मड्रिड– हाभियर मास्चेरानोले पहिलो हाफमा रातो कार्ड सामना गरेको खेलमा लियोनेल मेसीले दुई गोल गरेपछि आइतबार इल्चेमाथि ३–० को नतिजा निकाल्दै लुइस इनरिकेले बार्सिलोना प्रशिक्षकका रुपमा विजयी सुरुआत गरे।विश्वकपको फाइनलमा जर्मनीसँग पराजित हुनुको पीडाबाट मुक्त भइनसकेका मेसीले ४२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर त्यसको दुई मिनेट नवित्दै मास्चेरानोले रातो कार्ड सामना गरेपछि बार्सिलोना १० जनामा सीमित भयो। एक खेलाडी कम भए पनि १८ वर्षे मुनिर अल हादादीले दोस्रो हाफको पहिलो मिनेटमा गोल थपेर बार्सिलोनाको अग्रता सहज बनाए। जहाँ मेसीले ६४ औं मिनेटमा दोस्रो व्यक्तिगत गोल गर्दै टोलीको जित पक्का गरे।
‘सिजनको यस्तो सुरुआतबाट म खुसी हुनुपर्छ। इल्चे रक्षात्मक रुपमा निकै संगठित टोली भएकाले सुरुआतमा हामीलाई अवसर सिर्जना गर्न निकै गाह्रो भयो,' बार्सिलोनाका प्रशिक्षक इनरिकेले भने, ‘तर हामीले विस्तारै खाली ठाउँ खोज्ने र अवसर सिर्जना गर्ने काम गर्यौंर।'
विश्वकपले थकित भए पनि मेसीले पूरा ९० मिनेटमा गरेको प्रदर्शन र गोलबाट आफू प्रभावित भएको इनरिकेले बताए। मेसीलाई विश्वको सर्वोत्कृष्ट खेलाडी भन्दै इनरिकेले थपे, ‘उनी मैदानमा रहँदा गोलको सम्भावना जहिले पनि रहन्छ। उनी विश्वको सर्बोत्कृष्ट खेलाडी हुन् भन्नेमा कुनै शंका छैन। उनीजस्तो खेलाडी पाउनु एउटा प्रशिक्षकको नाताले मेरा लागि भाग्यको कुरा हो।'
घाइते नेइमार र प्रतिवन्धित लुइस स्वारेजको अनुपस्थितीमा सिनियर टोलीबाट डेव्यु पाउन मुनिरले सोमबार प्रिसिजनको अन्तिम मैत्रीपूर्ण खेलमा गरेको दुई गोल पर्याप्त भयो। मेक्सिकन टोली लियोनविरुद्ध दुई गोल गर्दै किशोर फरवार्डले प्रशिक्षकलाई प्रभावित पारेका थिए। त्यहीअनुसारको प्रदर्शनलाई आइतबार पनि निरन्तरता दिने क्रममा उनले एक गोल गर्नुका साथै विपक्षी पोष्टमा अर्को पटक कडा प्रहार गरेका थिए। २२ औं मिनेटमा उनले साँघुरो एंगलबाट प्रहार गरेको बल पोष्टमा लागेर फर्केको थियो।
आइतबारै चाढोगरी सम्पन्न खेलमा इबारले ला लिगामा पहिलो सिजनको सुरुआत गर्ने क्रममा रियाल सोसिडाडमाथि १–० को जित दर्ता गरायो। बस्कका दुई टोलीबीचको खेल इबारको ५ हजार २ सय दर्शक क्षमताको रंगशालामा भएको थियो। जहाँ हाभी लाराले फ्रि–किकमा घरेलु टोलीका लागि एकमात्र विजयी गोल गरेका थिए।
बार्सिलोनाका प्रशिक्षक इनरिकेको पूर्व टोली सेल्टा भिगोले पनि नयाँ सिजनको विजयी सुरुआत गर्ने क्रममा गेटाफेलाई ३–१ को नतिजामा निराश पार्योग। नोलिटोले २० औं मिनेटमा अग्रता दिलाएको सेल्टाका लागि फाबियन ओरेलानाले ५६ औं मिनेटमा दोस्रो गोल गरे। ६३ औं मिनेटमा समिरले एक गोल फर्काउँदै गेटाफेको खेलमा फर्कने सम्भावना जीवित राखेका थिए। तर समय सकिन २० मिनेट बाँकी रहँदा सेल्टाका जोवाक्विन लारिभेले टोलीको तेस्रो गोल गर्दै जित पक्का गरे।
स्पेनिस ला लिगामा आइतबारै सम्पन्न अर्को खेलमा भिलारिएलले लेभान्टेलाई २–० को नतिजामा हरायो। भिलारिएलका लागि इकेचुक्वु उचे र डेनिस चेरिशेभले गोल गरेका थिए।