काठमाडौं- निर्वाचनको बहानामा एक वर्ष सरेको बृहत राष्ट्रिय खेलकुदको सातौं संस्करण राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयको द्वन्द्वका कारण यो वर्ष पनि नहुने भएको छ।गत वर्ष फागुनमा पूर्वाञ्चलमा गर्ने भनिएको सातौं राष्ट्रिय खेलकुद संविधानसभा निर्वाचनको बहानामा राष्ट्रिय खेलकुद परिषदले यो वर्षलाई सारेको थियो। तर यसपालि युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र परिषदका सदस्यसचिव युवराज लामाबीचको विवादका कारण नहुने करिब पक्का भएको छ। हालै प्रस्तुत आर्थिक वर्ष २०७१–७२ को बजेटमा सातौं राष्ट्रिय खेलकुदका लागि रकम छुट्याइएको छैन। गत वर्ष बजेटमै भौतिक पूर्वाधारबाहेक राष्ट्रिय खेलकुद गर्न १७ करोड रुपैयाँ छुट्याइएको थियो।
प्रत्येक दुई वर्षमा गर्ने भनिएको राष्ट्रिय खेलकुदको छैटौं संस्करण २०६८ फागुनमा सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा भएको थियो। सातौं संस्करणका लागि परिषदले पूर्वाञ्चललाई आयोजना अधिकार दिँदै गत वर्ष गर्ने निर्णय गरेको हो। गत वर्ष नहुने पक्का भएपछि तत्कालीन युवा तथा खेलकुदमन्त्री रामप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषद्को १ सय बोर्ड बैठकले २०७१ को फागुनमा गर्ने निर्णय गरेको थियो। सातौं संस्करणमा पनि सुदूरपश्चिममा भएको ३२ खेल नै समेट्ने परिषदको निर्णय थियो। परिषदले गत वर्ष राष्ट्रिय खेलकुदको सट्टा लुम्बिनी च्याम्पियनसिप गर्योै।
यस वर्ष राष्ट्रिय खेलकुद गर्न २१ करोड रुपैयाँको बजेट प्रस्ताव गरे पनि मन्त्रालयले काटेको सदस्यसचिव लामाको आरोप छ। यो मान्न मन्त्रालयका प्रवक्ता चूडामणि पौडेल तयार छैनन्। भन्छन्, 'परिषदले यसपालि कार्यक्रम बनाएर पेश गर्दा नै राष्ट्रिय खेलकुद समावेश गरेको रहेनछ। त्यो भएर मन्त्रालयले अर्थ मन्त्रालयलाई पेश गर्दा पनि राष्ट्रिय खेलकुद छुटेको हो,' पौडेलले नागरिकसँग भने।
दुई पक्षले आ–आफ्नो बचाउमा जस्तो तर्क गरे पनि द्वन्द्वकै कारण यो वर्ष राष्ट्रिय खेलकुद नहुने चाहिँ पक्काजस्तै भइसकेको छ। 'हामीले परिषद् बोर्ड बैठकको निर्णयअनुसार राष्ट्रिय खेलकुद गर्न बजेट प्रस्ताव गरेका थियौं। मन्त्रालयले काटेछ। अब यो वर्ष नहुने सम्भावना बलियो भएको छ,' लामाले भने, 'मन्त्रालयमा खेलकुदप्रेमी मन्त्री नआएसम्म राष्ट्रिय खेलकुद हुने छाँट म देख्दिनँ।'
नेकपा एमालेका तर्फबाट पुरुषोत्तम पौडेलले खेलकुद मन्त्रालयको नेतृत्व लिएयता मन्त्रालय र परिषदबीचको सम्बन्ध निकै विवादास्पद रहँदै आएको छ। तीन वर्षअघि नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल संयुक्त सरकारको प्रधानमन्त्री हुँदा एमाओवादी कोटामा नियुक्ति पाएका लामालगायत ६ सदस्यलाई मन्त्री पौडेलले जेठमा पदावधि सकिएको भन्दै पदमुक्त गरेका थिए। त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेपछि लामा अदालतको स्टे अर्डरका आधारमा यथावत छन्। त्यसपछि पनि लामाले मन्त्रीविरुद्ध तीन मुद्दा दायर गरिसकेका छन्।
'मन्त्री र सदस्यसचिवको द्वन्द्वले बन्धकमा परेको खेलकुदले यसपालि राष्ट्रिय खेलकुद गुमाउने मात्र नभई एसियाली खेलकुदको तयारी पनि प्रभावित भएको छ,' राष्ट्रिय खेलकुद परिषदका एक प्रशिक्षक भन्छन्, 'दुवैलाई आफ्नै पार्टीको भजन गाउनुछ। खेलुकदसँग कसैलाई मतलब छैन।'
फरक राजनीतिक दलका प्रतिनिधि नेपाली खेलकुदको दुई महŒवपूर्ण निकायको नेतृत्वमा रहँदाको द्वन्द्वका कारण मन्त्री पौडेलले असारमा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघका महासचिव लामा टेन्डी शेर्पाको संयोजकत्वमा १५ सदस्यीय एसियाली खेकलुद तयारी समिति गठन गरेका थिए। त्यसअघि असार १५ मा नेपाल ओलम्पिक कमिटीका सहमहासचिव तथा बास्केटबल संघका अध्यक्षसमेत रहेका शेर्पालाई परिषद् उपाध्यक्षमा नियुक्त गरिएको थियो। एसियाली खेलकुदको १७ औं संस्करण सेप्टेम्बरमा दक्षिण कोरियाको इन्चोनमा हुनेछ। लामाले परिषदको ऐन र कार्यविधि विपरीत मन्त्रीले आफ्ना मान्छे राखेर समिति बनाएको भन्दै बुधबारमात्र सर्वोच्च अदालतमा रिट दायर गरे। मन्त्रीविरुद्ध यो लामाको चौथो मुद्दा दर्ता थियो।
राष्ट्रिय खेलकुद फागुनमा गर्न अब मन्त्रिपरिषदको बैठकबाट बजेट व्यवस्था गरेमात्र सम्भव हुन्छ। त्यसका लागि भदौभित्र निर्णय भइसक्नुपर्ने लामा बताउँछन्। 'भदौभित्र मन्त्रिपरिषदले निर्णय गरे जिल्ला र क्षेत्रीय छनोट हुँदै समयमै राष्ट्रिय खेलकुद गर्न भ्याइन्छ। नत्र सम्भव छैन,' लामाले पूर्वाञ्चलमा पूर्वाधार समस्या नहुने बताउँदै भने, 'पूर्वाधार निर्माणको काम निरन्तर भइरहेको छ। त्यसैले भदौमा निर्णय भए असोजको अन्तिमबाट जिल्ला छनोट गर्न सकिन्छ।'
मन्त्रालयका प्रवक्ता पौडेल सबै पक्ष सकारात्मक भएर संगठित पहल थाले यो वर्ष नै राष्ट्रिय खेलकुद सम्भव हुने बताउँछन्। 'बजेटमा नभएपछि अब गाह्रो भइसक्यो। तर परिषद र मन्त्रालयको इच्छाशक्ति भयो भने हुनसक्छ। यो राष्ट्रिय महŒवको कुरा भएकाले भोलि आवश्यकता महसुस भए मन्त्रिपरिषदले सकारात्मक निर्णय गर्न सक्छ,' उनले भने।
प्रत्येक दुई वर्षमा गर्ने उद्घोषसाथ २०३८ सालमा सुरु यो बृहत खेलमेलाले ३३ वर्ष पूरा गर्दा अहिले १७औं संस्करणको तयारी चलिरहनुपर्थ्यो। तर लगातारका राजनीतिक परिवर्तन, खेलकुदलाई राज्यले दिने कम प्राथमिकता र खेल प्रशासनको कमजोर प्रतिबद्धताका कारण अहिलेसम्म राष्ट्रिय खेलकुदका ६ संस्करणमात्र सम्भव भएका छन्।
तत्कालीन परिषद नेतृत्वले देशका विभिन्न भागका रहेका प्रतिभावान खेलाडीलाई एकैथलोमा प्रदर्शनको अवसर दिन बृहत राष्ट्रिय खेलकुदको सुरुआत गरेको हो। जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय स्तरमा आफूलाई अब्बल देखाउन खेलाडीका लागि राष्ट्रिय खेलकुद महत्वपूर्ण थलो हो।
खेलाडीलाई वर्षौदेखि प्रशिक्षणमा गरेको मिहिनेतको उपलब्धि राष्ट्रिय स्तरमा जाँच्ने उद्देश्यसाथ २०३८ सालमा काठमाडौंमा पहिलोपल्ट सुरु राष्ट्रिय खेलकुदले ६ संस्करण सम्पन्न गर्दा दुईपटक काठमाडौं आयोजक रह्यो भने पोखरा, वीरगन्ज, नेपालगन्ज र सुदूरपश्चिमले एक–एकपल्ट आयोजनाको अवसर पाएका छन्। तीन पटकसम्म उद्देश्यअनुरुप दुई वर्षको अन्तरालमा हुँदा राष्ट्रिय खेलकुदको दोस्रो संस्करण २०४० सालमा पोखराले गर्योु भने २०४२ सालमा तेस्रो संस्करण वीरगन्जमा भयो। त्यसपछि १३ वर्षसम्म हुन नसकेको प्रतियोगिताको चौथो संस्करण नेपालगन्जले २०५५ सालमा गर्योज। नेपालगन्जपछि पनि राष्ट्रिय खेलकुदले निरन्तरता पाउन सकेन। त्यसपछि सुदूरपश्चिममा गर्ने निर्णय भएको पाँचौं राष्ट्रिय खेलकुद भौतिक पूर्वाधार अभावको बहानामा काठमाडौं सारियो, तथापि समयमा आयोजना हुन सकेन। पटक पटक स्थगित पाँचौं राष्ट्रिय खेलकुद पाँचौंपटक निर्धारण गरिएको मिति २०६५ मा काठमाडौंमा थुप्रै विवादबीच सकिएका थियो। अघिल्लो संस्करण भएको १० वर्षपछि पाँचौं राष्ट्रिय खेलकुद सम्भव भएको हो। त्यसपछि २०६८ मा सुदूरपश्चिममा छैटौं राष्ट्रिय खेलकुद भयो।