काठमाडौं- न्युजिल्यान्डमा जारी एक दिवसीय विश्वकप छनोटको तेस्रो खेलमा पनि नेपाल हङकङसँग पराजित भएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रनमात्र जोड्यो। जवाफी ब्याटिङ गरेको हङकङले बिना विकेट क्षति ३३.२ ओभरमा लक्ष्य भेट्टायो। हङकङका लागि इरफान अहमद र वकस वर्कतले अविजित ८६ र ५६ रन बनाए। तेस्रो पराजयसँगै नेपालको अर्को चरण प्रवेश गर्ने सम्भावना लगभग सकिएको छ।.........
न्युजिल्यान्डमा जारी एक दिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपालले हङकङसामु खराब प्रदर्शन गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रनमात्र जोड्यो। नेपालका लागि वसन्त रेग्मीले सर्वाधिक ४६ रन बनाए। कप्तान पारस खड्का २९, सोमपाल कामी २६ र अविनाष कर्ण २१ रन बनाउँदै पेभेलिएन फर्किए।
नेपालका अन्य खेलाडीले भने १० रन नबनाउँदै पेभेलिएन फर्किए।
यसअघिको दुई खेलमा नेपाल पराजित भएको छ। पहिलो खेलमा युएईसँग १ सय २ रन र स्कटल्यान्डसँग ९२ रनले नेपाल पराजित भएको थियो।