काठमाडौं– दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुदका लागि एथलेटिक्सको राष्ट्रिय टोली छनोट गरिएको छ।शुक्रबार छनोट टोलीमा ६ पुरुष र ३ महिला खेलाडी छन्। छनोटमा १०० मिटरका कीर्तिमानी धावक यामसाजन सुनार, हरि रिमाल, गोपीचन्द्र पार्की, कृष्णबहादुर बस्नेत, मुक्ति खड्का, तिलकराम थारु तथा महिलामा दिलमाया कार्की, कान्छिमाया कोजु र केशरी चौधरी परेका छन्।
एथलेटिक्सका मुख्य प्रशिक्षक सुशील नरसिंह राणाले एसियाली खेलकुदमा राष्ट्रिय कीर्तिमान सुधार गर्न प्रयास गर्ने बताए। उनले नागरिकसँग भने, ‘नेपालको हरेक इभेन्टका उत्कृष्ट खेलाडी एसियाली खेलकुदलाई छनोट भएका हुन्। इन्चोनमा राष्ट्रिय प्रदर्शनलाई सुधार गर्ने लक्ष्य लिएका छौं। पछिल्लो दुई वर्षमा नेपाली एथलेटिक्समा १८ राष्ट्रिय कीर्तिमान बनेको छ। हामीले राष्ट्रिय प्रदर्शनमा सुधार गरिरहेका छौं। कोरियामा नेपाली एथलेटले राम्रो गर्ने आशा छ।'
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका १२ खेलाडीबाट उत्कृष्ट ९ खेलाडी छनोट गरिएको प्रशिक्षक राणाले बताए। उनका अनुसार यामसाजनले १०० मिटर र २०० मिटर, हरिले १५ सय मिटर र ५ हजार मिटर, गोपीले ५ र १० हजार, मुक्तिले ८०० मिटर र तिलकरामले २०० र ४०० मिटर दौड तथा कृष्णबहादुरले म्याराथनमा प्रतिस्पर्धा गर्नेछन्।
महिला २०० मिटरकी कीर्तिमानी दिलमायाले २०० मिटर, ४०० मिटर, कान्छिमायाले ५ र १० हजार मिटर तथा केशरीले लङजम्प र टि्रपलजम्पमा प्रतिस्पर्धा गर्नेछन्।
यामसाजनले १०० मिटर र दिलमायाले २०० मिटर दौडमा केन्द्रित भएर अभ्यास गरिरहेको प्रशिक्षक राणाले बताए। उनले भने, ‘राष्ट्रिय टोली छनोट खेलमा कीर्तिमान बनाएका याम र दिलमाया घाइते भएका थिए। पछिल्लो समय उनीहरू स्वास्थ्यमा धेरै सुधार आइसकेको छ। अभ्यास थालिसकेका छन्। एसियाली खेलकुदसम्म सबै खेलाडीले टाइमिङमा थप सुधार गर्ने अपेक्षा लिएको छु।'