काठमाडौं- श्रीलंका भ्रमणबाट नेपाली क्रिकेटको महत्वपूर्ण समय सुरु हुँदैछ। नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार श्रीलंका लागेको छ। १८ दिने भ्रमणका लागि टोली श्रीलंका गएको हो। यो भ्रमणसँगै नेपालको महत्वपूर्ण ९ महिने यात्रा सुरु भएको छ।
जनवरीमा नेपालले नामिबिया गएर विश्व क्रिकेट लिग डिभिजन २ खेल्नेछ। त्यसअघि दुई साताअघि दक्षिण अफ्रिका जाने तयारी गर्दैछ। त्यो पछि एसिसी दुईदिवसीय प्रतियोगिता, जुन–जुलाईमा विश्व ट्वान्टी–२० छनोट खेल्न आयरल्यान्ड–स्कटल्यान्ड जाने कार्यक्रम छ। यसैबाट कस्तो नतिजा आउँछ त्यसमै नेपाली क्रिकेट भविष्य कोरिनेछ ।
नेपाली क्रिकेटको व्यस्त क्यालेन्डर आउने लागेसँगै प्रशिक्षक पुबुदु दासानायकेको चिन्ता पनि बढेको छ। 'नेपाली क्रिकेटले आँउदो १ वर्षमा १ सय ७० दिन विदेशमा बिताउने छ, खेलाडीहरू यसबीच घर आउँदा बिदा मनाउन आएजस्तो मात्र हुन्छ,' दासानायकेले भने, 'खेलाडीको पनि श्रीमती, बालबच्चा, प्रेमिका, बुबाआमा, दाजुभाइ, दिदीबहिनी होलान्, तर खेलाडीको कुनै कमाइ छैन। विदेशबाट फर्केर आउँदा रित्तो हात फर्किनुपर्ने स्थिति छ।'
टोलीलाई बिदाइ गर्दै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले क्रिकेटले राजनीतिलाई आकर्षित गरिरहेको बताए। उनले डिभिजन ३ विजेता नेपाली टोलीको सम्मान गर्न सरकार सकारात्मक रहेको बताउँदै भने, 'क्रिकेटले राजनीतिलाई आकर्षित गरेको छ। क्रिकेटलाई सम्पूर्ण नेपाली खेलको प्रतिनिधिका रूपमा लानुपर्छ।' मन्त्री पौडेलले नेपाली भाषामा दिएको भाषण दासानायकेले बुझेनन्।
त्यसैले दासानायकेले क्रिकेटको समस्या नबुझेका तथा साँघुरो सोचका व्यक्तिले आफूहरूको मिहिनेतलाई अवमूल्यन गरेको भन्दै गुनासो पोखे। 'क्रिकेटसँग सरोकार राख्ने केही पदाधिकारीले डिभिजन ३ खासै ठूलो सफलता नभएको टिप्पणी गर्दै आएका छन्, उनीहरूले नेपालले पहिला पनि जितिसकेको तर्क दिँदारहेछन्,' दासानायके आक्रोशित भए, 'के त्यसको मतलब अब भारतलाई पनि एकदिवसीय विश्वकप जित्न गाह्रो नहोला?'
दासानायकेले ट्वान्टी–२० विश्वकपमा पनि आफूहरूलाई त्यस्तै भनिएकोमा रोष प्रकट गरे। उनले भने, 'उनीहरूले ट्वान्टी–२० विश्वकपमा पनि यस्तै भन्दै थिए। अफगानिस्तान र हङकङ एसियाली टोली नै हुन् नेपालले पहिला पनि जित्दै आएको थियो। खासै ठूलो सफलता होइन।'
नेपालले त्यही दुई खेल जितेकाले नै ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता दासानायके बताउँछन्। उनले प्रस्ट्याए, 'यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषदले यस्तो मान्यता दिएको थिएन। यही प्रदर्शनका आधारमा नेपाललाई विश्व ट्वान्टी–२० छनोटमा सिधै खेल्न दिइएको हो।'
वसन्त पछि जाने
उपकप्तान ज्ञानेन्द्र मल्लपछि श्रीलंका ढिलो जानेमा वसन्त रेग्मीको नाम पनि थपिएको छ। दासानायकेका अनुसार दुवै खेलाडी सोमबार श्रीलंका पुग्ने छन्। नेपालले श्रीलंकाको बोर्ड डेभलपमेन्टसँग दुई तीनदिवसीय खेल खेल्दैछ, जुन आइतबार सुरु हुँदैछ।
१३ खेलाडीसहित प्रशिक्षक दासानायके, सहायक प्रशिक्षक महेश रिजाल, व्यवस्थापक शैलेश चौधरी बिहीबार श्रीलंका लागेका छन्। दासानायकेका अनुसार महबुब आलम, रामनरेश गिरी र आरिफ शेख ढिलो श्रीलंका पुग्ने छन्।
नेपालले भ्रमणमा दुई तीनदिवसीय खेलबाहेक हङकङसँग तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय र एक ५० ओभरको खेल खेल्नेछ।