काठमाडौं-ए डिभिजनका चार क्लबले अघिल्लो सिजनको तयारी र पुरस्कार रकम उपलब्ध नगराएसम्म अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने कुनै कार्यक्रममा भाग नलिने भएका छन्।एन्फाले डाकेको बैठकको एक दिनअघि ए डिभिजनका चार क्लबले समन्वय समिति गठन गर्दै भाग नलिने निर्णय गरेका हुन्। नयाँ सिजन २०७१ का बारेमा छलफल गर्न एन्फाले आइतबार क्लबसँग छलफल राखेको छ।
तीन विभागीय टोली (सेना, पुलिस र एपिएफ) सहित ए डिभिजनमा ११ क्लब छन्। अघिल्लो वर्षको सुरुआतमा फुटबल खेलेर क्लबको ऋण तिर्न नसकिने निष्कर्षसहित पुरानो क्लब एनआरटी ए डिभिजनबाट अलग भएको थियो।
समन्वय समितिमा फ्रेन्ड्स, मछिन्द्र, हिमालयन शेर्पा र सरस्वती क्लबका अध्यक्ष सम्मिलित छन्। एन्फाले गत सिजन दुई नकआउट प्रतियोगिता (गोर्खा कप र एनसेल कप ) र ए डिभिजन लिगको तयारीका लागि ४ लाख ५० हजारसहित एक वर्षको कम्तीमा १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो।
ए डिभिजन क्लबको हकहित र नेपाली फुटबलको विकास गर्न क्लब समन्वय समिति गठन गरेको उल्लेख गर्दै पहिलो दुई महिनाका लागि फ्रेन्ड्सका अध्यक्ष रत्नशम्शेर राणाले संयोजकत्व लिएका छन्। समितिको संयोजक प्रत्येक दुई महिनामा आलोपालो गर्ने जनाइएको छ।
‘एन्फा सिस्टममा चलेमात्र फुटबलले सही बाटो समात्छ। दुई उपाध्यक्षले आफै समितिको कार्यशैलीप्रति असहमति जनाएकोबाटै एन्फामा कति एकाधिकार छ भन्ने प्रस्ट हुन्छ,' संयोजक राणाले नागरिकसँग भने, ‘हामीले ठूला माग केही राखेका छैनौं। क्लबको समस्या नजर अन्दाज गरेर फुटबल अघि बढ्न सक्दैन भन्ने हाम्रो भनाइ हो। त्यसमा एन्फाको भूमिका कस्तो हुन्छ, त्यसअनुसार अगाडिको बाटो तय हुनेछ।' उनलेसमितिको निर्णय आइतबार एन्फालाई बुझाइने बताए। अघिल्लो दिन शुक्रबार मात्र दुई उपाध्यक्ष कर्माछिरिङ शेर्पा र विजयनारायण मानन्धरले एन्फाको कार्यशैलीप्रति असहमति पत्र दर्ता गराएका थिए।
‘क्लबका समस्या समान खालका छन्। त्यसैले संगठित रूपमा आवाज उठाउनु उपयुक्त देखिएकाले समन्वय समिति गठन गरेका हौं,' हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, ‘क्लबको सामूहिक समस्या ध्यानमा राख्दै र नेपाली फुटबलको विकासमा टेवा पुर्याउने उद्देश्यले यो प्रयास गरेका हौं।'
समितिमा अन्य क्लबको पनि सहभागिता रहनेमा उनी विश्वस्त छन्। ‘यो पहिलो चरणको प्रयास हो। अन्य क्लबलाई पनि समितिमा बस्न आमन्त्रण गर्नेछौं,' शेर्पाले भने, ‘त्यसो गर्न सके क्लबहरू थप मजबुद हुनेछन् र हरेक काममा संयुक्त पहल गर्न सहज हुनेछ।'
लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष जाम्लिङ घलेले समितिको गतिविधि हेरेरमात्र अघि बढ्ने बताए। ‘राम्रो कुरा हो भने साथ रहन्छ। व्यक्तिगत स्वार्थका लागि भने सहयोग गर्न सकिन्न,' उनले भने, ‘क्लबको हितमा हो भने हाम्रो मात्र होइन सबैको साथ रहनुपर्छ।' उनले लिगको पुरस्कार राशिमा एन्फाबाट आधा पाउन बाँकी रहेको जानकारी दिए। लिग विजेतालाई ७५ लाख रुपैयाँको पुरस्कार रकम थियो। फ्रेन्ड्सका अध्यक्ष राणाले लिगका क्रममा एन्फाविरुद्ध मुद्दा दायर गरेपछि कत्ति पनि रकम नपाएको गुनासो गरे। ‘सुरुमा केही रकम लिएका छौं। मुद्दापछि हामीले तयारी र पुरस्कार कुनै पैसा पाएका छैनौं,' उनले भने। सबै क्लबलाई गरी एन्फाले लिगको झन्डै करोड रुपैयाँ दिन बाँकी रहेको बुझिएको छ।
एन्फाका प्रवक्ता ललितकृष्ण श्रेष्ठले क्लब समन्वय समिति गठनको औपचारिक जानकारी नआएको जनाउँदै क्लबहरूको केही रकम दिन बाँकी रहेको बताए। ‘तयारी र गेटमनीको गरी १० लाख रुपैयाँ भनेको त्यो लगभग गइसकेको छ। पुरस्कारको केही रकम बाँकी छ,' उनले भने, ‘अघिल्ला वर्षहरूमा जसरी किस्ताबन्दीमा दिइथ्यो त्यसरी नै दिइरहेका छौं।'
समितिले यस वर्षको लिगको विषयमा विस्तृत प्रस्ताव तयार गरी १५ दिनभित्र पेश गर्न सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीलाई जिम्मेवारी दिएको छ। संयोजक राणाले भने, ‘एन्फासँग छलफल गर्दा क्लबहरूको संयुक्त प्रस्ताव हुँदा सजिलो होस् भन्नका लागि छुट्टै प्रस्ताव तयार गर्न लागेका हौं।' एन्फाका सहायक महासचिवसमेत रहेका राणाले लिग चल्दै गर्दा फागुनमा पदबाट राजीनामा दिएका थिए।
ए डिभिजन लिग फुटबल क्लबको मेरुदण्ड हुनाका बाबजुद क्लबको आर्थिक स्रोत नहुँदा कठिनाइ भएको उल्लेख गर्दै समितिले क्लबको संरक्षण र बजेटका लागि सरकारी निकायसँग माग गर्ने निर्णय गरेको छ।
त्यस्तै एन्फाले डाक्ने बैठकअघि नै छलफलको विषयवस्तु उपलब्ध गराउनुपर्ने माग राखेको समितिले आफ्नो कदममा अन्य क्लबको सहयोग रहने उपेक्षा गरेको छ।