ढाका– इङल्यान्डका कप्तान स्टुआर्ट ब्रोडले शनिबार ट्वान्टी–२० विश्वकपमा न्युजिल्यान्डसँग पराजय भोगेको खेलमा अम्पायरहरुले खेलाडीको सुरक्षामा ध्यान नदिएको आरोप लगाएका छन्। इङल्यान्डले ६ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो। जवाफमा न्युजिल्यान्डले मेघगर्जनसहित भारी वर्षा हुनुअघि ५.२ ओभरमा एक विकेट गुमाएर ५२ रन बनाएको थियो। डकवर्थ लुइस पद्दतिअनुसार खेल न्युजिल्यान्डले ९ रनको अन्तरमा जित्यो।
'क्रिकेट भनेको एउटा सभ्य खेल हो। यहाँ खेलाडीको सुरक्षा खतरामा पार्न पाइदैन,' ब्रोडले भने, 'मेघगर्जन हुँदा ब्याट्सम्यानको आँखामा तेजिलो प्रकाश परेपछि पहिल्यै खेल रोकिनुपर्थ्यो।'
न्युजिल्यान्डका कप्तान ब्रेन्डन म्याककलमले मेघगर्जनका कारण चौथो ओभरको चौथो बलमा बलिङ गरिरहेका ब्रोडलाई केहीबेर रोकेका थिए। मेघगर्जन र वर्षाले खेल रोकिने सम्भावना भएको बेला खेललाई निर्णय दिन कम्तिमा पाँच ओभर खेल सम्पन्न हुनुपर्ने बुझेका म्याककलमले पाँचौं ओभरको अन्तिम बलमा छक्का प्रहार गरेका थिए। त्यसपछि दुई बलमात्र खेल भएपछि अम्पायरहरुले वर्षाका कारण खेल स्थगित गरे। २५ मिनेट रोक्दा पनि वर्षा र मेघगर्जन नरोकिएपछि खेल रद्द गरी डकवर्थ लुइसमा विजेता घोषणा गरियो।
पहिलो पटक मेघगर्जन हुनेवित्तिकै खेल रोक्नुपर्ने विचार राख्ने ब्रोड त्यसपछि पनि खेल सुचारु गराएको निर्णयमा ब्रोडले आलोचना गरे। 'हामीले खेल हार्यौं । यो फरक विषय हो। तर, मेरो विचारमा ४.१ ओभरमै खेल रोक्नु पर्थ्यो। यो अंगुर अमिलो भएको होइन। मेघगर्जन हुन थालेपछि खेलाडीलाई मैदानमा बसिरहनु सुरक्षित थिएन। आइसिसीले खेलाडी, समर्थक, अधिकारी सबैको सुरक्षामा ध्यान दिनुपर्छ,' उनले भने, 'अम्पायरहरुले सुरुको मेघगर्जन थाहा पाइन भनेका छन्। जवकि मैले आफै उनीहरुलाई खेल रोक्न अनुरोध गरेको थिएँ।'
ब्रोडले खेलाडी सुरक्षाको विषय उठाए पनि न्युजिल्यान्डका सिमर काइल मिल्सले भने इङल्यान्ड हारेको प्रतिक्रियास्वरुप ब्रोडको प्रतिक्रिया आएको आरोप लगाएका छन्। 'मेरो विचारमा टोली हारेको निराशा उनले यसरी पोखेका हुन। इङल्यान्ड हाम्रो अवस्थामा भएको भए सायद उनले सुरक्षाको विषय विर्सन्थे होलान,' मिल्सले भने, 'क्रिकेटमा कुनै खेल जितिन्छ, कुनै हारिन्छ। अम्पायरहरुले आफ्नो क्षमताले भ्याएसम्म खेललाई निस्पक्ष र भयरहित बनाउन प्रयास गर्छन।'
हालै मात्र अस्ट्रेलिया र वेस्ट इन्डिजविरुद्धका शृंखलामा पराजय भोगेर विश्वकपका लागि बंगलादेश आएको इङल्यान्ड ट्वान्टी–२० विश्वकपको पहिलो खेलमै पराजित भएपछि चरम दबावमा परेको छ। टोलीले प्रतियोगिताको दोस्रो खेलमा बिहीबार श्रीलंकासँग खेल्नेछ।