काठमाडौं– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबलाई त्रिभुवन आर्मी क्लबले बराबरीमा रोकेको छ।
मनाङले खेलको चौथो मिनेटमै आत्मघाती गोल झेल्नु पर्योत। खेलको ७३ औं मिनेटमा दीपक राईले गोल गरेपछि मनाङले खेल १–१ को बराबरीमा टुंग्यायो।
बिहीबारै भएको पहिलो खेलमा मच्छिन्द्र क्लबले ब्वाइज युनियनलाई १ का विरुद्ध ३ गोलले पराजित गर्यो।