सिड्नीमा चर्चा नवीनको
२० मंसिर २०७१
•
७ मिनेट पाठ
सिड्नीमा चर्चा नवीनको
काठमाडौं- कुनै समय यस्तो थियो जतिखेर चितवनका तीन खेलाडी राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा हुन्थे। कुश गुरुङ, सुदीप पिया र सचिन गुप्ता सन् २००० को एसिसी ट्रफीमा स्थान पाउन राजधानीमा राष्ट्रिय टोलीको ढोका ढकढक्याइरहेका थिए।त्यसपछि चितवनका कुनै खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणसम्म आइपुगेका छैनन्। उनीहरूका लागि आफ्नो क्षेत्र भैरहवा (तत्कालीन) मै स्थान बनाउनु पनि ठूलो उपलब्धि भइसकेको थियो। यसैक्रममा नेपाली क्रिकेटमै ठूलो प्रभाव पारिरहेको भैरहवा क्षेत्रले पहिलो टोलीको स्थान बनाएको थियो। ६० को दशकको सुरुआतमा चितवनका लागि यही नै ठूलो सफलता बन्यो। 
नवीन अर्का युवा क्रिकेटर वसन्त रेग्मीसँग भैरहवाको ओपनिङ ब्याट्सम्यानको जोडीमा देखा परे। २०६१ सालको राष्ट्रिय प्रतियोगितामा नवीनले वसन्तसँग बैतडीविरुद्ध पहिलो विकेटमा १ सय १६ रनको साझेदारी गरे, जुन त्यतिखेरको राष्ट्रिय कीर्तिमान थियो। निश्चल पाण्डे नेपालबाट उमेर समूहमा चम्किएयता सुस्ताएको …चितवन क्रिकेट' अहिले तिनै नवीनका कारण चर्चामा छ। 
गत साता अस्ट्रेलियाको बिग बास टोली सिड्नी थन्डरमा नवीनको ट्रायलका कारण नेपाली क्रिकेट चर्चामा रह्यो। भैरहवाको क्षेत्रीय टोलीमा चितवनबाट समावेश हुँदा फलामे ढोका भत्काएजस्तो अनुभव बटुलेका नवीन सिड्नी थन्डरको मैदानसम्म पुग्नुको बखान गरेर थाक्दैनन्। भन्छन्, 'यो हलिउडको भन्दा राम्रो कथा हो।'


सिड्नी थन्डरसम्मको यात्रा
गत वर्षदेखि सिड्नीमा रहेको नेपाली समुदायले थन्डर नेसन कप आयोजना गर्दै आएको छ। नेप्लिज क्रिकेट एसोसिएसन अस्ट्रेलिया (एनसिएए) ले आयोजना गर्ने प्रतियोगितामा नेपाली समुदायका लालीगुराँस, वारियर्स, वेस्ट युनाइटेड, लुम्बिनी, सगरमाथा, डायनामिक बुढानीलकण्ठ, डाँफे–११, बाउन्ड्री लाइन, हाम्रो युथ, चितवन राइनो र सकिएन क्रिकेट क्लब गरी ११ टोलीले सहभागिता जनाएका थिए। नमस्ते लालीगुँरास क्रिकेट क्लबले डाँफे–११ लाई पराजित गर्दै उपाधि जितेको थियो। 
सिड्नी थन्डरले प्रतियोगिता गर्न मैदान, अम्पायर, बललगायत आवश्यक सामग्री उपलब्ध गराएको थियो। त्यसपछि थन्डरले नेपाली समुदायको प्रतियोगिताका आधारमा ५ खेलाडीलाई प्रारम्भिक ट्रायल लिएको हो। नवीनसँगै कृतन ताम्राकार, जीवन श्रेष्ठ, आशिष श्रेष्ठ, दीपु सिंहले ट्रायल दिएका थिए।
थन्डरले त्यस्तो ट्रायल सिड्नीमा रहेका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, दक्षिण अफ्रिकी समुदायका खेलाडीसँग पनि लिएको थियो। यसबाट अगाडि बढ्दै नवीन शीर्ष ८ मा पुगे। 'मेरो ब्याटिङ र फिल्डिङ राम्रो भएको थियो,' ३३ वर्षे नवीनले नागरिकसँग भने। अन्तिम चार जना छान्नेक्रममा भने नवीन बाहिरिए। 
नवीनलाई यही अनुभव जिन्दगीको अमूल्य उपहार बन्यो। एएनजेड रंगशालामा अस्ट्रेलियाका पूर्वक्रिकेटर एवं थन्डरका छनोटकर्ता मार्क वाले नेटमा आएर हेरेपछि ट्रायलका खेलाडीबाट उत्कृष्ट छनोट गरेका थिए। थन्डरको उद्देश्य सिड्नीमा रहेको विभिन्न समुदायबाट छानेका खेलाडीलाई आफ्नो प्रमुख खेलाडीसँग प्रशिक्षण गराउनु हो। नवीनका अनुसार थन्डरको अर्को लक्ष्य फरक फरक समुदायबाट समर्थक बढाउनु पनि हो। 
६ वर्षदेखि श्रीमती रोमी र १८ महिने छोराका साथ नवीन अस्ट्रेलियामा छन्। दैनिक साढे ७ घन्टा पुस्तकालयमा काम गरेर शनिबार र आइतबार उनी क्रिकेट खेल्ने भ्याउँछन्। आइतबार सधैंजसो म्याच खेल्नु अस्ट्रेलियामा संस्कारजस्तै रहेको उनी बताउँछन्। चितवन क्रिकेट क्लबका पूर्वखेलाडी नवीनले नेपालमा रहँदा आफ्नो क्षेत्रबाट दुई यु–१९ राष्ट्रिय र चार राष्ट्रिय प्रतियोगिता खेलेका थिए। 
अस्ट्रेलियामा यसपल्ट उनले नेप्लिज क्रिकेट एसोसिएसन (एनसिएए) बाट खेलेका थिए। यसअघि उनी लालीगुराँसबाट खेल्थे। नवीनसँगै लालीगुराँस क्लबले थन्डर नेसन्स कपको फाइनल पुग्दै सिड्नीमा नेपाली समूदायमा अर्को खुसी ल्याएको थियो। भारतीय, पाकिस्तानी, बंगलादेशी र अफगानी समुदाय टोलीलाई हराएको नेपाली च्याम्पियन लालीगुराँसले अर्को महिना हुने फाइनलमा श्रीलंकाली समुदायको टोलीसँग फाइनल खेल्नेछ। नवीनले यो टोलीबाट आर्जन अर्याल, आशिष पाण्डे, सरोज खतिवडाले पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छन्। 
चितवन जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष एवं सदस्य नीरज श्रेष्ठका अनुसार पछिल्ला सफलताले अस्ट्रेलियामा नेपाली समुदायलाई क्रिकेटको हिसाबमा हेर्ने दृष्टिकोणमा ठूलो परिवर्तन आएको छ। एनसिएएका अजय क्षेत्रीलाई अस्ट्रेलियाको प्रान्तीय टोली न्यु साउथ वेल्सको सल्लाहकार सदस्यमा नियुक्त गरिएको उनले बताए। सिड्नीमा एनसिएएलाई स्थापित गराउन क्षेत्रीको मुख्य भूमिका रहेको थियो।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस