क्रिकेटले ल्याएको खुसी
०६ माघ २०७१
•
१० मिनेट पाठ
क्रिकेटले ल्याएको खुसी
काठमाडौं-कप्तान पारस खड्का आइसिसी विश्व क्रिकेट लिगमा कोसेढुंगा पार गर्न सफल भएको मंगलबारको दिन नेपालले क्यानाडामाथि ७ विकेटको सहज नतिजा निकाल्दै डिभिजन १ मा उक्लने सम्भावना जीवित राखेको छ।cricketक्यानाडाले दिएको १ सय १५ रनको लक्ष्य पछ्याउँदा खराब सुरुआत गरेको नेपाली इनिङ्स धान्ने जिम्मेवारीसाथ क्रिज पुगेका पारस छैटौं बल सामना गर्दा विश्व क्रिकेट लिगमा १ हजार रन बनाउने कोसेढुंगा पार गर्न सफल भए। 

ओपनरद्वय नरेश बुढाएर र सुवास खकुरेल एकै रन नबनाई पवेलियन फर्किएपछि सानो लक्ष्य पछ्याउने नेपालको प्रयास कठिन बन्न खोजेको थियो। तर कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्लले ब्याटिङको जिम्मेवारी बहन गरे। 
दोस्रो ओभरमा नरेश र सुवास एक बलको बीचमा आउट भएपछि ज्ञानेन्द्र र पारस क्रमशः तेस्रो तथा चौथो नम्बरमा नेपाललाई जित दिलाउने दायित्व बहन गर्न क्रिजमा आएका थिए। पारसले तेस्रो ओभरको पहिलो बल खेल्दा रन बनाउन सकेनन्। दोस्रो बलमा सेसिल परवेजलाई एक रन प्रहार गरे। विश्व क्रिकेट लिगमा १ हजार रन पुर्याेउन चार रन आवश्यकताबाट दिनको खेल थालेका पारसले सत्सिमरन्जित डिन्ड्सालाई चौका प्रहार गर्दै कोसेढुंगा पार गरे। चौथो ओभरको चौथो बलमा उनले डिन्ड्सालाई ४ रन प्रहार गरेर विश्व क्रिकेट लिगमा व्यक्तिगत स्कोर १ हजार १ रन पुर्यानएका छन्। 
नामिबियामा जारी प्रतियोगितामा पहिलो अर्धशतक बनाउने क्रममा पारसले ७७ रन प्रहार गरेपछि मंगलबार विन्डहकको वन्डरर्स क्रिकेट मैदानमा नेपालले क्यानाडामाथि सजिलो विजय पाएको हो।
यसअघि नेपाल क्यानाडासँग एकदिवसीयमा एकपल्ट भेट्दा पराजित भएको थियो। न्युजिल्यान्डमा गत वर्ष विश्वकप छनोटमा नेपाल १२ रनले पराजित भएको थियो।
पारसलाई उपकप्तान ज्ञानेन्द्रले अविजित ३२ रन बनाएर साथ दिए। 
१.४ ओभरमा दुई रन बनाएको अवस्थामा २ विकेट गुमाइसकेको नेपाललाई जितको बाटोमा डोर्यारउँदा कप्तान र उपकप्तानले तेस्रो विकेटमा १ सय १२ रनको महत्वपूर्ण साझेदारी गरे। पारस २२.५ ओभरमा डिन्ड्साको बलमा नितिश कुमारबाट क्याचआउट हुँदा नेपाललाई जित पाउन १ रन आवश्यक थियो। त्यसपछि आएका विनोद भण्डारीले २४औं ओभरको पहिलो बलमा परवेजलाई एक रन प्रहार गर्दै नेपाललाई १ सय ६१ बल बाँकी रहँदै जित दिलाए। 
पारसले ७८ बल खेल्दा ११ चौका र ३ छक्का हाने। अविजित रहेका ज्ञानेन्द्रले ५१ बलमा ५ चौकासहित ३२ रन बनाए। विनोद १ रनमै अविजित रहे। क्यानाडाबाट डिन्ड्साले दुई विकेट लिए।
कप्तान पारसले आफ्नो व्यक्तिगत कोसेढुंगाभन्दा टिमको जितलाई बढी महत्व दिएका छन्। ‘एउटा अलराउन्डरका रूपमा म सधैँ बलिङ वा ब्याटिङबाट टिमलाई जिताउन योगदान गर्न चाहन्छु। टिमका सबै खेलाडीले यही चाहन्छन्,' पारसले भने, ‘आज नेपाललाई जिताउन आफूले योगदान गर्न सकेकोमा म खुसी छु। मेरो १ हजार रनभन्दा बढी मेरा लागि टिमको जित महत्वपूर्ण छ। हाम्रो टिममा सबै खेलाडीले आफ्नो व्यक्तिगत प्रदर्शनभन्दा बढी टिमको नतिजालाई महत्व दिने गरेका छन्। टिमको जितसामु आफूले रन बनाउनु वा विकेट लिनु हाम्रा लागि कम महत्वको कुरा हुन्।'
नेपालका क्यानेडाली प्रशिक्षक पुबुदु दासानायकेले मंगलबारको जितमा बलरसँगै पारस र ज्ञानेन्द्रलाई जस दिए। ‘बलरले सधैं हाम्रा लागि राम्रो गरिरहेका छन्। आज पारस र ज्ञानेन्द्रको ब्याटिङ प्रदर्शन पनि राम्रो भयो। त्यो मेरो खास खुसीको विषय हो,' खेलाडीका रुपमा २००७ तथा प्रशिक्षकका रूपमा २०११ मा क्यानाडालाई विश्वकपसम्म डोर्यागएका पुबुदुले भने, ‘ब्याटिङमा हामीले यो प्रदर्शनलाई निरन्तरता दिन सक्नुपर्छ।'
त्यसअघि टस हारेर फिल्डिङ गरेको नेपालको विजयआधार तीब्र गतिका बलर करण केसीले निर्माण गरेका थिए। करणले १० ओभरमा २६ रन खर्चंदै ५ विकेट लिएपछि नेपालले क्यानाडालाई ४९.२ ओभरमा १ सय १४ रनमा अलआउट गर्योन। पहिलोपल्ट अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को ए श्रेणीको मान्यताप्राप्त प्रतियोगितामा सहभागिता जनाएका करणले २.६० को इकोनोमीमा २ मेडन राख्दै २६ रन खर्चेका थिए। उनले तेस्रो खेलमा आएर विकेट लिनमात्र होइन, जितको आधार तयार पार्न समेत मुख्य भूमिका खेले। युगान्डाविरुद्ध ७ ओभरमा २७ रन र नेदरल्यान्ड्सविरुद्ध ७ ओभरमा ३ मेडन राख्दै १० रन दिँदा उनले विकेट लिन सकेका थिएनन्। 

खेलमा सोमपालले २, कप्तान पारस, शक्ति गौचन र सागर पुनले १–१ विकेट लिएका थिए। सोमपालले पूरा स्पेल बलिङ गर्दै २ मेडनसाथ २८ रन खर्चे। क्यानाडाका लागि नवांै नम्बरमा आएका डिन्ड्साले बनाएको अविजित २५ रन नै ठूलो स्कोर थियो। त्यसबाहेक जिमी हर्षले २२ र जिमी दत्तले २० रन बनाए। 
प्रशिक्षक पुबुदुले बलिङमा करण र अर्का तीब्र गतिका बलर सोमपाल कामीको भूमिका निर्णायक रहेको बताए। ‘आजको खेलमा तीब्र गतिका बलरको प्रदर्शन निर्णायक रह्यो। करण र सोमपालले जितको आधार बनाए। करणको प्रदर्शन अझ राम्रो भयो,' उनले भने।
पारसले पनि बलरको प्रशंसामा भने, ‘हाम्रो सुरुआत आज राम्रो भयो। करण र सोमपालले राम्रो गरिरहेका छन्। स्पिनरको प्रदर्शन नेपालका लागि सधैँ राम्रो रहँदै आएको छ। बलरको प्रदर्शनका कारण हामीलाई आज पनि जित्न सजिलो भएको हो।'
पारसले प्रतियोगितामा नेपाल राम्रो अवस्थामा पुगे पनि बाँकी दुई खेलमा जित हासिल गर्नुपर्ने दबाबमा रहेको स्विकारे। ‘पहिलो खेल हारे पनि हामी कमजोर अवस्थामा छैनौं। प्रतियोगितामा सबै टोली उत्तिकै स्तरका छन्। हामीले अगाडि बढ्न सबै खेल जित्नुपर्छ,' बुधबार आयोजक नामिबियाविरुद्ध हुने खेलको विषयमा उनले भने, ‘नामिबिया अहिलेसम्म अपराजित भए पनि हामीले राम्रो क्रिकेट खेलेमा जित्न सक्छौं।'
आफ्नै देशमाथि मंगलबार पाएको जितबाट उत्साही पुबुदुले बुधबार जितका लागि नेपालले ब्याटिङ, फिल्डिङ र बलिङ सबैमा राम्रो प्रदर्शन गर्नुपर्ने बताए। ‘भोलिको खेल राम्रो भयो भने हामी डिभिजन १ मा उक्लिन्छौं,' नामिबियालाई हराउनेमा विश्वस्त उनले भने, ‘नामिबिया ठूलो टिम होइन। युगान्डाविरुद्धको खेलमा हामीलाई भाग्यले ठग्यो। मेरो विचारमा हामी अझै पनि प्रतियोगिताको दाबेदार हौं।'
आयोजक नामिबियाले खेलेका तीन खेल जितेर ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदा समान खेल खेलेको नेपाल दोस्रो स्थानमा उक्लँदै नामिबिया यात्रा बलियो बनाएको छ। नेपालसँग ४ अंक छ। मंगलबार नामिबियाले नेदरल्यान्ड्सलाई १ सय ८८ रन हरायो। केन्याले युगान्डालाई ५ विकेट हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस