दुबई— ६ पटक यु–१९ विश्वकप खेलेको र केही पटक टेस्ट राष्ट्रका टोलीसमेत पराजित गरेको गर्विलो इतिहास भए पनि नेपाली टोली एसीसी यु–१९ एसिया कपमा भने लगातार दोस्रोपल्ट समूह चरणबाटै बाहिर हुने पक्का भइसकेको छ।सन् २०१२ मा मलेसियामा सम्पन्न प्रतियोगितामा पनि सुरुआती दुई खेलमा पाकिस्तान र भारतसँग पराजय भोगेपछि बाहिरिएको नेपाल प्रतियोगिताको दोस्रो संस्करणमा पनि तिनै दुई क्रिकेट शक्तिसँग पराजित भयो ।
पहिलो संस्करणको अन्तिम खेलमा आयोजक मलेसियालाई पराजित गरेर साख जोगाएको नेपाल जारी संस्करणमा पनि घरेलु टोली संयुक्त अरब इमिरेट्स युएई) सँग त्यही उद्देश्यसहित मैदानमा उत्रनेछ ।
उमेर समूहमा चम्किलो विगतको साख कायम राख्न नेपाल मंगलबार शारजहाँ मैदानमा सान्त्वना जित निकाल्न चाहन्छ ।
'हामीलाई यो खेलमा जित अति आवश्यक छ । पहिलो दुई खेलमा हामीले ठूला टोलीसँग खेल्यौं । पाकिस्तान र भारतसँगको खेलबाट धेरै सिक्ने मौका पायौं,' नेपाली टोली प्रशिक्षक जंगबहादुर थापाले भने, 'हामी सकारात्मक सोच लिएर मैदान उत्रिने छौं ।'
युएईले प्रतियोतिगाका लागि लामो समयदेखि राम्रो तयारी गरेको कारण अन्तिम खेल पनि नेपालका लागि सजिलो नरहेको भने थापाले राम्ररी बुझेका छन् । 'उनीहरूले यहाँ डेढ महिनादेखि धेरै बलिया टोलीसँग थुप्रै अभ्यास खेलेका रहेछन् । पाकिस्तान र इङल्यान्डसँग पनि खेलेका छन् । इङल्यान्डलाई त हराएका रहेछन् । युएई टोलीमा भारतीय र पाकिस्तानी खेलाडी भएको सुनेको छु । त्यसैले हाम्रा लागि युएई पनि सजिलो विपक्षी होइन,' उनी भन्छन् ।
कप्तान भुवन कार्की सुरुका दुई खेलबाट आत्मविश्वास बढेको बताउँदै युएईलाई हराउनेमा ढुक्क छन् । 'हामीलाई तेज बल खेल्न सक्दैन भन्ने आरोप थियो । हामीमा कमजोरी पनि थियो । तर, हामीले पाकिस्तान र भारतजस्ता टेस्ट खेल्ने देशका तीब्र गतिका बलरसँग राम्ररी खेल्यौं । यो सकारात्मक पाटो हो,' भुवनले भने, 'पूरा सकारात्मक सोचसाथ खेल्न सकेको भए हामीले सुरुका दुवै खेलमा अझ राम्रो गर्न सक्थ्यौं । तर, ती खेलले हाम्रो आत्मविश्वास बढाएको छ । युएईलाई हराउनेमा हामी सतप्रतिसत विश्वस्त छौं ।'
भावी राष्ट्रिय टोलीका रूपमा हेरिएको युवा टोलीको प्रदर्शनबाट सन्तुष्ट हुनुपर्ने थुप्रै ठाउँ रहेको कार्कीको दाबी थियो । सुरुका दुई खेलमा स्पिनरहरू सोचेजस्तो चल्न नसके पनि प्रदर्शन राम्रो भएको उनले बताए । 'भारत र पाकिस्तानको नाम सुनेरै हामी रक्षात्मक भयौं । अन्यथा हामीले राम्रो गरेका थियौं । हामीजस्ता जुनियर खेलाडीमा यसले धेरै शिक्षा मिलेको छ, जुन भविष्यलाई काम लाग्छ,' उनले भने ।
राष्ट्रिय टोलीमा परेका सोमपाल कामी र बन्द प्रशिक्षणक्रम घाइते सुशील कँडेलको साथ नपाउँदा नेपाली युवा टोलीको आक्रमण धार कमजोर बनेको थियो । यी दुईको सट्टा अन्तिम अवस्थामा सुसन भारी र राहुलप्रताप सिंहलाई टोलीमा समेटिएको थियो ।
उमेर समूहमा नेपाली क्रिकेटको विगतमा शान थियो । उमेर समूहमा युएईसँग कहिल्यै नहारेको नेपालले गत वर्ष अरबी प्रतिद्वन्द्वीसँग पहिलो पराजय बेहो¥यो । मलेसियामा सम्पन्न एसिसी यु–१९ एलिट कपको सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपाल युवा विश्वकप खेल्ने मौकाबाट चुकेको हो । सोही प्रतियोगितको सेमिफाइनल पुगेवापत नेपाल यु–१९ एसिया कपलाई छानिएको थियो ।
उमेर समूहमा नेपाल ओरालो लाग्दा युएईले ठीक विपरीत राम्रो प्रदर्शन गरिरहेको छ । राष्ट्रिय टोलीले राम्रो प्रदर्शन गर्दै अगाडि बढिरहेका बेला युवा टोलीसामु साख जोगाउने राम्रो मौकाका रूपमा युएईविरुद्धको खेल आएको छ । जहाँ विजय हासिल गर्न सके नेपाल गत वर्ष भोगेको हारको बदला लिन मात्र होइन आफ्नो साख जोगाउन पनि सफल हुनेछ । किनकि पाकिस्तान र भारतसँगको हारलाई टेस्ट खेल्ने विपक्षीसँगको नतिजा मान्दै सन्तोष गर्न सकिनेछ ।