काठमाडौं-लगातार तेस्रो विजय हात पार्ने लक्ष्यमा नेपालले एसिसी यु–१९ प्रिमियर लिगमा बुधबार परम्परागत प्रतिद्वन्द्वी मलेसियासँग खेल्नेछ। कुवेतमा पहिलो दुई खेल जितेर नेपालसँगै अफगानिस्तानले आफ्नो उद्देश्य प्रस्ट पारिसकेका छन्।नेपालले साउदी अरेबियालाई १ सय ९५ रन र आयोजक कुवेतलाई २ सय ६२ रनले हराएको थियो। पहिलो खेलमा अफगानिस्तानसँग १० विकेटको लज्जास्पद हार बेहोरेको मलेसियाले मंगलबार कुवेतलाई ८ विकेटले पराजित गरी लय समातेको छ।
मलेसियालाई पराजित गरेमा नेपालको कम्तीमा दोस्रो हुने सम्भावना बलियो हुनेछ भने मलेसियाको पहिलो दुई स्थानमा रहने सम्भावना व्यावहारिक रूपमा सकिनेछ। कुवेतमा जारी प्रतियोगिता विजेता २०१६ मा बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकपमा सोझै छनोट हुनेछ। त्यस्तै दोस्रो स्थानमा रहने टोलीले बंगलादेशमा स्थान पाउन अर्को महादेशको उपविजेता टोलीसँग प्लेअफ खेल्नुपर्नेछ।
यसअघि एसिसी यु–१९ एसिया कप, एसिसी यु–१९ कप इलिट नामले आयोजित यस प्रतियोगिता नेपालले चारपटक जितिसकेको छ। नेपालले २००१, २००३, २००५ मा यो उपाधि जित्दा फाइनलमा मलेसियालाई नै पराजित गरेको थियो। २००७ मा नेपाल यो प्रतियोगितामा पछिल्लो पटक विजेता बन्दा मलेसियालाई सेमिफाइनलमा पन्छाएको थियो।
सन् २०११ मा बाहेक नेपालले सन् १९९७ देखि सुरु प्रतियोगितामा मलेसियासँग खेल्दै आएको छ। मलेसियासँग एसिसी यु–१९ मा भएको १० खेलमा नेपालले ९ खेल जितेको छ। गत वर्ष नेपालले मलेसियालाई उसकै मैदानमा ७ विकेटले पराजित गरेको थियो। मलेसियाले तेस्रो स्थानको प्लेअफमा नेपाललाई पराजित गरी बदला लियो।
२००५ पछि मलेसियाको एसिसी यु–१९ मा यो उत्कृष्ट प्रदर्शन थियो। भदौमा नेपालले मलेसियालाई अन्तिम खेलमा पराजित गरी एसिसी यु–१६ प्रिमियरको उपाधि जितेको थियो। कुवेतमा यु–१६ खेलेका ५ खेलाडी छन्। नेपालबाट भने विजेता यु–१६ टोलीका कुनै खेलाडी यु–१९ टोलीमा छैनन्। एसिसी यु–१६ मा म्यान अफ द सिरिजमा चुनिएका वीरनदीप सिंह टोलीका प्रमुख खेलाडी हुन्।
त्यसबाहेक भर्खर विश्व क्रिकेट लिग डिभिजन ३ खेलेका पवनदीप सिंह मलेसियाका कप्तान हुन्। उनले डिभिजन ३ मा ६ विकेट लिएका थिए। अघिल्लो महिना दक्षिण कोरियामा एसियाली खेलकुद पनि खेलेका पवनदीपले अमेरिकासँग १० ओभरमा २५ रन खर्चेर १ विकेट लिई मलेसियालाई डिभिजन ३ मा सनसनीपूर्ण विजय दिलाएका थिए।
अनवर रहमान मलेसियाली राष्ट्रिय टोलीबाट खेलिसकेका अर्का खेलाडी हुन्। उनले मंगलबार १० ओभरमा १ मेडन राख्दै २५ रन खर्चेर ५ विकटे लिएपछि मलेसियाले कुवेतलाई १ सय ७ रनमा रोक्दै आरामदायी जित पाएको थियो।
आरिफ शेख राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका नेपाली यु–१९ टोलीका एकमात्र खेलाडी हुन्। उनी सोमबार कुवेतविरुद्ध ८७ रन बनाउँदै म्यान अफ द म्याचमा चुनिएका थिए। कप्तान राजु रिजाल र मध्यक्रमका दीपेन्द्र सिंह ऐरी पनि राम्रो फर्ममा रहेकाले नेपालको मुख्य चिन्ता ओपनिङ ब्याट्सम्यानमै छ। दुवैले राम्रो इनिङ्स खेल्न सकेका छैनन्। कुवेतसँग नेपालले ९ रन बनाउँदा ३ विकेट गुमाएको इनिङ्सलाई आरिफ र राजुले तानेका थिए।
नेपालले मलेसियासँग अर्जुन चापागाईंलाई टोलीमा राख्ने सम्भावना छ। पहिलो दुई खेलमा उनलाई खेलाइएन। उनलाई अर्का तीब्र बलर दिपेश श्रेष्ठको स्थानमा ल्याउने सम्भावना छ। नेपाली टोलीका व्यवस्थापक धीरेन्द्र साउदले भने, ‘ब्याटिङ पिच भएका कारण तीब्र बलरलाई यहाँ विकेटले सहयोग गरेको छैन।'