पूर्वाधार र घरेलु संरचना टड्कारो समस्या
०४ पौष २०७०
•
१० मिनेट पाठ
पूर्वाधार र घरेलु संरचना टड्कारो समस्या
काठमाडौं-चार महिनाअघि सिंगापुरमा इमर्जिङ टिम्स कप खेल्न जाँदा नेपालमा क्रिकेट अभ्यास गर्ने इन्डोर हल थिएन। इन्डोर हल नहुँदा बिनातयारी नेपाली टिम सिंगापुर पुग्यो। नतिजा– अपेक्षा गरेअनुसार मैदानमा नेपाली टिम खरो उत्रन सकेन। अन्ततः नेपाल प्रतियोगितामा अफगानिस्तानको राष्ट्रिय र भारत तथा पाकिस्तानको यु–२३ टोलीसँग पराजित भयो।

'पानी परेका बेला क्रिकेट खेल्न सम्भव छैन। केही अन्तर्राष्ट्रिय खेल नेपालमा वर्षायाम सुरु हुँदा हुने गर्छन्,' राष्ट्रिय खेलकुद परिषद्का प्रमुख क्रिकेट प्रशिक्षक जगत टमाटा भन्छन्, 'वर्षायाममा प्रतियोगितामा सहभागी हुनुअघि अभ्यास गर्ने एक मात्र ठाउँ भनेको इन्डोर हल हो। विडम्बना त्यही हामीसँग छैन।'

मंसिरमा दुबई सम्पन्न आइसिसी ट्वान्टी–२० विश्वकप छनोटमा जानुअघि पनि समस्या ज्यूँका त्यूँ थियो। नेपाल क्रिकेट संघले प्रशिक्षकको मागअनुसार व्यवस्था त मिलायो तर तयारी चित्तबुझ्दो थिएन। दुबई जानुअघि भारतमा खेलिएका सात अभ्यास खेलमा औंला उठाउने ठाउँ प्रशस्त रहे। नसुहाउँदो विपक्षीसँग अभ्यास खेल खेलेको आरोप लाग्यो। तर, टोली ऐतिहासिक रूपमा क्रिकेटको कान्छो स्वरुप ट्वान्टी–२० विश्वकपलाई छानिएर घर फर्कियो।

व्यस्त तालिकामा नेपाली क्रिकेट टोली अर्को महिना न्युजिल्यान्डमा हुने ५० ओभरको विश्वकप छनोटको तयारीमा जुटिसकेको छ। अभ्यास खेल्न टोली श्रीलंका पुगेको छ। न्युजिल्यान्डबाट फेबु्रअरीमा फर्किएलगत्तै फेरि नेपाल मार्चमा हुने ट्वान्टी–२० विश्वकप खेल्न बंगलादेश जानेछ। मुख्य प्रशिक्षक टमाटाको विश्वास आधार मान्ने हो भने न्युजिल्यान्डबाट नेपाली टोली ठूलै सफलता लिएर घर फर्किनेछ। अर्थात् सके विश्वकप नसके पनि एकदिवसीय मान्यता।

त्यसो भए आगामी चार वर्ष नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मानचित्रमा अझै व्यस्तसाथ छाउने पक्का छ। जसका लागि पर्याप्त भौतिक पूर्वाधार आवश्यक देख्छन्, टमाटा। अहिले टिम तयारीलाई समेत अपर्याप्त पूर्वाधारले केही महिनापछि नेपाली क्रिकेटको व्यस्तता थेग्न नसक्नेमा टमाटामात्र होइनन्, सबै क्रिकेटकर्मी सहमत छन्।

उनको विचारमा राष्ट्रिय टोली विश्वकपलाई छानिइसकेको बेला सरकारी लगानीमै देशमा कम्तीमा ६ अन्तर्राष्ट्रिय स्तरका रंगशाला बनाइनुपर्छ। 'टिमले आफ्नो काम पूरा गरेको छ। अब पालो सरकारको हो। सरकारले पनि पछिल्लो समय खेलकुदलाई धेरै सहयोग गरेको छ,' टमाटा भन्छन्, '५० ओभरको विश्वकपमा छनोट भए आइसिसीले धेरै कार्यक्रम दिन्छ। त्यो बेला कीर्तिपुरको मैदानले थेग्दैन। ७० यार्डको रंगशाला चाहिन्छ। अब काठमाडौंमै कम्तिमा तीन र सबै क्षेत्रमा १–१ रंगशाला हाम्रो आवश्यकता हो। सरकारले ठूलो लगानी गर्न हिच्किचाउनुहुन्न।'

राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास नेपाली क्रिकेटको वर्तमान उपलब्धि 'फ्लूक' मात्र होइन भन्ने प्रमाणित गर्न अब राज्य नै सचेत हुनुपर्ने बताउँछन्। 'क्रिकेटमा लगानी सुरु गर्न यो उपयुक्त समय हो। दुई वर्षपछि फेरि हामी ट्वान्टी–२० विश्वकपमा छानिनुपर्छ। एकदिवसीय विश्वकप हाम्रो अर्को लक्ष्य हो। सधैं यस्तै कमजोर अवस्थाबीच सफलता आउँदैन,' विनोद भन्छन्, 'यो उपलब्धि एक रातमा आएको होइन। यसका लागि लामो समयको मेहनत लागेको छ। भविष्यमा योभन्दा माथिल्लो स्तरको सफलताका लागि नेपाली क्रिकेटमा समग्र परिवर्तन खाँचो छ।'

क्रिकेटले हासिल गरेको उचाइमा कायम राख्न आगामी दिनमा भौतिक पूर्वाधार साथै घरेलु क्रिकेट संरचनामा सुधार र खेलाडीलाई पर्याप्त एक्सपोजर आवश्यक भएको उनीहरूको तर्क छ। 'क्रिकेट विकासका लागि दीर्घकालीन योजना आवश्यक भइसक्यो। त्यसका लागि स्कुलस्तरबाटै दुईदिवसीय क्रिकेट सुरु गर्नुपर्छ,' टमाटा भन्छन्, 'सानै उमेरबाट दुईदिवसीय क्रिकेट खेलायो भने खेलाडी मानसिक रूपमा बलियो हुन्छ। हामीले सानो उमेरका खेलाडीलाई २० ओभरको क्रिकेट खेलाइरहेका छौं। २० ओभरको खेलले खेलाडीमा मानसिक धैर्य विकास गराउँदैन। ठूलो भएर एकदिवसीय खेल्न सानोमा दुईदिवसीय खेलाउनुपर्छ।'

पहिलो चरणमा तत्काल पर्याप्त राम्रो मैदान बनाउने र क्रमिक रूपमा त्यसैलाई रंगशालाको रूप दिनुपर्ने टमाटा बताउँछन्। 'हामीले स्तरोन्नतिका लागि अरुको मैदानमा गएर खेल्ने र अरुलाई पनि यहाँ बोलाएर खेलाउने गर्नुपर्छ। अन्तर्राष्ट्रिय क्रिकेटमा फरक प्रकृतिको विकेटमा खेल्नुपर्छ। त्यसैले हामीले पनि फरक प्रकारको विकेट बनाउनुपर्छ,' उनले भने, 'हामीले सीमित खेलाडीको भरमा ठूला उपलब्धि हासिल गरिरहेका छौं। तर, अब खेलाडी उत्पादनमा प्रभावकारी नीति ल्याउनुपर्छ। क्लब क्रिकेट लिग सुरु गर्नुपर्छ र राष्ट्रिय टोलीसँगै सधैं ए टिम तयार राख्नुपर्छ।'

नेपाल क्रिकेट संघ (क्यान) ले सरकारको समेत सहयोगमा काठमाडौंको मुलपानी र कञ्चनपुरको महेन्द्रनगरमा मैदान निर्माणको काम सुरु गरेको छ। महेन्द्रनगरमा गत वर्ष छैटौं राष्ट्रिय खेलकुद आयोजनाका लागि थालिएको मैदान निर्माण काम पछिल्लो समय थाँती रहेको छ भने करिब ८ करोड रुपैयाँ लगानी भइसकेको मुलपानी मैदान ५ वर्षभन्दा बढी समय पूरा हुँदा पनि तयार भएको छैन।

क्यान अध्यक्ष टंक आङबुहाङले क्रिकेटको वर्तमान उपलब्धि संस्थागत गर्न संयुक्त रणनीति बनाएको बताए। 'मेरै नेतृत्वमा तत्कालीन र दीर्घकालीन रणनीति तयार गर्न सात सदस्यीय हाइपर्फमेन्स कार्यदल बनेको छ। त्यसले तत्कालीन रणनीतिको प्रतिवेदन बुझाइसकेको छ,' आङबुहाङले भने, 'दीर्घकालका लागि पनि हामीले पर्याप्त भौतिक पूर्वाधार र घरेलु संरचनाको सोच बनाएका छौं। एक महिनाभित्र दीर्घकालीन योजनाको पनि अध्ययन पूरा गरेर प्रतिवेदन बुझाइन्छ।'

कार्यदलमा युवा तथा खेलकुद मन्त्रालयसँगै राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि भएकाले योजना कार्यान्वयन हुनेमा आङबुहाङ आशावादी छन्। 'दीर्घकालका लागि काठमाडौंमा कीर्तिपुर र मुलपानीको मैदानसाथै थप दुई मैदान बनाउने योजना छ। मोफसलको हकमा सबै ९ क्षेत्रमा इन्डोर अभ्यास हल र एक/एक मैदान बनाउने विषयमा अध्ययन गरिरहेका छौं,' क्लब लिगको विषयमा समेत गृहकार्य भइरहेको बताउँदै उनले भने, 'घरेलु क्रिकेट संरचना सुधारका लागि आगामी वर्षबाट दुईदिवसीय प्रतियोगिताको खाका तयार पार्दैछौं। खेलाडीलाई एक्सपोजरका लागि जर्नी टु वर्ल्डकपजस्ता प्रतियोगिता वर्षमा कम्तीमा चारवटा गर्ने योजना छ।' आङबुहाङले आगामी वर्ष सबै ७५ जिल्लामै क्यानको संगठन विस्तार गरेर स्कुल क्रिकेट सुरु गर्ने योजना सुनाए।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस