रातो बल र सेतो लुगाको उत्साह
२१ कार्तिक २०७१
•
६ मिनेट पाठ
रातो बल र सेतो लुगाको उत्साह
काठमाडौं- पारस खड्का उमेरले १७ वर्ष लाग्दैथिए। सन् २००४ को अन्तरमहादेशीय कपमा मलेसियासँगको खेलबाट राष्ट्रिय टोलीमा प्रवेश पाउन उनी कीर्तिपुर मैदानमा उभिएका थिए। एकैपटक तीनदिवसीय खेल खेल्नुपर्ने भएकाले पारसजस्ता युवा खेलाडीको असली परीक्षा हुने सबैको अनुमान थियो।पारस क्रिजमा जाँदा नेपालले ३८ रनमा ५ विकेट गुमाइसकेको थियो। उनले अनुभवी शक्ति गौचनसँग ८० रन जोडेपछि आफ्नो 'डेब्यु' अविस्मरणीय मात्र बनाएनन् नेपालको विजय आधार पनि तयार पारे। उनले यसअघि मलेसियाको पहिलो इनिङ्समा दुई सानदार क्याच र १ विकेट लिइसकेका थिए। 
श्रीलंका भ्रमणमा दुई तीनदिवसीय खेल खेल्न जानुअघि पारसले आफ्नो पहिलो खेल बिर्सन सकेनन्। एसोसिएट स्तरमै एक उत्कृष्ट खेलाडीको पहिचान बनाइसकेका पारसले भने, 'मैले जति क्रिकेट सिकेको छु, बुझेको छु त्यो तीनदिवसीय खेलकै कारण हो। राष्ट्रिय टोलीबाट मेरो पहिलो खेल पनि तीनदिवसीय भएकाले मैले अझ राम्रो सिक्न पाएको थिएँ।'
राष्ट्रिय टोलीबाट पहिलो खेल खेलेको १० वर्षपछि पारस पुनः तीनदिवसीय खेलका लागि श्रीलंका पुगिसकेका छन्। 'खेलाडीहृको क्षमताका लागि तीनदिवसीय एकदमै आवश्यक छ। हामीजस्ता खेलाडीले तीनदिवसीयबाट धेरै सिक्ने मौका पाउँछौं,' पारसले भने, 'नयाँ खेलाडीका लागि पनि यो अति नै आवश्यक छ।'
नेपालले २००६ मा नामिबियामा गएर अन्तरमहोदशीय कपको प्लेअफ खेलेयता तीनदिवसीय खेलको अनुभव गरेको छैन। वर्तमान टोलीमा पारस, वसन्त रेग्मी, महबुब आलम र शक्ति गौचनसँग मात्र तीनदिवसीय खेलेको अनुभव छ। 
फेरि तीनदिवसीय खेलमा फर्कन पाएकोमा पारस आफू र टोलीका अरु खेलाडी पनि उत्साहित रहेको बताउँछन्। 'हामीसँग फेरि रातो बलले खेल्ने मौका छ। हामी परिवर्तनमा रमाउन चाहन्छौं र त्यो मौका मिलेको छ। रातो बल र सेतो लुगाले नयाँ आयाम थपिन्छ होला,' एकदिवसीय र ट्वान्टी–२० को रंगिन कपडा र सेतो बलबाट फरक रूपमा प्रस्तुत हुनुअघि पारस भन्दै थिए।
एसियाली क्रिकेट परिषदको पूर्ण सहयोग र श्रीलंका क्रिकेटको सहयोगमा नेपालले तीनदिवसीय खेल्न लागेको हो। श्रीलंकाको डेभलपमेन्ट टोलीसँग दुई तीनदिवसीय खेललाई एसिसीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद र श्रीलंका क्रिकेट बोर्ड प्रथम श्रेणीको मान्यता दिलाउने प्रयास जारी राखेको छ। पहिलो तीनदिवसीय खेल आइतबार सुरु हुनेछ। तीनदवसीय खेलहरूपछि नेपालले श्रीलंका भ्रमणमा हङकङसँग तीन ट्वान्टी-२० अन्तर्राष्ट्रिय र एक ५० ओभरको खेल खेल्नेछ। 
जनवरीमा नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन २ अघि श्रीलंका भ्रमण नेपाललाई राम्रो अवसर भएको प्रशिक्षक पुबुदु दासानायकेले बताए। 'नामिबियामा हामी पेस र बाउन्सी विकेटमा खेल्न गइरहेका छौं। हामी एउटा अर्को सिमरको खोजीमा छौं, त्यसैले रामनरेश गिरी र करण केसीजस्ता युवा तीब्र बलरलाई यो राम्रो अवसर हो,' दासानायकेले भने।
नेपाली क्रिकेटबाट पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा रहेका करणले पहिलो खेल खेल्ने सम्भावना धेरै छ। रामनरेशसँगै महबुब आलम, आरिफ शेख, वसन्त रेग्मी र उपकप्तान ज्ञानेन्द्र मल्लले ढिला पुग्ने भएकाले पहिलो खेल गुमाउने छन्। 
'श्रीलंका टेस्ट खेल्ने राष्ट्र हो र उनीहरूको क्लब क्रिकेटको स्तर निकै माथि छ,' दासानायकेले भने, 'श्रीलंकाको डेभलपमेन्ट टोलीसँग खेल्न पाउनु हाम्रा खेलाडीका लागि निकै राम्रो अनुभव हुनेछ। मैले तीनदिवसीय खेलमा ठूलो नतिजाको धेरै आशा गरेको छैन। तर यो खेलेर अनुभव गर्ने विषय हो। नेपालले स्तरीय खेल पस्केमा म खुसी हुनेछु।'
कप्तान पारस श्रीलंका भ्रमणजस्तै अरु टुर आवश्यक भएको ठान्छन्। 'हाम्रो ए लेभल टिम पनि विकास गर्नुपर्ने अवस्था छ। को कति राम्रो छन् भन्न खेलाडीको स्तरमापन गर्नुका साथै अन्तर्राष्ट्रिय अनुभवलाई पनि यस्ता भ्रमण आवश्यक छन्,' पारसले भने। 
नेपाली खेलाडीका लागि श्रीलंका भ्रमण ठूलो प्लेटफर्म हुने पारसको बुझाइ छ। उनले श्रीलंकाली टोलीसँगको चुनौतीबारे भनेका छन्, 'श्रीलंकाका खेलाडीहरू राम्रा छन्, राष्ट्रिय स्तरकै खेलाडीहरू हुनेछन्। अझ हामी अहिले सिक्ने अवस्थामै छौं। जित्न र हार्न भन्दा पनि डिभिजन २ को तयारीका लागि यो भ्रमण निकै उपयोगी हुने विश्वास लिएका छौं।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस