काठमाडौं— ब्याटिङ लाइन जम्न नसक्दा एसिसी प्रिमियर लिगमा नेपाल ओमानद्वारा पराजित भएको छ। आइतबार क्वालालम्पुरको सेलाङ्गर टर्फ क्लबमा भएको खेलमा ओमानले नेपाललाई २ विकेटले पराजित गरेको हो।टस हारेर ब्याटिङको निम्तफ पाएको नेपाल ४५ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको थियो। १५८ रनको विजय लक्ष्य ओमानले ४० दशमलव ५ ओभमरमा ८ विकेट गुमाउँदा पूरा गर्यो।
२ खेलमा लगातार हाँसिल गरेको उत्साहका साथ मैदानमा उत्रिएको नेपालले आइतबार ओमानविरुद्ध राम्रो सुरुवात गर्न सकेन। ओभनर सुवास खकुरेल खाता नखोली आउट भए। कप्तान पारस खड्काले एक छक्का प्रहार गरी आउट भए भने ज्ञानेन्द्र मल्लले ६ चौका प्रहार गर्दै २६ रन बटुले। नरेश बुढाऐर २३, सागर पुन २० र शरद भेषावकर १६ रनो बनाए। १५ बल खेलेका विनोद भण्डारीले १० रन बनाए।