काठमाडौं– सरकारले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामासहित छ जनालाई बर्खास्त गरेको छ। युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सदस्य सचिव लामा सहित ६ जनालाई बर्खास्त गरिएको जानकारी दिए। नागरिकन्युजसँग कुरा गर्दै मन्त्री पौडेलले भने, 'लामा सहित ६ जनालाई बर्खास्त गरिएको हो।'परिषदको कामु सदस्य सचिवमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुणामणि पौडेललाई नियुक्त गरिएको छ।
बर्खास्तमा पर्नेहरुमा सदस्य सचिव लामा, सदस्यहरु इन्द्रबहादुर थिङ, मुकुन्द पहरी, नम्बर शेर्पा, पहलसिंह घर्ती र कुसुम श्रेष्ठ छन्।
बर्खास्तगी गैरकानुनी भएको प्रतिक्रिया लामाले दिएका छन्। 'यो गैरकानुनी निर्णय हो', नागरिकन्युजसँग उनले भने- 'हामी कानुनी कदम चाल्छौं।'