काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेको अनुबन्धन अवधि एक वर्षका लागि नवीकरण गरेको छ। क्यानको सोमबार बसेको कार्यसम्पादन बैठकले यस्तो निर्णय गरेको हो।नयाँ सम्झौतामा दासानायकेको सुबिधाहरू बढाइने भएको क्यान अध्यक्ष टंक आङबुहाङले बताए। २०११ को अक्टोबरदेखि नेपाली टोली सम्हालिरहेका दासानायकेले प्रतिमहिना ५ हजार डलर तथा खाना, बस्न अन्य सुबिधा पाउँदै आएका थिए।
नयाँ सम्झौतामा कति सुबिधा थपिएको आङबुहाङले खुलाउन चाहेनन्। ‘थपिएको सबै सुबिधाहरूमा दासानायकेले पनि सहमति जनाएका छन,’ अध्यक्ष आङबुहाङले भने, ‘अहिलेलाई एक वर्षका लागि नवीकरण गरेका हौं, यसलाई अझ थप्नु खासै ठूलो विषय होइन। अझै चार-पाँच वर्ष उनी नेपालमै रहन सक्छन्।’
आङबुहाङले सोमबारको बैठकमा क्यानमा प्रमूख कार्यकारी अधिकृत (सिइओ) र अडिटर नियुक्ति गर्ने, आइसिसी र एसिसीको निर्देशनअनुसारका अन्य कार्यक्रम गर्ने, एनसेल एनपिएल, घरेलु क्रिकेटको संरचना परिवर्तन गर्ने लगायतका विषयमा पनि छलफल भएको जानकारी गराए।
‘प्राविधिक विषयमा बुधबार बस्ने अर्को बैठकले टुंगो लगाउनेछ। आज सैद्दान्तिक रूपमा सहमति भएको छ,’ आङबुहाङले एनपिएलबारे धेरै हदसम्म निर्णय भइसकेको बताउँदै भने, ‘एनपिएलबारे ९० प्रतिशत निर्णय भइसकेको छ। अब धेरैथोकलाई आधिकारिकता दिनमात्र बाँकी छ। पर्सी हामी त्यो पनि गर्नेछौं। आउँदा दिन नेपाली क्रिकेटले परिणाममुखि धेरै कार्यक्रम ल्याउँदैछ।’
सम्झौतान नवीकरण गर्ने बारे कार्यसम्पादनको बैठकमा सबैलाई सहमति जनाएका थिए। कार्यसम्पादनमा अध्यक्ष आङबुहाङ, महासचिव अशोकनाथ प्याकुर्याल, उपाध्यक्षद्वय श्रीनिवास राणा र केशव घिमिरे, कोषाध्यक्ष राजुबाबु श्रेष्ठ, सहसचिव ठाकुरप्रसाद पहाडी र सदस्य दीपक साउद थिए। कार्यसम्पादनको सर्वसम्मतपछि दोस्रो चरणको बैठकमा दासानायकेलाई राखेर वार्ता गरिएको थियो।
दासानायकेको कार्यकालमा डिभिजन ४ मा रहेको नेपालले डिभिजन ४ र ३ जित्दै २ मा उक्लिएको थियो। त्यस्तै नोभेम्बरमा विश्व ट्वान्टी २० छनोटमा नेपाललाई तेस्रो बनाई ट्वान्टी २० विश्वकपमा ओरालेका थिए। शुक्रबार नेपालले विश्व ट्वान्टी २० मा आफ्नो अन्तिम खेल खेल्दै समूह चरणमा बंगलादेशभन्दा रन रेटमा मात्र पछाडी रहेको थियो।
६ महिनाका लागि आएका दासानायकेको त्यसपछि १ वर्षका लागि नवीकरण गरिएको थियो। गत वर्ष एसिसी ट्वान्टी २० कपपछि दोस्रो पटक दासानायकेको करार अवधि थपिएको थियो। नेपाल पहिलो पटक एसिसी ट्वान्टी २० कपको फाइनलमा पुगेपछि दासानायकेको अवधि थपिएको थियो।