काठमाडौं-विश्व क्रिकेट लिग डिभिजन २ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिकाको विशेष तयारीबाट उच्च मनोबल बटुल्दै मंगलबार नामिबिया लागेको छ। नामिबियामा शनिबार सुरु हुने डिभिजन २ को विशेष तयारीका लागि गतसाता दक्षिण अफ्रिका पुगेको नेपाली टोलीले तीन अभ्यास खेल खेल्दा दुई जित पाएको थियो।प्रशिक्षक पुबुदु दासानायकेले दक्षिण अफ्रिकाको भ्रमण निकै उपयोगी भएको बताउँदै यसबाट डिभिजन २ को उपाधि जित्ने आत्मविश्वास पलाएको बताए। ‘दक्षिण अफ्रिकाको तयारी समय छोटो भए पनि हामीले योजनाअनुसार यहाँ सबैप्रयोग गर्यौं ,' नामिबिया लाग्नेक्रममा पुबुदुले नागरिकसँग भने, ‘हामीले यहाँको अभ्याससत्र ‘हाई नोट' मा सम्पन्न गर्यौं'। डिभिजन २ सजिलो नभए पनि हामी उपाधिको मुख्य दाबेदार हौं।'
सोमबार तेस्रो खेलमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको उच्च प्रदर्शनप्रति संकेत गर्दै उनले भने, ‘मध्यक्रमको ब्याटिङमा उल्लेख्य सुधार देखिनु हाम्रो सबैभन्दा सकारात्मक पक्ष हो। क्रिजमा लामो समय बस्ने योजना उक्त खेलमा सफल देखियो। धैर्यपूर्ण खेल्ने योजना सफल भयो। नतिजा सहज बन्यो।'
पारस र ज्ञानेन्द्रको प्रदर्शनमा नेपालले स्थानीय टोली इस्टर्न इन्भिटेसन–११ माथि ७ विकेटको रवाफिलो जित पाएको थियो। पारसले १ सय १४ बलमाअविजित १ सय २३ रन र ज्ञानेन्द्रले धैर्यपूर्ण ब्याटिङ गर्दै १ सय २ बलमा ५३ रन बनाएका थिए। दुवैले तेस्रो विकेटमा १ सय ३४ रनको महत्वपूर्ण साझेदारी गरे।
जनवरी ८ मा दक्षिण अफ्रिका पुगेको नेपालले पहिलो खेलमा इस्टर्न एकेडेमी–११ लाई ५७ रनले नतिजा सुम्पियो भने दोस्रो खेलमा पुमालांगा क्रिकेट युनियनलाई ३४ रनले हरायो।
पुबुदुले दक्षिण अफ्रिकामा सामना गरेका टोली माथिल्लो स्तरको भएको बताउँदै भने, ‘पहिलो र तेस्रो खेलमा हामीले उच्चस्तरको प्रतिद्वन्द्वी पायौं। दुवै टिममा धेरैजसो यहाँका राज्यस्तरका खेलाडी थिए। यस्ता टोलीलाई हराउँदा हाम्रो मनोबल माथि उठेको छ। तर डिभिजन २ मा सबै विपक्षी अझ कठिन हुनेछन्। त्यसैले हामी एकसमयमा एक खेलबारे ध्यान केन्द्रित गर्नेछौं। विपक्षी बलिया छन्, तर हामीले पनि धेेरै सुधार गरेका छौं।'
दक्षिण अफ्रिकी फिजियोसँग सहकार्य गरिरहेको जनाउँदै पुबुदुले टोलीका सबै खेलाडी फिट भएको बताए। तीब्र गतिका बलर अमृत भट्टराईको फिटनेसमा कुनै दुविधा नरहेको उनले पुष्टि गरे। ‘अमृत एक दुई दिनमा पूरा फिट हुन्छन्। प्रतियोगितासम्म उनलाई सतप्रतिसत फिट पाउँछौं,' उनले भने।
कप्तान पारसले दक्षिण अफ्रिका भ्रमण आफूले खोजेजस्तै भएको बताए। ‘नामिबियाको कन्डिसनसँग भिज्ने मौका पायौं। सबैले राम्रो तयारी गरेका छन्। हामीले लामो समयदेखि यो अवसर कुरेका यौं, जसलाई खेर जान दिनेछैनौं,' पारसले तीन अभ्यास खेलले निखारिएको बताउँदै भने, ‘हामीले राम्रा टोलीलाई यहाँ हरायौं। एक खेल पहिला ब्याटिङ गरेर जित्यौं, अर्को लक्ष्य पछ्याएर जित्यौं। त्यसैले सकारात्मक आत्मविश्वास लिएर नामिबिया जाँदैछौं।'
अभ्यासमा राम्रो गरे पनि प्रतियोगिता फेरि शून्यबाट सुरु गर्नुपर्ने स्वीकार्दै पारसले क्षमताअनुसार खेल्न सके उपाधि सम्भव भएको बताए। ‘सबै टोली जित्नलाई आउँछन्। तर जित्ने लक्ष्य राखेरमात्र हुँदैन,सम्भावना हुनुपर्छ। हामी जितको प्रचुर सम्भावना बोकेको टिम हौं। तर त्यसका लागि सबैले राम्रो खेल्नुपर्छ,' उनले भने, ‘यहाँ अभ्यासले त्यसैको संकेत गरेको छ।'
एक सातासम्म चल्ने प्रतियोगितामा नेपालले राउन्ड रोबिन पद्धतिमा आयोजक नामिबिया, नेदरल्यान्ड्स, केन्या, क्यानाडा र युगान्डासँग खेल्नेछ। शीर्ष दुईमा पर्ने टोली विश्व क्रिकेट लिग डिभिजन १ मा पुग्छन् भने तेस्रो र चौथो हुने टोली डिभिजन २ मै कायम रहन्छन्। पुछारका दुई टोली भने डिभिजन ३ मा घटुवा हुन्छन्।
नेपालले पहिलो खेलमा शनिबार युगान्डासँग खेल्नेछ भने आइतबार नेदरल्यान्ड्ससँग दोस्रो खेल खेल्नेछ। बुधबार क्यानाडासँग खेलेपछि बिहीबार नेपालले आयोजक नामिबियाको सामना गर्नेछ। समूह चरणको अन्तिम खेलमा टोलीले शुक्रबार केन्यासँग खेल्नेछ। फाइनलसाथै तेस्रो र पाँचौं स्थानको प्लेअफ सबै शनिबार हुनेछ।