डिभिजन २ मा आज नेपाल र क्यानाडा भिड्दै
०५ माघ २०७१
•
१० मिनेट पाठ
डिभिजन २ मा आज नेपाल र क्यानाडा भिड्दै
काठमाडौं-देशको क्रिकेट भविष्य निर्धारण गर्ने चुनौती बोकेर राष्ट्रिय टोली मंगलबार नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत विन्डहकको वन्डरर्स मैदानमा क्यानाडाविरुद्ध उत्रिँदैछ।
एकदिवसीय स्वरुपमा नेपालले खेलेको अहिलेसम्मकै ठूलो प्रतियोगिता यही हो। शनिबारसम्म चल्ने प्रतियोगितामा दुई खेल खेलिसकेको नेपालका लागि राउन्ड रोबिन लिगका बाँकी तीन खेलमा सुखद नतिजा ल्याउनैपर्ने दबाब छ।आगामी दिनमा नेपाली क्रिकेटले कस्तो बाटो लेला? चार वर्षपछिको विश्वकप लक्ष्य जीवित राख्ने कि डिभिजन ३ बाट भाग्य खोज्नुपर्ने संघर्षमय अवस्थामा चित्त बुझाउने? 
यही प्रतियोगिताको नतिजाले मार्गनिर्देश गर्नेछ। त्यसैले नामिबियामा हुने हरेक खेलको महत्व प्रतियोगितामा मात्र सीमित छैन। त्यहा“ नेपाली टोलीले आत्मसात गर्ने नतिजाको आयतन नेपाली क्रिकेटको वर्तमान भविष्यसम्म फैलिएको छ। डिभिजन १ मा उक्लन राउन्ड रोबिन लिगबाटै शीर्ष दुईभित्र रहनुपर्नेछ। डिभिजन २ को हैसियत जोगाउन शीर्ष ४ भित्र समेटिन सक्नुपर्छ। त्यसो नभए नेपाल डिभिजन ३ मा झर्नेछ। जसले देशभित्रको शक्ति संघर्ष, राजनीतिक चलखेल लगायत तमाम विवादमा रुमल्लिएको नेपाली क्रिकेटलाई अनिश्चित भविष्यतिर धकेल्ने निश्चित छ।
पहिलो खेलमा शनिबार कमजोर मानिएको युगान्डासँग २ रनले पराजित भएपछि दबाबमा रहेको नेपालले भोलिपल्टै त्यसको शोधभर्ना गरिसकेको छ। आइतबार उपाधिकै मुख्य दाबेदार नेदरल्यान्ड्समाथि २ विकेटको रवाफ जमाएर नेपाल प्रतियोगिताको लिकमा फर्किसकेको छ। डिभिजन २ को हैसियत सहज रूपमा पक्का गर्न बाँकी तीनमध्ये दुई खेलमा नेपाललाई जित आवश्यक हुन्छ। कम्तीमा थप एक जित पाउन सके पनि हैसियत जोगाउन त्यो उपयोगी हुनसक्छ। त्यसैले क्यानाडाविरुद्धको खेलको महत्व अझ खास हुन पुगेको छ। 
ब्याटिङबाट अपेक्षित प्रदर्शन नहुनु नामिबियामा नेपालको ठूलो टाउको दुखाइ बनेको छ। युगान्डालाई नतिजा सुम्पिँदा मध्यक्रमको ब्याटिङमा बढी समस्या रह्यो। आइतबार नेदरल्यान्ड्समाथि विजय पाउँदा पनि ब्याट्सम्यानको प्रदर्शनमा चित्त बुझाउने ठाउँ थिएन। 
नेपाली टोलीका क्यानेडाली प्रशिक्षक पुबुदु दासानायके ब्याटिङमा सुधार नेपालको यात्राका लागि अपरिहार्य ठान्छन्। ‘हाम्रो बलिङ उच्च लयमा छ। ब्याट्सम्यानहरूको प्रदर्शन चिन्ताको विषय हो। शीर्ष ब्याट्सम्यानहरूले स्कोर गरे भने हामी सहज जित निकाल्न सक्छौं,' खेलाडी र प्रशिक्षकका रूपमा क्यानाडालाई अघिल्ला दुई विश्वकपसम्म डोर्यािएका पुबुदुको आशा छ, ‘हाम्रा ब्याट्सम्यानहरूको मुख्य समस्या भनेको यो स्तरको दबाबमात्र हो। जसलाई उनीहरूले भोलि परास्त गर्नेछन्।'
नेपालले पछिल्ला दुई खेल खेलेको मैदान निकै ठूलो हुनुका साथै आउटफिल्ड निकै सुस्त भएकाले ब्याट्सम्यानले संघर्ष गर्नुपरेको पुबुदुले प्रस्ट्याए। उनका अनुसार नामिबियाको मैदानअनुसार ब्याटिङ शैलीमा मंगलबार परिवर्तन गरिनेछ। टिममा सन्तोषजनक सुधार आउने क्रम रहेकाले क्यानाडालाई हराउनेमा उनी आशावादी छन्। 
प्रतियोगिताको महत्व बयान गरेर नथाक्ने कप्तान पारस खड्का सबै खेलाडीले आफ्नो भूमिकामा न्याय गरे सफलता सम्भव रहेको बताउँछन्। ‘यो एउटा अत्यन्तै प्रतिस्पर्धात्मक प्रतियोगिता हो। सबै टोली उत्तिकै राम्रा छन्,' पारसले सोमबार भने, ‘देशको क्रिकेट भविष्यका लागि यो प्रतियोगिता निकै महत्वपूर्ण छ। यहाँका हरेक खेलले नेपाली क्रिकेट भविष्यको बाटो देखाउने छ। हरेक खेलको अवस्था फरक हुन्छ। त्यसैले एक समयमा एउटा खेलमा केन्द्रित भएर खेल्नुपर्छ। क्यानाडाविरुद्ध पनि हामी जितको लक्ष्यसहित मैदान उत्रन्छौं।'
प्रतियोगिताअघि दक्षिण अफ्रिकाको अभ्यासमा राम्ररी जमेका पारसको प्रभावशाली प्रदर्शन नामिबियामा देखिएको छैन। पहिलो खेलमा ५ रनमै आउट भएका पारसले दोस्रो खेलमा पनि १९ रनभन्दा बढी योगदान गर्न सकेनन्। उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो खेलमा धैर्यपूर्ण ब्याटिङ गरेका थिए। तर दोस्रोमा त्यसले निरन्तरता पाउन सकेन। लामो समयदेखि राम्रो प्रदर्शनबाट चुक्दै आएका विनोद भण्डारी र शरद भेषावकरले नेदरल्यान्ड्ससँग गरेको प्रदर्शनले धेरै आशा जगाएको छ। नेदरल्यान्ड्सलाई हराउँदा विनोदले आक्रामक ब्याटिङ गर्दै ३० बलमा १ चौका र ३ छक्कासहित ३५ रन बनाएका थिए। शरदले धैर्यपूर्ण खेल्दै ५३ बलमा अविजित २४ रन बनाएका थिए। 
‘विनोद र शरदले आफूलाई फेरि एकपटक म्याचविनर खेलाडीमा प्रमाणित गरेका छन्। उनीहरू दुवैलाई यस्तो इनिङ्स आवश्यक थियो,' अन्तर्राष्ट्रिय अम्पायर दुर्गानाथ सुवेदी विश्लेषण गर्छन्, ‘त्यो इनिङ्स उनीहरू फर्ममा फर्केको संकेत हुनसक्छ।'
दुई खेलमा चल्न नसकेको पारसको ब्याट क्यानाडाविरुद्ध अभ्यास खेलमा जस्तै घुम्यो भने नेपालको जित सहज हुने उनको बुझाइ छ। भन्छन्, ‘हाम्रो ओपनिङमा देखिँदै आएको समस्या अहिले पनि सुधि्रएको छैन। एउटा इन्डबाट रोकेर खेल्दा अर्को इन्डको ब्याट्सम्यानले आक्रामक खेल्नुपर्छ। त्यसो भए यो स्तरमा नेपालले जोसुकैलाई पनि हराउन सक्छ।'
क्यानाडासँग नेपालको इतिहास सुखद छैन। यसअघि एकदिवसीयको एउटै भेटमा क्यानाडाले नेपालमाथि १२ रनको जित पाएको थियो। गत वर्ष न्युजिल्यान्डमा सम्पन्न विश्वकप छनोट प्रतियोगिताको त्यो भेट दुई टोलीबीच यसअघिको एकमात्र खेल थियो। यसबाहेक ट्वान्टी–२० स्वरुपमा एकपटक भेट हुँदा पनि क्यानाडाले नेपाललाई निराश पारेको थियो। २०१२ मा युएईमा सम्पन्न ट्वान्टी–२० विश्वकप छनोटमा क्यानाडाले १८ रनको जित पायो। 
तर, क्यानाडाको टोलीमा लामो समयदेखि नेतृत्व गर्दै आएका कप्तान आशिष बगाईसहित अनुभवी थुप्रै खेलाडीको साथ नामिबियामा रहने छैन। बगाईले संन्यास लिएको एक वर्ष भइसक्यो। उनको ठाउँमा ३० वर्षे जिमी हान्स्राले टोलीको नेतृत्व गरिरहेका छन्। क्यानाडाका लागि सर्वाधिक रन बनाउने रजहुर रहमान र बढी विकेट लिने खुर्रम चौहानसहित पहिलो रोजाइका हिरल पटेल, जुनैद सिद्धिकी, जेरेमी गोर्डन र हार्भिर बैदवान पनि नामिबिया भ्रमणमा छैनन्। 
तथापि नेपालका लागि क्यानाडा सहज प्रतिद्वन्द्वी पक्कै होइन। चारपटक विश्वकप खेलेको अनुभव क्यानाडासँग छ। डिभिजन २ मा रहिरहनु नै क्यानाडाको शक्तिको सबैभन्दा ठूलो प्रमाण हो। 
पुबुदुको विश्वास, पारसको प्रतिबद्धता र नेपाली क्रिकेटप्रेमीको शुभकामना अनि थोरै भाग्यको साथ पाए क्यानाडा नेपालका लागि धेरै बलियो प्रतिद्वन्द्वी पनि हुने छैन। मैदान छोड्दा नेपाली टोलीको साथमा जितको खुसी हुनेछ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस