अाइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ : युगान्डासँग निरन्तरताको लक्ष्य
०५ कार्तिक २०७१
•
७ मिनेट पाठ
अाइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ : युगान्डासँग निरन्तरताको लक्ष्य
काठमाडौं- आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ बिहीबार मलेसियामा सुरु हुँदा नेपाल र युगान्डाले पुरानै भेटलाई निरन्तरता दिने छन् ।
यसबाहेक अमेरिका, मलेसिया, बर्मुडा र सिंगापुरको चुनौती पनि यी दुई टोलीसामू छ । गत वर्षको मे महिनामा पनि नेपाल र युगान्डा नै डिभिजन ३ को फाइनलमा पुग्दै एकदिवसीय विश्वकप छनोटमा परेका थिए । नेपालले बर्मुडामा समूह चरणमा युगान्डासँग पाएको ६ विकेटको पराजय बदला फाइनलमा ५ विकेटले लिएको थियो ।

तर जनवरीमा न्युजिल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकप छनोटमा सहभागी १० टोलीमा नेपाल नवौं र युगान्डा दसौं भएपछि रेलिगेसनमा परेका थिए । १८ महिनाको अन्तरमा नेपाल र युगान्डा चौथोपल्ट एकअर्काविरुद्ध भिड्दै छन् । अमेरिका र बर्मुडा बिहीबारकै अर्को खेलका प्रतिस्पर्धा हुन् । पहिलो दिन घरेलु टोली मलेसियाले छिमेकी सिंगापुरलाई प्रतिद्वन्द्वी पाएको छ ।

क्वालालम्पुरस्थित किनरारा एकेडेमीमा युगान्डासँग खेलेको भोलिपल्ट नेपालले बर्मुडासँग खेल्नेछ । पछिल्लो डिभिजन ३ को विजेता पनि रहेकाले नेपाल दाबेदार मानिए पनि कप्तान पारस खड्का मलेसियामा सबै टोली डिभिजन २ मा उक्लन प्रयासरत रहेकाले कसैलाई कमजोर आँक्न नहुने बताउँछन् ।

युगान्डा र बर्मुडासँगको पहिलो दुई खेलले नेपालको दाबेदारिता कुन स्थितिमा पुर्‍याउँछ भन्ने स्पष्ट हुनेछ । तर पारस र प्रशिक्षक पुबुदु दासानायके प्रत्येक खेलसँगै अगाडि बढ्ने बताउँछन् । 'प्रत्येक टोली अन्य राम्रो प्रदर्शन गर्न तयार भएर बसेका छन् । सबै राम्रो प्रदर्शन गर्न आतुर छन्, त्यसैले हामी एकपटकमा एउटै खेलप्रति केन्द्रित छौं,' पारसले अन्तर्राष्ट्रिय क्रिकेट परिषदको वेबसाइटसँग भने, 'हाम्रा लागि यो राम्रो अवसर हो । हामीले पछिल्लोपल्ट पनि डिभिजन ३ खेलेका थियौं, त्यसले यो उत्साहजनक चुनौती हो ।'

युगान्डाका कप्तान फ्रान्क एनसुबुगोले नेपालसँग कठिन खेल खेल्नुपर्ने राम्रोसँग बुझेका छन् । उनले भने, 'मलाई लाग्छ यो खेल निकै कठिन हुनेछ । हामीले नेपालसँग तीनपटक खेलिसकेका छौं, त्यसैले नेपालसँगको खेल सहज नहुने बुझेका छौं । नेपालसँगको खेल हामीले पर्खेर बसिरहेका छौं र निकै मिहिनेत गरेर खेल्नुपर्छ ।'

दासानायकेले अन्य टोलीको तयारीबारे अनभिज्ञता जनाए । उनले नागरिकसँग भने, 'अन्य टोलीको तयारीबारे मलाई केही थाहा छैन । तर हामी प्रतियोगिताको उत्कृष्ट टोली हौं र त्यसैले हामी यसपल्ट उत्कृष्ट प्रदर्शन गर्नेछौं ।'

गत वर्ष डिभिजन ३ मा नेपालले बर्मुडालाई पराजित गरेको थियो । अमेरिका र युगान्डासँग पहिलो दुई खेल हारेको नेपालले फाइनलमा पुग्न अन्तमा बर्मुडाकै सहारा लिएका हो । बर्मुडाले समूह चरणको अन्तिम खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेपछि मात्र नेपालको फाइनल पक्का भयो ।

त्यसैले कप्तान पारस यसप्रति सचेत छन् । नेपालले बर्मुडासँगको खेल सजिलै जित्ने अनुमान लगाइरहँदा पारसले भने, 'एउटा सामन्य पक्ष के भने हामीले राम्रो खेल्नुपर्छ । यहाँ धेरै राम्रा टोलीहरू छन् । क्रिकेटमा कसैलाई सजिलो लिनु हुँदैन । त्यसैले सबैले आफ्नो शक्ति लगाएर खेल्नुपर्छ । यदि हामीले आफ्नो शक्ति देखाउन सक्यौं भने नतिजा हाम्रो अगाडि सकारात्मक भएर आउँछ ।' २००७ को विश्वकप खेलिसकेको भए पनि बर्मुडाको प्रदर्शन त्यसयता खस्कँदो छ ।

नेपाललाई मलेसियाको मैदान दोस्रो घरेलु मैदानजस्तै हो । मे महिनामा मलेसियामा सम्पन्न एसिसी प्रिमियर लिगमा नेपालले विश्वकपमा छनोट भएको युएईलाई पराजित गरेको थियो । दुई वर्षअघि नेपालले डिभिजन ४ मा सबै खेल जित्दै उपाधि जितेको थियो । वसन्त रेग्मी २१ विकेट लिँदै म्यान अफ द सिरिजमा चुनिएका थिए । उनले विश्व क्रिकेट लिगको एकै प्रतियोगितामा सर्वाधिक लिने कीर्तिमान बनाएका थिए ।

'अमेरिका, बर्मुडा र युगान्डाजस्ता राष्ट्र एसियाली भूमिमा खेल्न आउँदै छन्, जबकि यहाँको कन्डिसन हाम्रा लागि सुहाउँदो छ,' नेपाली खेलाडीले एसियाली वातावरणको फाइदा उठाउनेमा दासानायके आशावादी छन् ।

डिभिजन ३ आइसिसीको प्रथम श्रेणीको मान्यता पाएको अन्तरमहोदसीय कप र २०१९ को विश्वकपको छनोट प्रतियोगिता पनि हो । डिभिजन ३ का शीर्ष दुई टोली डिभिजन २ मा छनोट हुनेछन् । डिभिजन २ जनवरीमा नामिबियामा हुँदैछ, जहाँ नामिबियासहित, केन्या, नेदरल्यान्ड्स र क्यानडा डिभिजन ३ को शीर्ष दुई टोलीलाई पर्खेर बसिरहेका छन् । डिभिजन २ को फाइनलमा पुग्ने टोलीले २०१९ को एकदिवसीय विश्वकपको छनोट बाटो रहेको विश्व क्रिकेट लिग च्याम्पियसिपमा पनि खेल्न पाउनेछ ।

'हामी आइसिसी अन्तरमहादेसीय कपमा खेल्न चाहन्छौं, यो माथिल्लो चरणमा पुग्ने खुड्किलो हो र यसको सुरुआत डिभिजन ३ बाट हुनेछ,' पारसले भने, 'मलाई लाग्छ त्यो स्तरमा पुग्न हामीसँग प्रतिभा र प्रदर्शन छ । हामीबाट धेरै आशा पनि गरिएको छ ।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस