछारमा रहेर समूह चरण अन्त्य गर्ने दुई टोली डिभिजन ३ मा घटुवा हुनेछन्।
घरेलु टोलीले दिएको १ सय ४३ रनको लक्ष्य ७३ बलअगाडि सात विकेटको क्षतिमा हासिल गर्ने क्रममा अघिल्लो दिनजस्तै पारसले अर्धशतक प्रहार गरे। बुधबार ५६ बलमा ६४ रन बनाएका पारसको डिभिजन २ मा यो लगातार दोस्रो अर्धशतक हो। अघिल्लो दिन क्यानडालाई सात विकेटको पराजय चखाउँदा पारसले ७८ बलमा ७७ रन बनाएका थिए।
पारसले बुधबार आक्रामक ब्याटिङ गर्ने क्रममा ६ चौका र ३ छक्का प्रहार गरे। अघिल्लो दिन विश्व क्रिकेट लिगमा एक हजार रनको कोसेढुंगा पार गरेका पारसलाई नामिबियाविरुद्ध पनि उपकप्तान ज्ञानेन्द्र मल्लले दरिलो साथ दिए। ज्ञानेन्द्रले ७३ बल सामना गर्दै ३१ रनको योगदान गरे।
ओपनर नरेश बुढाऐरलाई आराम दिइएको खेलमा प्रशिक्षक पुबुदु दासानायके र कप्तान पारसले ब्याटिङ क्रम परिवर्तन गर्दै सागर पुनलाई ओपनिङमा पठाएका थिए। सागर चौथो खेलमा पनि जम्न सकेनन्।
आठ बलमा सात रन बनाउँदै सागर पभेलियन फर्किएपछि क्रिजमा आएका ज्ञानेन्द्रले धैर्यपूर्ण ब्याटिङ गरे। उनले दोस्रो विकेटका लागि अर्का ओपनर सुवास खकुरेलसँग १९ रनको साझेदारी गरे। सुवासले २५ बलमा ४ रनमात्र बनाउन सके।
ज्ञानेन्द्रले आउट हुनुअघि तेस्रो विकेटका लागि पारससँग ५८ रनको महŒवपूर्ण साझेदारी गरे। पारसले चौथो विकेटका लागि विनोद भण्डारीसँग ४१ रनको साझेदारी गरे। १४ रनका लागि नेपालले चार विकेट गुमाउँदा विनोदको प्रदर्शन तारिफयोग्य रह्यो।
३२ बल सामना गर्दै १८ रन जोडेका विनोदले पाँचौं विकेटका लागि शरद भेषावकरसँग ९ रन जोडे भने त्यसपछि आरिफ शेखसँग छैटौं विकेटका लागि ४ रन जोडे। विनोदले एक चौका प्रहार गरेका थिए। शरदले ७ रन बनाए भने ‘ए' श्रेणीको क्रिकेटमा डेब्यु जनाएका आरिफ १ रनमा आउट भए। वसन्त रेग्मी ५ तथा सोमपाल कामी २ रनमा अविजित रहँदा नेपालले लक्ष्य पूरा गरेको थियो।
प्रशिक्षक पुबुदुले यसलाई ‘ठूलो जित' बताएका छन्। ‘मान्छेले हाम्रो कमजोरीका बारेमा कुरा गर्लान्, तर यो स्थानमा पुग्नु भनेको धेरै ठूलो उपलब्धि हो,' उनले नागरिकसँग टेलिफोनमा भने, ‘यसको श्रेय खेलाडीलाई जान्छ।' उनले डिभिजन १ मा उक्लनेमा टिम विश्वस्त रहेको बताए।
प्रतियोगितामा घरेलु टोलीका गेरी सिम्यानले तीन विकेट लिए भने क्राएग विलियम्सले दुई तथा तियान सिम्यान र लुइस क्लाजिंगाले एक–एक विकेट लिए। त्यसअघि करण केसीले प्रभावकारी बलिङलाई निरन्तरता दिँदै तीन विकेट लिएपछि नेपालले नामिबियालाई ४९.२ ओभरमा १ सय ४२ रनमा रोकेको थियो।
अघिल्लो दिन क्यानडामाथि विजय हासिल गर्दा पाँच विकेट लिएका करणले ६.१ ओभरमा एक मेडन राख्दै १२ रन खर्चे। उनलाई सोमपाल, वसन्त र शक्ति गौचनले दुई–दुई विकेट लिएर साथ दिए।
सोमपालले १० ओभरमा १ मेडन राख्दै ४१ रन खर्चिए भने वसन्तले ८ ओभरमा २३ रन दिए। यसैगरी पूरै कोटा बलिङ गरेका शक्तिले दुई मेडन राख्दै २२ रन खर्चे। नामिबियाविरुद्ध विकेट लिन नसके पनि पारसले १० ओभरमा तीन मेडन राख्दै १९ रनमात्र दिए। पारस लगातार दोस्रो पटक म्यान अफ द म्याच भए। क्यानडाविरुद्ध पनि उनी म्यान अफ द म्याच भएका थिए।
नामिबियाका रेमन्ड भान शोरले २८ रन बनाए भने जेपी कोट्जेले २७, लुइस क्लाजिंगाले २४, निकोलस सोल्ट्जले १६, सरेल बर्गरले १५ तथा जेरहार्ड इरास्मसले १४ रनबाहेक अन्य ब्याट्सम्यान दोहोरो स्कोर गर्न सफल भएनन्।