रोकियो मनाङको गति
१६ माघ २०७०
•
७ मिनेट पाठ
रोकियो मनाङको गति
काठमाडौं– लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीलाई सहिद स्मारक ए डिभिजन लिगमा ५ अंकको स्पष्ट अग्रता लिनबाट बिहीबार नेपाल पुलिस क्लबले रोकेको छ। मनाङ पुलिससँग १–१ को बराबरीमा रोकिएपछि लिगको उपाधि दौड पुनः खुला भएको छ।




दशरथ रंगशालामा अर्को खेलमा सिमि्रक सरस्वतीलाई २–१ को नतिजा सुम्पेपछि ब्वाइज युनियनको रेलिगेसन खतरा चुलिएको छ। जितपछि सरस्वती रेलिगेसनबाट उम्कियो। अब सामसुङ जावलाखेल युथ, ब्वाइज युनियन र आरसिटीमध्ये दुई टोली रेलिगेसनमा पर्नेछन्। तीनमध्ये जावलाखेल रेलिगेसनबाट जोगिने सम्भावना बढी छ। १० खेलमा ब्वाइज र आरसिटीको समान ४ अंक छ भने एक खेल कम खेलको जावलाखेलको १० अंक छ। बाँकी तीन खेलमा १ अंकमात्र जोड्न सके जावलाखेलको ए डिभिजन हैसियत यथावत रहने छ। जावलाखेलले शुक्रबार यती हिमालयन शेर्पालाई हराए वा बराबरी गरे अन्तिम दुई खेलअघि नै ब्वाइज युनियन र आरसिटी …बी' डिभिजनमा घटुवा हुने छन्। पराजित भए पनि जावलाखेलसँग विकल्प बाँकी रहनेछ। ब्वाइज र आरसिटीले भने बाँकी दुई खेल जितेर मात्र पुग्ने छैन। जावलाखेलको नतिजामा भर पर्नुपर्नेछ। 
पहिलो चरणको अन्त्यतिर आइपुग्दा उपाधि दौड रोचक बन्दै गएको छ। समान १० खेलमा मनाङ (२३) र थ्री स्टार (२०) बीचको अंक अन्तर ३ मात्र छ। एक खेल कम खेलेको तेस्रो स्थानको एपिएफले शुक्रबार सिएमजी क्लब संकटालाई हराए थ्री स्टारसँग अंक बराबरी गर्नेछ। १० खेलमा पुलिसको र ११ खेलमा मछिन्द्रको समान १६ अंक छ। गोलमा मछिन्द्र चौथो र पुलिस पाँचौं स्थानमा छन्। 
पुलिससँग सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन मनाङ असफल रह्यो। प्रशिक्षक हरिओम श्रेष्ठले टोली स्वाभाविक प्रदर्शन गर्नबाट चुकेको बताए। 'स्वाभाविक प्रदर्शन गर्न सकेनौं। पुलिसले सोचेभन्दा धेरै राम्रो खेल्यो,' श्रेष्ठले भने, …यसले उपाधि दौडमा असर गर्छ।'
दीपक राईले ३१औं मिनेटमा गोल गरेर मनाङलाई अघि बढाए। सुजल श्रेष्ठको पासमा पेनाल्टी बक्सभित्र हुलमुलबीचबाट दीपकले गोल गरेका थिए। दोस्रो हाफमा पुलिस भरत शाहको गोलमार्फत खेलमा फर्कियो। ६८औं मिनेटमा भोला सिलवालको फ्रिकिकमा भरतले फ्िलक हेड गर्दै पोस्टको दिशा दिए। दुवै टोलीले थप केही अवसर खेर फाल्दा बराबरीमा चित्त बुझाए। मनाङका अनिल गुरुङले १४औं मिनेटमा वान भर्सेस वानमा प्रहार गरेको बल पुलिसका गोलकिपर रितेश थापाले रोके भने ४२औं मिनेटमा अजिद सहिद क्रसमा अनिलको हेड पोस्ट नजिकबाट बाहिरियो। अनिलको क्रस सुजलले भेट्टाउन नसक्दा दोस्रोपटक अग्रता लिने मौका ८६औं मिनेटमा गुमायो। 
पुलिसका लागि ११औं मिनेटमा गणेश खड्काको फ्रिकिक क्रसबारको थोरै माथिबाट बाहिरियो। ८४औं मिनेटमा भोलाको कर्नरमा रमेश कटुवालको प्रहार विशाल राईले गोललाइनबाट क्लियर गरेर मनाङको संकट टारे। खेल सकिन एक मिनेट बाँकी हुँदा भोलाको पासमा गणेशको हेड पोस्ट नजिकबाट गयो। 
पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले बराबरीले उपाधि प्रतिस्पर्धामा फर्कने आशामा धक्का लागेको बताए। 'यो महत्वपूर्ण खेल थियो। यसमा जितेको भए सुपर सिक्समा पुग्दा उपाधिका लागि भिड्न सकिन्थ्यो,' श्रेष्ठले भने, 'तर त्यस्तो भएन।' उनले मनाङ स्वाभाविक प्रदर्शनबाट चुकेको बताए। 
मनाङका प्रशिक्षक श्रेष्ठले उपाधिको मुख्य प्रतिस्पर्धी थ्री स्टार भएको दोहोर्‍याउँदै भने, 'थ्री स्टारसँग खेल्न बाँकी छ। त्यो खेल जित्न सके उपाधि जित्ने सम्भावना बढी छ।'
अर्को खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा ब्वाइज युनियन चार वर्षमा दोस्रो पटक रेलिगेसन निकट पुगेको छ। सातौं मिनेटमा कप्तान प्रेम घिमिरेको गोलबाट ब्वाइज युनियनले अघि बढ्यो। विपक्षी खेलाडीले राम्ररी क्लियर गर्न नसकेको बल भेट्टाएका प्रेमले झन्डै २० यार्डबाट शानदार गोल गरे। बराबरीलाई पटक पटक प्रयास गर्दा सरस्वतीलाई सफलता ६१औं मिनेटमा मिल्यो। पियुस हेनरी किसमवालले फ्रिकिकमा बराबरी गोल गरे। त्यसअघि पियुसका दुई आक्रमण खेर गएका थिए। निर्धारित समय सकिन दुई मिनेट बाँकीमा टंकु लामाले निर्णायक गोल गरे। पियुसले दिएको पास राजकुमार घिसिङले पेनाल्टी बक्समा मिलाइदिएपछि टंकुले सहजै गोल गरे। त्यो जितले सरस्वती १३ अंकसहित सातौं स्थानमा उक्लेको छ। 
टिममा अझै तालमेल मिलि नसकेको दोहोर्याकउँदै सरस्वतीका प्रशिक्षक अशोक केसीले भने, 'सुपर सिक्स पुग्ने आशा बाँकी छ। बाँकी खेलमा त्यसकै लागि प्रयास गर्नेछौं।' सरस्वतीको दुई खेल बाँकी छ।
रेलिगेसनमा पर्ने लगभग पक्का भएपछि ब्वाइज युनियनका प्रशिक्षक विजय महर्जनले भने, 'फुटबल टिमवर्क हो। यसमा खेलाडी, प्रशिक्षक र व्यवस्थापन सबै मिल्न आवश्यक छ। हाम्रोमा त्यही कमी रह्यो।' ब्वाइज युनियनले गत वर्ष मात्र ए डिभिजनमा पुनरागमन गरेको हो। 
लिगमा शुक्रबार 
हिमालयनविरुद्ध जावलाखेल
संकटाविरुद्ध एपिएफ
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
९ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस