यु–१९ को अनुभव कम, लक्ष्य ठूलो
१७ कार्तिक २०७१
•
८ मिनेट पाठ
यु–१९ को अनुभव कम, लक्ष्य ठूलो
काठमाडौं- एसिसी यु–१९ प्रिमियर लिग क्रिकेट बिहीबार कुवेतमा सुरु हुँदा नेपालले अहिलेसम्मकै अनुभवहीन टोली उतार्दैछ। अनुभव कमी भए पनि नेपाली प्रशिक्षकको भने लक्ष्य ठूलो छ। सन् १९९७ मा हङकङमा सम्पन्न पहिलो संस्करणबाहेक एसिसी यु–१९ कप र एसिसी यु–१९ कप इलिटको नामले यसअघि आयोजित यस प्रतियोगितामा नेपाली टोलीमा अनुभवी खेलाडीको वर्चस्व हुन्थ्यो। यही प्रतियोगिता चारपटक जित्दै र दुईपटक फाइनलमा पुग्दै नेपालले कुल ६ पटक आइसिसी यु–१९ विश्वकप पनि खेलिसकेको छ।




राष्ट्रिय टोलीका कप्तान पारस खड्का, वसन्त रेग्मीसहितका खेलाडीले तीनपटक यस प्रतियोगिता जितेका छन्। कुवेत जाने नेपाली टोलीमा ५ खेलाडीसँग मात्र अन्तर्राष्ट्रिय अनुभव छ, जुन अहिलेसम्मकै कम हो। गत वर्ष मलेसियामा सम्पन्न प्रतियोगितामा यसअघि अन्तर्राष्ट्रिय खेलिसकेका सबैभन्दा कम ६ खेलाडी टोलीमा थिए।
नयाँ र पुरानाभन्दा पनि आफ्नो टोली सन्तुलित रहेको मान्छन् प्रशिक्षक नवीन सिंह। 'टोलीका नयाँ पनि राम्रा छन्, नयाँ र पुरानोभन्दा पनि मनोवैज्ञानिक रूपले आफूलाई कतिको सक्षम बनाउन सक्छन् त्यसमा भरपर्छ,' सिंहले भने, 'हाम्रो टोली अहिले मानसिक रूपमा बलियो छ, त्यसैले नयाँले फरक पार्दैन।'
नेपाली टोलीका खेलाडीहरू मिलाएर ६ खेल खेलिएको थियो। त्यसमा सबैले राम्रो गरे। मध्यपंक्तिले अझ राम्रो गर्योम। प्रशिक्षक सिंह यसैलाई लिएर आशावादी छन्। 'पुराना खेलाडीले पनि राम्रो गरिरहेका छन्, खेलाडीले आफ्नो व्यक्तिगत अनुभव खेलमा उतार्न सक्यो भने राम्रो हुन्छ र उनीहरू सकारात्मक रूपमा केन्द्रित हुनुपर्छ,' प्रशिक्षक सिंहले भने, 'खेलाडीहरू मनोवैज्ञानिक हिसाबले सकारात्मक र राम्रा छन्।' 
कप्तान राजु रिजाल प्रशिक्षककै भनाइमा सहमत राख्दै टिममा राम्रो खेलाडी भएकाले नयाँ भए पनि खासै फरक नपर्ने बताउँछन्। राजुसहित उपकप्तान आरिफ शेख, प्रेम तामाङ, सुनील धमला सौरभ खनालसँग अन्तर्राष्ट्रिय अनुभव छ। राजु, आरिफ, प्रेम र सुनिलले डिसेम्बरमा युएईमा सम्पन्न एसिसी यु–१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका थिए। नेपालले युएईसँगको खेल जित्दा आरिफ म्यान अफ द म्याचमा चुनिएका थिए।
एक वर्ष नपुग्दै आरिफको चर्चा चुलिसकेको छ। विश्व क्रिकेट लिग डिभिजन ३ जितेको नेपाली टोलीका सदस्य आरिफ शुक्रबारमात्र स्वदेश फर्किएका हुन्। नेपाली क्रिकेटमा अहिले ठूलो प्रतिभाका रूपमा हेरिएका आरिफ यु–१९ प्रिमियर खेल्न कुवेत गएपछि त्यतैबाट राष्ट्रिय टोलीमा समावेश हुन श्रीलंका पुग्ने छन्।
'आरिफको उपस्थितिले हाम्रो टिम राम्रो भएको छ, सिनियरबाट खेलेर आएकाले उसले राम्रो गर्छ भन्ने हाम्रो विश्वास हो। मानसिक र मनोवैज्ञानिक हिसाबमा पनि यसले प्रभाव पार्छ,' प्रशिक्षक सिंहले भने। सौरभले दुई वर्षअघि अस्ट्रेलियामा यु–१९ विश्वकप खेलेका थिए। तीब्र बलरको हिसाबमा खेलेका उनी त्यसपछि ढाडको समस्याका कारण लामो समय मैदान बाहिर रहे। दसैंअघिको वाइवाइ यु–१९ राष्ट्रिय प्रतियोगिताबाट पुनरागमन गरेका सौरभ ब्याटिङ अलराउन्डरमा कुवेत जाने टोलीमा छन्। 
नेपालको शक्ति स्पिनरमा हुनेछ। प्रेमसँगै सुशील कँडेल, इर्शाद अहमद, सन्दिप सुनार, सुनीलको स्पिन बलिङले ठूलो भूमिका खेल्ने विश्वास प्रशिक्षक सिंहको छ। 'सबै खेलाडीले अभ्यास खेलहरूमा राम्रो प्रभाव पारे, एकपछि अर्को अभ्यास खेलमा उनीहरूको खेलमा सुधार देखिएको थियो र अहिले ५० ओभरको खेल राम्रोसँग खेल्न सक्ने भएका छन्,' सिंहले भने।


अफगानिस्तानको प्रभाव
अफगानिस्तान एसिसी यु–१९ को पछिल्लो दुई संस्करणको विजेता हो। २०११ मा पनि उपाधि जित्दा नेपाललाई नै फाइनलमा हराएको थियो। अहिले पनि अफगानिस्तान चर्चामा छ। पछिल्लो दुई संस्करणको विजेता नभएर भर्खरमात्र पाकिस्तानलाई उसकै भूमिमा २–१ को शृंखला जितेका कारण अफगानिस्तान यु–१९ टोलीलाई दाबेदार मानिएको छ। 
एसिसी यु–१९ प्रिमियरको विजेताले २०१६ मा बंगलादेशमा हुने यु–१९ विश्वकपमा खेल्न पाउनेछ। दोस्रोमा रहने टोलीले अर्को महादेशको टोलीसँग प्लेअफ खेलेर यु–१९ विश्वकपमा स्थान बनाउन पाउने अवसर छ। कुवेतमा नेपाल, अफगानिस्तानसँगै मलेसिया, कुवेत, युएई र साउदी अरेबियाले प्रतिस्पर्धा गर्दैछन्। सबै टोलीले राउन्ड रोबिनमा एकअर्कासँग खेल्नेछ। 
एसिसी यु–१९ लाई विश्वकप छनोटभन्दा पनि राम्रो क्रिकेट खेल्ने हिसाबमा लिइएको कप्तान राजुले बताए। 'सबै टोली बलिया छन्, हामी आफ्नो उत्कृष्ट दिने प्रयास गर्नेछौं, हामी त्यहाँ गएर कस्तो खेल्न सक्छौं त्यसमा नतिजा भरपर्छ,' राजुले भने, 'दुई दिनअघि कुवेत जाँदैछ, त्यसमा जतिसक्दो चाँडो त्यहाँको वातावरणमा घुलमिल गर्ने प्रयास गर्नेछौं।' उनले नेपालमा विश्वकपमा छनोट हुने विश्वास लिए।
प्रशिक्षक सिंहले यु–१९ विश्वकप छनोट खेल पनि भएकाले नेपालले प्रत्येक खेलमा ध्यान दिएर खेल्ने र कुनै गल्ती नगर्न प्रयास गर्ने बताए। पर्याप्त समय नहुँदा अभ्यास खेलहरूमा केन्द्रित हुनुपरेको उनको गुनासो थियो। 
नेपाली राष्ट्रिय टोलीले यसै वर्ष ट्वान्टी–२० विश्वकप खेलेको तथा भर्खरमात्र डिभिजन ३ जितेर आएकाले युवा खेलाडीहरू पनि उत्साही छन्। कप्तान राजुले भने, 'राष्टिय टोलीको सफलताले आफूहरूलाई हौसला दिएको तथा यसले राम्रो गर्नुपर्छ भन्ने प्रेरणा थपेको छ।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस