काठमाडौं- आइसीसी डिभिजन टुको लिगचरणको अन्तिम खेलमा नेपाल केन्यासँग पराजित भएको छ। युगान्डासँग पहिलो खेलमा पराजित भएको नेपाल त्यसपछि लगातार तीन खेलमा जित हात पारेको थियो। डिभिजन एकमा पुग्न केन्यालाई हराउनैपर्ने बाध्यता नेपाललाई परेपनि ५ विकेटले पराजय ब्यहोर्नुपर्यो।
टस हारर प्रतियोगितामा पहिलोपटक सुरुवाति ब्याटिङ गरेको नेपालले १ बल अगाडि सबै विकेट गुमाएर १ सय ९५ रनको लक्ष्य केन्यासामु प्रस्तुत गरेको थियो। खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले अविजिति ९१ रनको योगदान दिए पनि बलरहरु जम्न नसक्दा नेपाल पराजित हुँदै डिभिजन २ मै सिमित हुन पुग्यो।
केन्याले ३५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पछ्याएको थियो। केन्याका लागि करिम पटेलले सर्वाधिक ७५ रन बनाए। केन्याका लागि राकेप पटेलले ५६ र एलेक्स ओबान्डाले ४५ रन बनाए।