साउन– फुल ब्याक लुक सा पूर्ण रुपमा फिट नभएको जनाउँदै म्यानचेस्टर युनाइटेडका प्रशिक्षक लुइस भान हालले उनलाई अलग्गै अभ्यास गराउन लगाएका छन्। साले अपेक्षा अनुरुपको प्रदर्शन गर्न नसकेका कारण छुट्टै अभ्यास गराउनु परेको भान हालले बताएका छन्।इङल्यान्ड विश्व कपको समूह चरणबाट बाहिरीएको लगत्तै १९ बर्षे सा साउथह्याम्टनबाट युनाइटेड गएका थिए। उनी ३ करोड पाउन्डमा युनाइटेड सुरुवा भएको बताइएको छ। यो युवा खेलाडीलाई खर्च गरिएको उच्च रकम हो।
नयाँ सिजनको तयारीका लागि युनाइटेड अहिले अमेरिका भ्रमणमा छ। सोमबार सालाई टोलीका अन्य खेलाडीबाट अलग राखेर अभ्यास गराइएको थियो।
'म प्रशिक्षक हुँ। हरेक खेलाडीको बारेमा अध्ययन गर्छु। खेलाडीलाई केको आवश्यकता छ। त्यो हेर्छु,' सालाई एक्लै अभ्यास गरिएको बारेमा सोधिएको प्रश्नमा उनको जवाफ थियो,'उनी पूर्ण रुपमा फिट छैनन्। मैले आशा गरे अनुसारको उनको प्रदर्शन छैन । उनी पूर्ण रुपमा फिट हुनुपर्छ । त्यसै कारण उनलाई एक्लै अभ्यास गराइएको हो।'
अहिले नै साको प्रदर्शनको टिप्पणी गर्न नसकिने उल्लेख गर्दै भान हालले भने,' उसँग मेरो भइसकेको छ। हामीले उनका लागि अलग्गै अभ्यास तालिका बनाएका छौं। उ राजी भइसकेको छ।'
आफ्नो अपेक्षा अनुसार साले कहिले सम्म प्रदर्शन गर्न सक्छन् ठकुवा गर्न कठिन हुने भान हालले बताएका छन् । 'सन्तोषजनक अवस्थामा पुग्न कति समय लाग्छ । त्यो अहिले थाहा हुन सक्दैन,' उनले भने,' फिटनेस प्रशिक्षक टोली स्ट्रुटविकबाट राम्रो सन्देश पाएको छु । तर हामीले हेर्न बाँकी छ ।'
यसैबीच, क्रिस्टल प्यालेसबाट अघिल्लो बर्ष युनाइटेडमा आबद्ध विलफ्रेड जाहा संघर्षरत छन् । इन्टर मिलानविरुद्ध मंगलबारको खेलमा उनी पहिलो रोजाइमा पर्ने सम्भावना छ ।
भान हालले विङ्गरलाई स्ट्राइकरका रुपमा प्रयोग गर्ने सोचिरहेको बताएका छन् । भान हालले टोलीलाई ३–५–२ को प्रणालीमा उतारिरहेका छन् । 'दोस्रो हाफमा उनी स्ट्राकिङ लाइनमा खेल्नेछन् । यो प्रणालीमा उनले त्यही खेल्नुपर्छ । अन्यथा उनले खेल्न सक्दैनन्,' उनले भने,' एस्ले योङ विङ्गर हुन् । तर उनी विङ्ग ब्याकमा खेल्न सक्छन् । त्यो भुमिका उनीले राम्ररी निर्वाह गरे । उनी दायाँ बायाँ दुवैबाट खेल्न सक्छन् । उनले मलाई विश्वास गरेका छन् र राम्रो खेलिरहेका छन् ।'