नेपाल हङकङसँग २ विकेटले पराजित
०७ मंसिर २०७१
•
३ मिनेट पाठ
नेपाल हङकङसँग २ विकेटले पराजित
काठमाडौं- ट्वान्टी–२० अन्तर्राष्ट्रियमा क्रिकेटमा हङकङद्वारा नेपाल २ विकेटले पराजित भएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७२ रनमात्र जोड्यो। जवाफी ब्याटिङमा हङकङले १ बल बाँकी हुँदा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो। आठौं स्थानमा आएका सोमपाल कामीले सानदार ४० रन बनाएपछि नेपालले ७३ रनको लक्ष्य प्रस्तुत गर्न सकेको हो। श्रीलंकाको राजधानी कोलम्बोमास्थित पि सारा ओभल मैदानमा निर्धारित २० ओभर खेल्दै नेपाल अलआउट भएको हो। १२ ओभरमा २५ रन बनाउँदा ८ विकेट गुमाइसकेको अवस्थामा क्रिजमा आएका सोमपालले २ छक्का र ६ छक्का प्रहार गरेका थिए। सोमपाल बाहेक नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

१२ ओभरसम्मको खेल हेर्दा नेपाललाई ट्वान्टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम स्कोरमा अलआउट हुने खतरा थियो। यसै वर्ष बंगलादेशमा भएको विश्व ट्वान्टी–२० मा श्रीलंकाले बंगलादेशलाई ३९ रनमा अलआउट गर्नु ट्वान्टी-२० अन्तर्राष्ट्रियको यसअघिको सबैभन्दा न्युन स्कोर थियो।

१४औं ओभरमा नेपाली खेलाडीबाट पहिलो चौका प्रहार गरेका सोमपालले ३१ बल खेली ६ चौका र २ छक्का प्रहार गरे। उनले शक्ति गौचनसँग नवौं विकेटमा ४३ रन जोडेर नेपालको लज्जास्पद इनिङ्सलाई जोगाए। शक्ति ५ रनमा अविजित रहे। अन्तिम बलमा अमृत भट्टराइ २ रनमा रनआउट भए। 

यसअघि कप्तान पारस खड्का पहिलो बलमै आउट भएको नेपाली इनिङ्समा उपकप्तान ज्ञानेन्द्र मल्ल र नरेश बुढाएरले ५, ५ रन जोडेका थिए। सुवास खकुरेल र सागर पुन २–२ रनमा आउट भए।
राजेश पुलामी १, विनोद भण्डारी ३ रनमै आउट भएपछि सोमपाल चम्केका थिए।

नेपालले प्रस्तुत गरेको कमजोर लक्ष्य पुरा गर्नसमेत हङकङलाई हम्मेहम्मे पर्‍यो। हङकङका लागि अइजाज खान र अनास खान बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अं‌क जोड्न सकेनन्।
अर्को समाचार
हङकङसँग नेपाल ६ विकेटले पराजित
१३ चैत्र २०६९
•
३ मिनेट पाठ
हङकङसँग नेपाल ६ विकेटले पराजित
कीर्तिपुर, चैत १४ (नागरिक)- एसीसी ट्वान्टी-२० कप क्रिकेटमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ। ब्याट्सम्यान जम्न नसकी ११५ रनमा समेटिएको नेपालको बलिङ लाइन समेत फितलो भएपछि पराजित भएको हो। १६ दशमवलव ३ ओभरमा ४ विकेट गुमाउँदै हङकङले लक्ष्य हाँसिल गर्‍यो।

यसअघि बुधबार बिहान त्रिवि अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपालले हङकङलाई ११६ रनको लक्ष्य दिएको थियो। ज्ञानेन्द्र मल्लको ३८ र प्रदीप ऐरीको २१ रनको सहयोगले नेपालले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै ११५ रन बनायो।

नेपालका लागि ३९ बल खेल्दै ३ चौकाको मद्दतले ज्ञानेन्द्रले ३८ रनको योगदान दिए। ओपनर प्रदीपले ३० बल खेल्दै २१ रन बनाए। विनोद भण्डारी १५ रन बनाएर अजिज खानको बलमा अट्किन्सद्वारा क्याच भए। हिजो माल्दिभ्ससँगको प्रदर्शन दोहोर्याोउने आशामा दर्शकको उल्लेख्य उपस्थिति रहेको त्रिवि अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा नेपालका अन्य ब्याट्सम्यानहरु खासै जम्न सकेनन्। ओपनर सुवास खकुरेल ६ रनको स्थितिमा तनवीर अफजलद्वारा एलबीडब्लु भए।

कप्तान पारस खड्का ५ बल खेल्दै ४ रन बनाउँदा नदिम अहमदद्वारा बोल्ड भए। शरद भेषावकरले ७ बल खेल्दै ५ रन बनाएर आउट भए। बसन्त रेग्मी ५ रनमै सीमित भए भने हेलिकोप्टर सटका लागि परिचित मञ्जित श्रेष्ठले पनि चमत्कार देखाउन सकेनन्। ६ बलमा ७ रन बनाएर आउट भए।

नेपाली राष्ट्रिय टोलीका लोकप्रिय खेलाडी शक्ति गौचनले ८ बलमा ११ रनको योगदान दिएर रनआउट भए।
प्रवेश शुल्क एक सय रुपैयाँ तिरेर घरेलु टोलीको खेल हेर्न त्रिवि मैदानमा दर्शक उपस्थित उल्लेख्य छ। यो प्रतियोगितादेखि त्रिवि मैदानमा प्रवेश शुल्क एक सय लिन थालिएको हो।

दोस्रो इनिङमा नेपालले हङकङविरुद्ध बलिङ गर्दैछ। खेलको नागरिकन्युजले मैदानबाटै लाइभ अपडेट गरिरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस