एसियाडलाई कोरियाको व्यस्तता
०६ भदौ २०७१
•
६ मिनेट पाठ
एसियाडलाई कोरियाको व्यस्तता
इन्चोन- तेस्रोपटक एसियाली खेलकुद गर्न लागेको दक्षिण कोरियाली प्रशासनलाई अहिले भ्याइनभ्याई छ। एसियाली खेलकुदको ठूलो खेलमेलाको १७औं संस्करण इन्चोनमा सेप्टेम्बर १९ बाट हुँदैछ। एसियाका ४५ देशबाट खेलाडी र खेलकर्मी गरी २३ हजारलाई अक्टोबर ४ सम्म आतिथ्यता प्रदान गर्न कोरियाले सबै तयारी पूरा गरिसकेको छ। ६ वर्षअघि भारतको नयाँ दिल्लीलाई प्रतिस्पर्धामा पछि पार्दै इन्चोनले १७औं एसियाली खेलकुद आयोजनाको अवसर पाएको थियो। 'हाम्रो दाबी सफल भएलगत्तै हामी तयारीमा जुट्यौं,' इन्चोन एसियाली खेलुकद आयोजक कमिटीका अध्यक्ष किम योङ शोले गत साता एसियाली खेलकुद पत्रकार महासंघको साधारणसभामा भने, 'एसियाली खेलकुदमार्फत ४ अर्ब एसियालीलाई एकताको सूत्रमा गाँस्ने लक्ष्यमा हामी कुनै कसर बाँकी राख्ने छैनौं।'
पछिल्लो ६ वर्षमा कोरियाले एसियाली खेलकुदका लागि तीब्र गतिमा तयारी गरेको बताउँदै शोले भव्य रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए। 'इन्चोनले विगतका सबै ठूला खेलमेला बिर्साउनेछ। विश्वभरका खेलप्रेमीको स्मरणमा अबका धेरै वर्षसम्म इन्चोन एसियाड रहनेछ,' एसियाभरबाट भेला भएका खेल पत्रकारसामु शोले भने, 'हामी एसियाली एकता र विश्वका सबै गाउँ अघि बढुन भन्ने सन्देश दिन चाहन्छौं।'
३६ खेलका ४ सय ३९ इभेन्ट्स इन्चोन, छुङ्झु र सोलका विभिन्न ४९ स्थानमा हुनेछन्। त्यसका लागि कोरियाली सरकारले पछिल्लो ६ वर्षमा इन्चोन एसियाड मुख्य रंगशालासहित १६ नयाँ खेलस्थल निर्माण गरेको छ भने २६ पुरानै कभर्ड हल तथा रंगशाला प्रयोगमा ल्याउने छ। सात खेलस्थल भने निजी जिम्न्याजियममा पनि एसियाडका खेल हुनेछन्। इन्चोन सहरबाट करिब एक घन्टाको दुरीमा निर्माण गरिएको एसियाड मुख्य रंगशालामा उद्घाटन तथा समापन समारोह हुनेछ। 
१ अर्ब ६२ करोड लागतमा हुने एसियाडको उद्घाटनका लागि मात्र कोरियाले २ करोड डलर खर्च गर्ने योजना बनाएको छ। शोका अनुसार ३ हजार ८ सय सहभागीले तीन घन्टा चल्ने उद्घाटन समारोहमा कोरियाको परम्परागत सभ्यता तथा अत्याधुनिक युग झल्काउने प्रस्तुति समेटिने छन्। 'एसियाडबाट कोरियाको परम्परासँगै हामीले पछिल्लो ६ दशकमा गरेको विकासको झल्को दिनेछौं। यो एसियाडलाई हामी प्रविधिको मेलामा स्थापित गर्नेछौं,' प्रतियोगिताका समाचार सम्प्रेषणका लागि सामाजिक सञ्जालका साथै विभिन्न पाँच भाषामा अनलाइन चलाउने जानकारी गराउँदै उनले भने। 
एसियाडमा समावेश हुने ३६ मध्ये २८ ओलम्पिक खेल हुनेछन् भने बाँकी आठ ननओलम्पिक खेलमा प्रतिस्पर्धा गराइनेछ। एसियाडका सबै २८ ओलम्पिक खेल दुई वर्षअघि लन्डन ओलम्पिकमा समावेश गरिएका थिए। आर्चरी, ट्रायथोलन र जुडो यसपालि थपिएका विधा हुन्। ओलम्पिक खेलमा नभएकामा बेसबल, टेन–पिन बलिङ, क्रिकेट, कबड्डी, कराते, सेपाकटाक्रो, स्क्वास र उसु इन्चोन एसियाडमा समावेश गरिएका छन्। 
सन् १९५२ मा भारतको नयाँ दिल्लीबाट सुरु एसियाली खेलकुद १७औं संस्करणसम्म आइपुग्दा दक्षिण कोरियाले तेस्रोपटक प्रतियोगिता गर्दैछ। यसअघि १९८६ मा राजधानी सोल तथा २००२ मा बुसानले एसियाली खेलकुद आयोजना गरेका थिए। आगामी चार वर्षमा विश्वस्तरका तीन ठूला खेलमेला आयोजनाको तयारीमा रहेको कोरियाले एसियाडमार्फत ति इभेन्ट्स पनि भव्य हुने सन्देश दिने योजना बनाएको शोले बताए। 
'हामीले आउँदो केही वर्षभित्र हिउँदे ओलम्पिक, यु–२० फुटबल विश्वकप तथा समर युनिभर्सियाड गर्नुछ। सबै खेलमेलाका लागि आवश्यक तयारी भइरहेको छ,' उनले भने, 'एसियाडको अनुभवले निकट भविष्यमा हुने खेल इभेन्टलाई सहयोग पुग्नेछ भने विगतमा ओलम्पिक, एसियाड तथा विश्वकप फुटबल गरेको अनुभवले एसियाड सफलतापूर्वक सम्पन्न गर्नेछौं।'
दक्षिण कोरियाले अर्को वर्ष ग्वाङ्जुमा समर युनिभर्सियाड गर्दैछ भने २०१७ मा सोल, इन्चोन, सुवोन, चेनान, जियोन्जु, पोहाङ, उल्सान र सोग्विपोमा यु–२० फिफा विश्वकप तथा त्यसको एक वर्षपछि प्योङचाङमा हिउँदे ओलम्पिक आयोजना गर्नेछ।


अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस