पोखरा-आहा–रारा गोल्डकप फुबटल प्रतियोगिताको १२औं संस्करणका लागि शनिबार पोखरा रंगशालामा सहिद स्मारक ‘ए' डिभिजन च्याम्पियन लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी र आयोजक सहारा क्लबबीच प्रतिस्पर्धा हुँदैछ।मनाङ यो संस्करण जितेर आहा–रारामा उपाधि संख्या ४ पुर्याडउने अभियानमा रहँदा अघिल्लोपटक उपविजेतामै चित्त बुझाएको सहारा इतिहास कोर्ने दाउमा छ।
दुवै टोलीका प्रशिक्षकले उपाधि जित्ने दाउ रहेको बताए। सहाराका प्रशिक्षक किरण श्रेष्ठले विपक्षी टोलीको ‘स्ट्यान्डर्ड' हेरेरै खेल्ने बताए। ‘विपक्षी टिम हेरेर रणनीति बनाउँछौ। अहिलेसम्म अर्काे टोलीलाई खेल्नै नदिएर जित्दै आएका छांै। फाइनलमा पनि त्यही हुनेछ,' उनले भने।
मनाङ कमजोर नरहेको भन्दै उनले विपक्षीलाई खुलेर खेल्नै नदिने बताए। ‘यो संस्करणमा सहारासँग खेलेका कुनै पनि टोलीले खुलेर खेल्न सकेका छैनन्,' उनले भने, ‘मनाङसँग पनि त्यही रणनीति हुनेछ। त्यसले उसलाई असहज हुनेछ।'
सहाराले विभिन्न ए डिभिजन क्लबबाट खेलाडी जम्मा गरेर टिम बनाएकाले तालमेल मिल्न समय लागेको उनको भनाइ थियो। गत वर्ष पहिलोपल्ट फाइनलमा पुगेर सहाराले इतिहास रचेको र यसपालि उपाधि जितेर अर्को इतिहास बनाउने श्रेष्ठको दाबी थियो।
सहाराका कप्तान विष्णु केसीले जित्नैपर्ने दबाबका साथ मैदान उत्रने बताए। ‘सतप्रतिसत मिहिनेत गर्छाैं। त्यसले पक्का राम्रो नतिजा निस्कन्छ,' उनले भने।
यता मनाङका प्रशिक्षक हरिओम श्रेष्ठले निर्धारित समयभित्रै जित्ने गरी मैदान उत्रने बताए। ‘यसपटक उपाधि हात पार्नेमा विश्वस्त छु,' उनले भने, ‘त्यसैअनुसार खेलाडीले मिहिनेत गर्नेछन्।'
मनाङका कार्यबाहक कप्तान अनिल गुरुङले टोलीसँग सेट टिम भएकाले विजय पाउनेमा ढुक्क भएको बताए। ‘हामी रिजल्टका लागि खेल्दैछौं। क्लबले हामीलाई केही गरेकाले रिजल्ट पनि क्लबकै पक्षमा आउनेछ,' उनले भने, ‘सहाराको टिम पनि कमजोर छैन। तर हामी राम्रो खेल्नेछौं।'
भर्खरै काठमाडौंमा लिग जितेर आएकाले आफूहरूसँग उच्च मनोबल रहेको उनले बताए। ‘लिग विजेता हुँदा हाम्रोको मनोबल निकै बढेको छ। पर्याप्त प्रशिक्षण पनि छ,' उनले भने, ‘त्यसैले फाइनल राम्रो हुनेछ। हामीले पनि आक्रामक खेल खेल्नेछौं।'