इतिहास रच्दै विमल युरोपियन क्लबसँग अनुबन्धित
२५ जेष्ठ २०७१
•
५ मिनेट पाठ
इतिहास रच्दै विमल युरोपियन क्लबसँग अनुबन्धित
काठमाडौं— नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमल घर्तिमगरले बेल्जियमको क्लब एन्डरलेकमा एक वर्षको व्यावसायिक अनुबन्धन पाएका छन्। दुई महिना एन्डरलेकमा विशेष प्रशिक्षण तथा थुपैं अभ्यास खेल खेलेर गतसाता नेपाल फर्किएका विमललाई आइतबार उनका एजेन्ट रेने कोस्टरले टेलिफोनबाट अनुबन्धनबारे जानकारी गराएका थिए।

अनुबन्धनबारे जानकारी गराए पनि पारिश्रमिक र अन्य सुविधाबारे भने विस्तृतमा कुराकानी भइनसकेको विमलले बताए। उनले भने, 'मलाई अहिले पारिश्रमिकभन्दा पनि युरोपमा खेल्ने मौका ठूलो हो । त्यसैले म अनुबन्धन पाएकोमै खुसी छु । पारिश्रमिक र सुविधा पक्कै पनि युरोपको क्लबले राम्रै देला ।'

यसैसाता नेपाल खेलकुद पत्रकार मञ्चद्धारा पल्सर स्पोर्टस अवार्डअन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडी पुरस्कार पाएका विमल नवलपरासीका हुन्। गत भदौमा काठमाडौंमा सम्पन्न आठौं साफ च्याम्पियनसिप दौरान विमललाई बंगलादेशका तत्कालिन सहायक प्रशिक्षक डच नागरिक कोस्टरले पहिचान गरी एन्डरलेकमा प्रशिक्षण तथा ट्रायलको अवसर मिलाएका थिए। एन्डरलेकअघि उनले कोस्टरकै पहलमा नेदरल्यान्ड्सको एफसी ट्वेन्टेमा दुई साता विशेष प्रशिक्षण तथा ट्रायल दिएर फर्केका थिए ।

'भर्खरै मलाई कोस्टरले फोन गरेर क्लबले एक वर्षको सम्झौता गर्ने निर्णय गरेको जानकारी गराउनुभएको छ,' नागरिकन्युजसँग कुरा गर्दै विमलले भने, 'मैले त्यहाँ दुई महिने अभ्यासमा राम्रो गरेको थिएँ । मेरो प्रदर्शनबाट क्लबका प्रशिक्षक र पदाधिकारी सबै खुसी थिए । मलाई नेपाल फर्कने बेला पनि उनीहरुले स्थायी सम्झौता गर्ने संकेत गरेका थिए ।'

एन्डरलेकको युवा एकेडेमीअन्तर्गत यु–१७ टोलीका लागि अनुबन्धित विमलले ट्रायलदौरान युरोपकै प्रतिष्ठित फ्युचर कपमा एक गोल गर्नुका साथै अर्को गोललाई अवसर मिलाएर एन्डरलेकको सेमिफाइनल यात्रामा आधार बनाएका थिए । युरोपका ठूला क्लबहरुले भविष्यको टोली तयार गर्ने र युवा खेलाडीलाई एक्सपोजर दिने उदेश्यले गर्ने प्रतियोगितामा म्यानचेस्टर युनाइटेड, लिभरपुल, एसी मिलान, रियाल मड्रिड, बायर्न म्युनिख, बार्सिलोनालगायतका सबै महारथिको सहभागिता रहन्छ ।

जुलाई २० मा बेल्जियम जाने योजनामा रहेका विमलले एन्डरलेकसँगको सम्बन्धले नेपाली फुटबललाई अवसरको नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे । भने, 'च्याम्पियन्स लिग खेल्ने क्लबबाट खेल्न पाए धेरै अनुभव हुन्छ र धेरै सिक्न पाइन्छ। यसले नेपाली खेलाडीमा पनि क्षमता छ भन्ने प्रमाणित गर्छ। अरु धेरै खेलाडीका लागि पनि अवसरको ढोका खोल्छ।'

कोस्टरप्रति अनुग्रहित नेपाली यु–१६ राष्ट्रिय टोलीका कप्तानले अगाडि भने, 'उहाँले मेरो करियरलाई नयाँ उचाई दिन ठूलो योगदान गर्नुभएको छ। म उहाँप्रति आभार प्रकट गर्छु। यसैगरी यो अवसरमा म मेरो परिवार, एन्फा एकेडेमी, यहाँका प्रशिक्षकहरु, मेरो राष्ट्रिय टिमका दाईहरु, यु–१६ टोलीका साथीहरु, एन्फा र सम्पूर्ण समर्थकलाई धन्यवाद दिन चाहन्छु। एन्डरलेकमा गएर म अझै राम्रो गर्ने प्रयास गर्नेछु। ममाथि क्लब, प्रशिक्षक र समर्थकले गरेको विश्वास खेर जान दिन्न ।'

एन्डरलेकका लागि विमलले गरेको उत्कृष्ट गोल

 

साफ च्याम्पियनसीपमा विमलको उत्कृष्ट गोलको भिडियो
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस