लामाद्वारा सर्वोच्चमा रिट दायर
०४ जेष्ठ २०७१
•
७ मिनेट पाठ
लामाद्वारा सर्वोच्चमा रिट दायर
काठमाडौं- राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा र कोषाध्यक्ष इन्द्रबहादुर थिङलगायत ६ बोर्ड सदस्यले युवा तथा खेलकुद मन्त्रालयले आफूलाई हटाउन गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

मन्त्रालयले शुक्रबार लामा र थिङसहित ६ बोर्ड सदस्यको पदावधी सकिइसकेको जिकिर गर्दै उनीहरूलाई तत्काल पदमुक्त हुन निर्देशन जारी गरेको थियो । मन्त्रालयले तत्कालका लागि चुडामणि पौडेललाई निमिक्त सदस्य सचिव तोकेको थियो । पौडेलले आइतबारै परिषदमा पदवहाली गरे ।
सदस्यसचिव लामा र कोषाध्यक्ष थिङसहित बर्खास्तगीमा पर्नेमा एनेकपा माओवादीका तर्फबाट परिषदमा राजनीतिक नियुक्ति लिने सदस्यहरु मुकुन्द पहरी, पहलसिंह घर्तीमगर, कुसुमकुमारी श्रेष्ठ र नम्बर शेर्पा थिए । उनीहरुले आइतबार परिषदमा मन्त्रालयको पत्र बुझेका थिए । पत्र बुझेपछि सदस्य सचिव लामाले परिषदका सबै विभागीय प्रमूखसँग विदा हुने तथा पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनपछि दलवलसहित लामा लगायतका सदस्यहरु जुलुस लिएर अदालत गएका थिए । 
२०६६ भदौ २६ गते परिषदमा चार वर्षे नियुक्ति लिएका १० मध्ये सात सदस्यले राजीनामा दिएपछि लामालगायत ६ जनालाई बाँकी अवधिका लागि नियुक्त गरिएको मन्त्रालयले दाबी गरेको थियो । लामा नेतृत्वको टोलीले माओवादीको सिफारिसमा २०६८ जेठ २७ मा नियुक्ति लिएको थियो । झलनाथ खनाल नेतृत्वको सरकारले लामालाई नियुक्त गरेको थियो । २०६६ भदौ २६ मा माधव नेपाल नेतृत्वको सरकारले हरिबाबु चौधरीलाई सदस्यसचिवमा नियुक्त गरेको थियो । 
मन्त्रालयले २०६६ भदौबाट चारवर्षे कार्यकाल सुरु हुने दाबी गरे पनि लामाले आफू नियुक्ति भएको मितिबाट चारवर्षे कार्यकाल सुरु भएको अडान लिएका छन् । 
मन्त्रालयले कानुनसम्मत लामालगायतलाई पदमुक्त गरिएको बताइरहँदा लामाले भने निर्णयविरुद्ध कानुनी उपचार खोज्ने क्रममा २०६८ जेठ २७ बाट आफूले नियुक्ति लिएको तथा चार वर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा अपिल गरेका हुन । लगातार ३५ महिनासम्म शान्तपूर्वक विकासपथमा लागेको खेलकुदमा क्रमभंगता गर्नुभएको छ । उहाँ जति अराजक भए पनि हुनुुस, त्यसमा मलाई मतलब छैन । मलाई त खेलकुदसँगमात्र मतलब छ,’ अदालत जानुअघि लामाले आफ्नो ३५ महिने कार्यकाल अत्यन्तै सफल भएको दावीका साथ भने, ‘मन्त्रीज्युको गैह्रकानुनी पत्रविरुद्ध हामीसँग अदालत जानुको विकल्प छैन । नेपालको न्यायालयले जहिले पनि राजनीतिक अराजकताको विपक्षमा निर्णय दिएको छ । हाम्रो टोलीलाई न्यायालयमा पूरा विश्वास छ ।’
लामाले मन्त्री पुरुषोत्तम पौडेलले राजनीतिक रुपमा एकपक्षीय ढंगले खेलकुद चलाउन खोजेको आरोप लगाउँदै त्यो सम्भव नहुने चेतावनी दिए । ‘मन्त्रीज्युले यसरी खेलकुद चलाउन सक्नुहुन्न । हामी चलाउन दिन्नौं,’ पत्रकार सम्मेलनमा लामाले भने, ‘खेलकुद चलाउन एकताको भावना विकास गर्नुपर्छ । खेलकुदको भावना हुनुपर्छ । मन्त्रीज्युसँग त्यो छैन ।’
मन्त्री पौडेलले आफू आउनेवित्तिकै पौडी पोखरी बन्द गराएको र केही दिनपछि आफ्ना दुई मानिस भर्ति गरेपछि चलाउन दिएको आरोप लामाले लगाए । एसियाली खेलकुदको सहभागिताको लङलिस्टमा अनियमितता भएको गुनासो आएपछि आफूले परिषदसँग स्विकृति लिएरमात्र सहभागिता जनाउन सुचना जारी गर्दा मन्त्रीले त्यसको काउन्टर पत्र पठाएको र शुक्रबार आफूहरुको कार्यकाल सकिएको भन्दै अर्को गैह्रकानुनी पत्र पठाएको लामाले आरोप लगाए । 
‘मैले आफ्ना वकिलसँग सल्लाह गर्दा उहाँको पत्रमा कुनै कानुनी आधार नै रहेनछ । मलाई मेरा कानुनी सल्लाहकारले मन्त्रीको चिठी च्यातेर बसे हुन्छ भनेका थिए, तर हामीलाई खेलकुदमा द्वन्द्व सिर्जना गर्नुछैन । हामी यो पत्र बुझेर कानुनी लडाईमा लाग्छौं,’ लामाले आक्रोश पोखे, ‘उहाँको पत्रको जवाफ हामी कानुनी रुपमा दिने थियौं । तर, उहाँले हामीविरुद्धको पत्र हामीलाई दिनुभन्दा दुई दिनअघि सार्वजनिक गरेर हाम्रो अपमान गर्नुभएको छ । हामी मानहानीमा पनि जान सक्छौं ।’
लामाले पत्र बुझ्ने बेला परिषद कराते खेलाडी तथा एमाओवादीका कार्यकर्ता गरी करिव दुई सयको भिडले घेरिएको थियो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाश तथा जनक बर्तौलासहित थुप्रै माओवादीको परिषदमा उपस्थिती थियो । मन्त्रालयले पत्र काटेको खवर पाएपछि शुक्रबारबाटै परिषदको गाडी चढन छोडेका लामा आइतबार पनि आफ्नो निजी कार चढेर रंगशाला आएका थिए । तर, अदालत जाने बेला भने उनी खेलाडी र माओवादीको भिडसहित जुलुसको रुपमा पैदल गए । जुलुसले मन्त्रालयविरुद्ध नारावाजी गर्दै निर्णय फिर्ता लिन माग गरेको थियो ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस