'एनओसी विवाद अन्त्य चुवावमात्रै'
१२ फागुन २०७०
•
५ मिनेट पाठ
'एनओसी विवाद अन्त्य चुवावमात्रै'
काठमाडौं- राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव युवराज लामाले नेपाल ओलम्पिक कमिटी (एनओसी) को प्रजातान्त्रिक चुनाव भएपछि मात्र विवाद अन्त्य हुने बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान) को पद्दति विकासका लागि नेपाल आएका एसियाली क्रिकेट परिषद् (एसिसी) का विकास निर्देशक वान्दुला वार्नापुरा, एसिसी प्रतिनिधि गणेश सुन्दरमूर्ति, अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) का प्रतिनिधि अमर शेष र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) का निर्देशक हैदर फरमानसँग सोमबार दुई घन्टाभन्दा लामो छलफलका क्रममा लामाले एनओसी निर्वाचनको प्रसंग कोट्याएका हुन्।लामो समयदेखि 'एनओसी विवाद' मा प्रत्यक्ष रूपमा संलग्न फरमानको चासोमा लामाले स्वच्छ निर्वाचनले दीर्घकालीन समाधान दिने बताएको राखेप स्रोतले जानकारी गराएको छ। 'फरमानले अनौपचारिक रूपमा एनओसी विवाद सुल्झाउने उपाय सोध्दा सदस्यसचिवले निर्वाचन एकमात्र विकल्प भएको जवाफ दिनुभयो। फरमान त्यसमा सकारात्मक हुनुभएको छ,' स्रोतले भन्यो।
सोमबार बेलुकी नै दरबारमार्गस्थित रेड कार्पेट रेस्टुरेन्टमा राखेप सदस्यसचिव लामा र एनओसीका अध्यक्ष ध्रुवबहादुर प्रधानसहित विभिन्न राष्ट्रिय संघका पदाधिकारीहरूले अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलसँग नेपाली खेलकुदको समसामयिक विषयमा कुराकानी गरेका थिए। राती अबेरसम्म चलेको अनौपचारिक कुराकानी खासगरी एनओसी विवादमै केन्द्रित थियो। 
रेड कार्पेटको भेटघाटमा क्यानका उपाध्यक्षद्वय टिबी शाह र श्रीनिवास राणा, महासचिव अशोकनाथ प्याकुरेल तथा सदस्यद्वय पूर्ण लामा र सञ्जिव पाण्डे, एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ, बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठ, जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, पौडी संघका अशोक बज्राचार्य, ट्रायथोलन संघका गणेशमान पुन, क्यानोइङ संघका मनबहादुर न्यौपाने र ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठलगायत उपस्थित थिए। मंगलबार बिहान एनओसी विवाद तथा अन्य समसामयिक विषयमा राखेप, एनओसी र संघका प्रतिनिधिहरूले अन्तर्राष्ट्रिय प्रतिनिधिसँग औपचारिक छलफल गर्नेछन्।
क्यानलाई चेतावनी
अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले नेपालको क्रिकेट पद्दतिबिना चलेको बताउँदै १५ दिनभित्र सही पद्दति विकासको अल्टिमेटम दिएका थिए। पद्दति विकासका लागि व्यावसायिक प्रमुख कार्यकारी अधिकृत र व्यावसायिक निर्देशक नियुक्त गर्नुपर्ने तथा व्यवस्थित अडिट गर्नुपर्ने सुझाए। 
सोमबार त्रिपुरेश्वरस्थित परिषद्को कार्यालयमा ओसिए, एसिसी र आइओसीका प्रतिनिधिसँग सदस्यसचिव लामा तथा क्यानका उपाध्यक्षद्वय शाह र राणा, महासचिव प्याकुरेल तथा सदस्यद्वय लामा र पाण्डेले कुराकानी गरेका थिए।
'उहाँहरूले सदस्यसचिवको रोहवरमा भएको बैठकमा १५ दिनभित्र ती सबैथोक पूरा नगरे सहयोग रोक्का गर्ने चेतावनी दिनुभएको छ,' बैठकका सहभागी एक क्यान प्रतिनिधिले भने, 'उहाँहरू नेपाली क्रिकेटको व्यवस्थापनको विषयलाई व्यवस्थित गर्न आउनुभएको हो। हाम्रा धेरै कमजोरी थिए, त्यसैले हामीले उहाँहरूको सर्तअनुसार सबै काम समयमै गर्ने प्रतिबद्धता जनाएका छौं।' 
क्यानका अध्यक्ष टंक आङबुहाङ भने सोमबार बैठकमा थिएनन्।


अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस