क्रिकेटमा आज बंगलादेशविरुद्ध
०७ असोज २०७१
•
१ मिनेट पाठ
क्रिकेटमा आज बंगलादेशविरुद्ध
इन्चोन- नेपालले महिला क्रिकेटको क्वार्टरफाइनलमा बुधबार बंगलादेश खेल्नेछ। समूह चरणको पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएपछि नेपाल सोमबार मलेसियालाई हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ।नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले केही न केही पदक जित्ने लक्ष्यसाथ इन्चोन आएकाले बंगलादेशलाई कडा चुनौती दिने बताएकी छन्। ‘हार र जित खेलको स्वाभाविक पाटो हो। मैदानबाट फर्कदा गर्व गर्न लायक प्रदर्शन दिनेछौं,' उनले प्रतिवद्धता जनाएकी छन्। 
बुधबारै नेपालले ब्याडमिन्टनमा पुरुष एकल, युगल तथा महिला एकल युगलमा प्रतिस्पर्धा गर्नेछ। बक्सिङमा ५६ केजीमा पूरन राई र ६० पूर्णबहादुर लामाले प्रतिस्पर्धा गर्ने छन्। 
पदक तालिकामा चीन २६ स्वर्णपदकसहित ५८ पदक बटुल्दै शीर्ष स्थानमा छ।१४ स्वर्णसहित ४५ पदकसाथ आयोजक दक्षिण कोरिया दोस्रो तथा १३ स्वर्णसहित ४२ पदकसाथ जापान तेस्रो स्थानमा छन्।


अर्को समाचार
पुनरागमनमा विश्वस्त अस्ट्रेलिया
०७ चैत्र २०७२
•
५ मिनेट पाठ
पुनरागमनमा विश्वस्त अस्ट्रेलिया
बेङलोर- छिमेकी प्रतिद्वन्द्वी न्युजिल्यान्डसँग पहिलो खेलमा पराजय भोगेको अस्ट्रेलियालाई भारतमा जारी ट्वान्टी–२० विश्वकपको सेमिफाइनल पुग्ने आशा जीवित राख्नका लागि सोमबार बंगलादेशविरुद्ध हुने खेलमा जितको विकल्प हुने छैन।अन्तर्राष्ट्रिय क्रिकेटमा कमजोर मानिएको बंगलादेशविरुद्धको खेल महारथी अस्ट्रेलियाका लागि प्रतियोगितामा पहिलो अंक जोड्नमात्र नभई पुनरागमनका लागि पनि राम्रो मौका हुन सक्छ। शुक्रबार न्युजिल्यान्डसँग भोगेको सनसनीपूर्ण पराजयले स्टिभ स्मिथको टोलीको ट्वान्टी–२०मा उपाधि जित्ने लक्ष्य नराम्ररी प्रभावित गरेको थियो।




समुह दुईमा अस्ट्रेलियाले पाकिस्तान र उपाधिको मुख्य दावेदार तथा विश्व नम्बर एक टोली भारतसँग खेल्ुनपर्नेछ। सेमिफाइनलको महत्वाकांक्षा पूरा गर्न अस्ट्रेलियाले दुवै खेल जित्नु पर्न सक्छ।

न्युजिल्यान्डले कसिलो बलिङ प्रदर्शन गर्दै अस्ट्रेलियामाथि जित निकालेको थियो। तर अस्ट्रेलियाली कप्तान स्मिथ त्यो हारलाई विर्सेर प्रतियोगितामा पुनरागमन जनाउन आफूहरु सक्षम रहेको बताएका छन्। बंगलादेशलाई हराउँदै प्रतियोगितामा फर्किनेमा विश्वस्त रहेका स्मिथले न्युजिल्यान्डसँगको नतिजा खराव सपना भएको बताए।

'हामी बंगलादेशलाई हराएर प्रतियोगितामा पुनरागमन जनाउनेमा पूरा विश्वस्त छौं,' स्मिथले भने, 'हामी यहाँ उपाधि जित्ने ठूलो लक्ष्य लिएर आएका छौं र त्यसका लागि सक्षम पनि छौं।'

विश्व टेस्ट वरियताको शीर्ष स्थानमा रहेको अस्ट्रेलियाले गतवर्ष सम्पन्न ५० ओभरको विश्वकप पनि जितेको थियो। तर ट्वान्टी–२० मा भने सधै संघर्षरत रहेको टोली अहिलेसम्म यो स्वरुपको विश्वकपमा एक पटकमात्र फाइनल पुगेको छ। २०१० मा एकपटक फाइनल पुग्दा पनि इङल्यान्डलाई उपाधि सुम्पदै अस्ट्रेलियाले उपविजेतामा चित्त बुझाउनु परेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बंगलादेशका अराफत सन्नी र तास्किन अहमदलाई अवैध बलिङ एक्सनका कारण निलन्वन गर्ने निर्णय गरेको छ। आइसिसीले शनिबार यस्तो निर्णय गरेपछि प्रतियोगितामा अस्ट्रेलियाको सम्भावना बढेको छ। न्युजिल्यान्डविरुद्धको पहिलो चरणको खेलमा अफ स्पिनर सन्नी र तिब्र गतिका बलर अहमदको एक्सन अवैध भएको भन्दै अम्पायरहरुले दिएको प्रतिवेदनका आधारमा आइसिसीले उनीहरुलाई निलम्बन गरेको हो।

अस्ट्रेलिया जस्तै बंगलादेशलाई पनि सेमिफाइनल पुग्ने आशा जीवित राख्नका लागि सोमबारको खेल जित्नै पर्ने दबाब छ।

बंगलादेश सुपर १० को पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। पाकिस्तानविरुद्धको खेलमा बंगलादेशका लागि अलराउन्डर शकिब अल हसन र स्टार ब्याट्सम्यान तमिन इकबालको प्रदर्शन भने प्रशंसायोग्य थियो। सकिबले अविजित ५० तथा इकबालले अविजित २४ रन बनाएका थिए।

एकदिवसीय क्रिकेटमा पछिल्लो समय बंगलादेशले आफ्नो प्रदर्शनमा व्यापक सुधार गरेको छ। तर ट्वान्टी–२० क्रिकेटको विश्व वरियताको १० औं स्थानमा रहेको टोलीसामु सोमबारको खेलमा धेरै चुनौती हुनेछन्। अस्ट्रेलियाविरुद्ध बंगलादेशको विगत सम्झन लायक छैन। ट्वान्टी–२० विश्वकपमा अहिलेसम्म दुई टिमको तीन पटक भेट हुँदा बंगलादेशले अस्ट्रेलियामाथि विजय हासिल गर्न सकेको छैन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस