एसिसीद्वारा पाण्डे नेतृत्वलाई मान्यता
१९ मंसिर २०७१
•
९ मिनेट पाठ
एसिसीद्वारा पाण्डे नेतृत्वलाई मान्यता
काठमाडौं- देशभित्र राष्ट्रिय क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) का दुई फरक समितिबीच कानुनी लडाइँ चलिरहेका बेला एसियाली क्रिकेट परिषद (एसिसी)ले नेपाल सरकारद्वारा पुनर्गठित विनयराज पाण्डे नेतृत्वको तदर्थ समितिलाई आधिकारिता प्रदान गरेको छ।




एसिसीका प्रमुख कार्यकारी सैयद असरफुल हकले मंगलबार पाण्डेलाई अध्यक्षमा चयन भएकोमा बधाई दिँदै पठाएको पत्रमा भनेका छन्, 'हामी तपाईसँग सहकार्य गर्ने प्रतीक्षामा छौं र नेपाली क्रिकेटको अझ बढी विकासका लागि तपाईको विज्ञता प्रयोग हुनेमा आशावादी छौं।'
सरकारले मन्त्रिपरिषदबाट कात्तिक २० मा पाण्डेको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो। त्यसमा श्रीहर्ष कोइराला उपाध्यक्ष र रमेश सिलवाल महासचिव थिए। त्यसपछि युवा तथा खेलकुद मन्त्रालयले कात्तिक २९ मा सरकारको आदेश भन्दै तारिणीविक्रम शाह कार्यवाहक अध्यक्ष रहेको क्यानलाई निलम्बन गरेको थियो। 
'हामीले मन्त्रिपरिषदको निर्णय पछि क्यानमार्फत एसिसी र अन्तर्राष्ट्रिय क्रिकेट परिषदलाई जानकारी गराएका थियौं,' पाण्डे समितिका महासचिव सिलवालले भने, 'त्यही आधारमा एसिसीले हामीलाई मान्यता दिएको हो।' देशभित्र क्यान पुनर्गठन भएपछि पाण्डे एसिसी एवं श्रीलंका क्रिकेटका अध्यक्ष जयन्था धर्मदासालाई भेट्न श्रीलंका पुगेका थिए। 
धर्मदासाले पाण्डेलाई नेपाल र हङकङबीच श्रीलंकामा सम्पन्न ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल हेर्न बोलाएका थिए। १० दिनअघिको उक्त भ्रमणमा आधिकारिकता र श्रीलंका क्रिकेटसँगको द्विपक्षीय सम्झौता विषयमा छलफल भएको सिलवालले बताए। 
तर पाण्डे नेपाल फर्कन नभ्याउँदै सर्वोच्च अदालतले उनी अध्यक्ष रहेको तदर्थ समितिलाई कामकाज नगर्न अन्तरकालीन आदेश दिएको थियो। शाह कार्यवाहक अध्यक्ष रहेको क्यानले आफूहरू निर्वाचनबाट आएको भन्दै निर्वाचित समिति पुनर्गठन गर्ने सरकारी निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो। 
अदालतले मंसिर १७ मा पेशी तोक्दै पुनर्गठित समितिलाई काम नगर्न अन्तरकालीन आदेश दिएको थियो। पुनर्गठित समितिका महासचिव सिलवालले आफूहरूलाई अदालतले मंसिर १७ सम्म कार्य नगर्न आदेश दिँदा पुरानो कमिटीलाई सम्बोधन नगरेको अवस्थामा शाह पक्षले नियमित काम गरेकोमा आपत्ति जनाए। 
पाण्डे २०६३ मा क्यान अध्यक्ष बनेका थिए। ५ वर्षपछि उनलाई हटाउँदै राष्ट्रिय खेलकुद परिषदले माओवादी नेता टंक आङबुहाङको अध्यक्षतामा तदर्थ समिति बनाएको थियो। लगत्तै चितवनमा सम्पन्न क्यानको पहिलो निर्वाचनले आङबुहाङको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको थियो। 
आङबुहाङ र उपाध्यक्षहरू चतुरबहादुर चन्द, सुनील अमात्य, विनोद मैनाली तथा महासचिव अशोकनाथ प्याकुर्याउलसहित कार्यसमितिका १० सदस्यलाई जेठ २५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएपछि शाहलाई कार्यवाहक बनाउँदै क्यानले नयाँ कार्यसम्पादन टोली बनाएको थियो। अस्वस्थताका कारण शाह पनि पछिल्लो केही समय बाहिर रहेपछि क्यानले अर्का उपाध्यक्ष श्रीनिवास राणाको नेतृत्वमा काम चलाइरहेको थियो। 
सर्वोच्चको आदेशपछि शाह कार्यवाहक रहेको क्यानले निर्वाचित संघ विघटन गरेर सरकारी हस्तक्षेप भएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेसँगै एसिसी र आइसिसीमा पनि पत्र पठाएको थियो। 'पुरानो क्यानले पत्राचार गरेपछि हामीलाई आइसिसीको आधिकारिकता आउन केही समय लागेको देखिएको छ, तर आइसिसीले पनि छिट्टै स्विकार्ने विश्वास लिएका छौं,' तदर्थ समितिका महासचिव सिलवालले भने। 
विशेष सूत्रका अनुसार आइसिसीले पुरानो क्यानसँग सर्वोच्चको अन्तरकालीन आदेशको पत्र माग गरेको छ। शाह कार्यवाहक रहेको क्यानका कार्यवाहक कोषाध्यक्ष दिवाकर घलेले एसिसीले पाण्डेलाई आधिकारिता दिएको बारेमा आफूहरूलाई कुनै जानकारी नभएको बताए। उनले भने, 'सरकारी हस्तक्षेपपछि हामीले एसिसी र आइसिसीलाई यसबारे जानकारी गराएका छौं।'

बैंक खाता विवाद
बैंक खाता विवादले क्यानको आधिकारितामा नयाँ समस्या ल्याएको छ। पुरानो क्यानले पछिल्ला केही दिनयता बैंकबाट भटाभट रकम निकालेपछि तदर्थ समितिले प्रश्न उठाएको छ। तदर्थ समितिले सरकारी मान्यता पाएसँगै कात्तिक ३१ मा नेपाल इन्भेस्टमेन्ट बैंक र सेन्चुरी बैंकमा रहेको क्यानको खाता बन्द गरिदिएको थियो। 
सर्वोच्चको अन्तरकालनि आदेशपछि शाह नेतृत्वको क्यानले बैंकबाट कारोबार सुरु गरेको छ। पुरानो क्यानले इन्भेस्टमेन्ट बैंकबाट बुधबार ७ लाख ८० हजार निकालेको तथा बिहीबार ३० लाख रुपैयाँ निकालेर मनकामना डेभलपमेन्ट बैंक (यती डेभलपमेन्ट बैंक) मा स्थानान्तरण गरेको पाइएको सिलवालले बताए। सिलवालका अनुसार पुरानो क्यानले इन्भेस्टमेन्टबाटै २० लाख सेन्चुरीमा स्थानान्तरण गर्न सिफारिस गरेको रहेछ। 
'यो पैसा दुरुपयोग हुनसक्छ। यो विकास कार्यक्रम र प्रतियोगिताका निम्ति आएको सहयोग रकम हो, जुन अरु क्षेत्रमा खर्च गर्न पाइँदैन,' सिलवालले दाबी गरे, 'अहिले यो रकम अन्य क्षेत्रमा खर्च गरिएको पाइएको छ।' तर सर्वोच्चले आफूहरूलाई आधिकारिता दिएकाले बैंक खाता चलाउने जिम्मा आफूहरू समावेश क्यानको भएको घले बताउँछन्। उनी भन्छन्, 'बैंक खातामा रहेको रकम क्रिकेट विकासकै लागि खर्च गरिने हो।'
रोकिएको खाताबाट के आधारमा रकम निकालिएको विषयमा इन्भेस्टमेन्ट बैंकलाई पत्र पठाइसकेको सिलवालले जनाए। 
युवा तथा खेलकुद मन्त्रालयका सहसचिव एवं प्रवक्ता चूडामणि पौडेलले पनि बैंकको रोकिएको खाताबाट पैसा निकालिएको बताए। 'सर्वोच्चको अन्तरकालीन आदेशपछि र मंसिर १७ को बीचमा फटाफट पैसा निकालिएको रहेछ,' पौडेलले भने, 'मन्त्रालयले अदालतको अर्को निर्णय नआएसम्म पैसा निकासा नगर्नू भनेर बैंकलाई पत्राचार गरेको छ।' मंसिर १७ मा पेशीमै नचढेको क्यानको मुद्दाका लागि सर्वोच्चले मंसिर २३ मा नयाँ तारेख दिएको छ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस