काठमाडौं-तोरणविक्रम शाहीले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि हात पारेका छन्। आज चौथो दिन गोकर्ण गल्फ क्लवमा भएको फाइनल खेलमा नेपाल नम्बर एक व्यावसायिक खेलाडी शिवराम श्रेष्ठलाई पछि पार्दै उनले उपाधि जितेका हुन्।
विजय व्यावसायिक खेलाडीले ९५ हजार नगद पुरस्कार पाउने छन्। कुल ५ लाख १४ हजार रुपैयाँ पुरस्कारको प्रतियोगिता उपविजेताले ६० हजार तथा तेस्रोले ४४ हजार पाउने छन्। कटमा सफलता पाउने सबै २१ व्यावसायिक खेलाडी नगद पुरस्कार पाएका छन्।