काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा आइतबारका दुई नतिजाले शीर्ष स्थानको लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीलाई फाइदा पुगेको छ। दोस्रो स्थानको लक्ष्मी बैंक थ्री स्टार र नेपाल पुलिस क्लबले छुट्टाछुट्टै खेलमा बराबरी खेलपछि मनाङलाई प्रत्यक्ष फाइदा पुगेको छ।
दशरथ रंगशालमा थ्री स्टारलाई एनएमबी मछिन्द्र क्लबले २–२ को बराबरीमा रोक्नुअघि पुलिस र एनआइबिएल फ्रेन्ड्सले त्यही अन्तरको बराबरी खेल्दै अंक बाँडे। १–० ले पछि परेको खेललाई बराबरीमा ल्याउन सफल भएको थ्री स्टारले अग्रता भने जोगाउन सकेन। बराबरीपछि थ्री स्टारको १७ अंक छ। शीर्षस्थानको मनाङको १९ अंक छ। मछिन्द्र पुलिसलाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ। समान १५ अंक भएपनि गोलअन्तरमा पुलिस चौथो स्थानमा झरेको छ। फ्रेन्ड्स (१२) छैटौं स्थानमा उक्लेको छ।
बराबरीमा मछिन्द्रका कर्ण लिम्बु र थ्री स्टारका अफ्रिकी मुलका डोडोज लियोन्सलेे २–२ गोल गरे। विशाल राईको पासमा गोल गर्दै कर्णले १४ औं मिनेटमा अग्रता दिलाएका थिए। ५६ औं मिनेटमा बराबरी गोल फर्काएका डोडोजले ७१ औं मिनेटमा अर्को गोल थपेपछि थ्री स्टार छैटौं जिततर्फ अग्रसर भएको थियो। तर, कर्णले खेल सकिनु पाँच मिनेटअघि गोल फर्काउँदै टोलीको सम्भावित हारलाई रोके। त्यो सँगै जारी लिगमा कर्ण सर्वाधिक गोलकर्ता भएका छन्। उनको गोलसंख्या ७ पुगेको छ। थ्री स्टारका डोडोज, सन्तोष साहुखल र मनाङका दीपक राईको नाममा ५–५ गोल छ।
बराबरीमा थ्री स्टारका प्रशिक्षक अन्जन केसी निराश थिए। उनले भने,' अब उपाधिका लागि अन्य टोलीको नतिजामा भर पर्नुपर्ने भयो।'
फ्रेन्ड्सले इन्जुरी समयमा गोल फर्काउँदै पुलिसलाई जितबाट रोक्यो। फ्रेन्ड्सका लागि दुवै गोल मार्टिन कायोडेले गोल गरे।
पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले सिनियर खेलाडीले अनुभवको उपयोग गर्न नसकेको गुनासो गरे।
पुलिसले दुई पटकको अग्रतालाई जोगाउन सकेन। २९ औं मिनेटमा भरत शाहको गोलबाट पुलिसले अग्रता लिए पनि मध्यान्तर हुन चार मिनेट बाँकी रहँदा मार्टिनले बराबरी गोल फर्काए। भोला सिलवालले ८६ औं मिनेटमा गोल गर्दै पुलिसलाई जितको आशा दिलाएका थिए। तर, मार्टिनले इन्जुरी समयको दोस्रो मिनेटमा अर्को बराबरी गोल फर्काए।
लिगमा सोमबार
आरसिटीविरुद्ध आर्मी
सरस्वतीविरुद्ध मनाङ