पुलिस र थ्री स्टार क्वार्टरफाइनलमा
२० मंसिर २०७०
•
८ मिनेट पाठ
पुलिस र थ्री स्टार क्वार्टरफाइनलमा
काठमाडौं– लगातार दुई खेलमा पराजय भोग्दै एपिएफ एनसेल कपको समूह चरणबाट बाहिरिँदा बिहीबार अर्को विभागीय टोली नेपाल पुलिससँगै लक्ष्मी बैंक थ्री स्टार क्लब क्वार्टरफाइनल पुगेका छन्।




कप्तान जुमानु राईको ह्याटि्रकमा पुलिसले एपिएफलाई ३–० ले हराएपछि समूह ...सी' बाट थ्री स्टारको पनि अघिल्लो चरण पक्का भएको थियो। समान ३ अंक जोडेका पुलिस र थ्री स्टारबीच हुने समूह चरणको अन्तिम खेलले विजेता र उपविजेताको टुंगो लगाउनेछ। अघिल्लो वर्ष एकै समूहमा पर्दा एपिएफ क्वार्टरफाइनल पुगेको थियो भने थ्री स्टार पहिलो चरणबाटै बाहिरएको थियो। समूहको पहिलो खेलमा थ्री स्टारले एपिएफलाई २–१ ले हराएको थियो।

बिहीबारै दशरथ रंगशालामा ब्वाइज युनियनले सिमि्रक सरस्वती क्लबलाई ३–१ ले हराउँदै समूह 'डी' बाट अन्तिम आठको यात्रा तय गर्‍यो। सरस्वती र समूहको अर्को टोली साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीमध्ये एक क्वार्टरफाइनलमा पुग्नेछ। समूहमा ब्वाइज युनियन र मनाङको समान ३ अंक छ भने सरस्वती अंकविहिन छ।

नकआउट चरणमा पुग्न समूहको अन्तिम खेलमा मनाङले बराबरी वा एक गोल अन्तरको हार पनि पर्याप्त हुन्छ। सरस्वतीले अघि बढ्न कम्तीमा २ गोलअन्तरको जित हासिल गर्नुपर्छ।

ब्वाइज युनियनका प्रशिक्षक विजय महर्जनले लक्ष्य अनुरुपको नतिजा निकाल्न सफल भएको बताए। 'गर वा मरको अवस्थामा आएका थियौं। प्रदर्शन सन्तोषजनक नभए पनि गोल निस्कियो,' उनले भने, 'आज हामी अली भाग्यशाली पनि रह्यौं। खेलाडीमा खेल्नुपर्छ भन्ने भावना देखियो।'

ब्वाइज युनियनले खेलमा गरेका सबै आक्रमण सफल भए। झन्डै ४० यार्डबाट असिमजंग कार्कीको फ्रि–किक सोझै गोलमा परिणत हुँदा १७ औं मिनेटमा टोलीले अग्रता लिएको थियो। दोस्रो हाफको सुरुआतमै कृष्णगोपाल श्रेष्ठको गोलबाट सरस्वती खेलमा फर्कियो। ४८ औं मिनेटमा कृष्णगोपालले पहिलो बार च्याप्दै गोल गरे। तर, ५५ औं मिनेटमा राकेश लामाको गोलबाट त्रिपुरेश्वरको टोलीले दोस्रो पटक अग्रता लियो। अकिम बाबातुन्डेको पासमा पेनाल्टी बक्स भित्र रक्षकहरुलाई छलाउँदै राकेशले गोल हाने। खेल सकिन पाँच मिनेट बाँकी रहँदा किरण राईले अर्को गोल थपेपछि सरस्वती पहिलो खेलमा पराजित भयो। अकिमको क्रसलाई पुइस हेनरी किसमबालेले क्लियर गर्न नसक्दा किरण पेनाल्टी बक्स बाहिरबाट गोल गर्न सफल भए।

सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले तालमेल नमिलेका कारण खेल नियन्त्रणमा लिनाका वावजुद गोल गर्न नसकेको बताए। 'प्रदर्शनको हिसाबले सन्तोषजनक छ,' उनले भने, 'तर, मौका पाएअनुसार गोल गर्न सकेनौं। भाग्यले साथ दिएन।'

सरस्वतीले पहिलो हाफमै बराबरीको मौका चुकायो। ३१ औं मिनेटमा दिनेश कार्कीको क्रसमा कृष्णगोपालको हेड क्रसबारको केही माथिबाट बाहिरीयो। ५९ औं मिनेटमा साजिगुवा जोले स्याट्रयाकको प्रहार रक्षक राजकृष्ण प्रजापतिले रोके। त्यस्तै ८२ औं मिनेटमा पेनाल्टी बक्सको केही बाहिरबाट पुइसले प्रहार गरेको फ्रि–किकलाई गोलकिपर राजु योगीले पन्च गरे।

त्यसअघि पुलिसविरुद्ध एपिएफ निकै कमजोर रह्यो। एपिएफले खेलभर एउटा अवसर सिर्जना गर्‍यो। छैटौं मिनेटमा गणेश लावतीको प्रहार पोलमा लागेर फर्कियो। प्रशिक्षक कृष्ण थापाको बुझाइमा त्यही आक्रमण गोलमा परिणत नभएपछि टोली ...नर्भस' भयो। 'हल्का हान्दा गोल हुने बलमा गणेशले पावर सर्ट हान्यो। पोलमा लागेर फर्कियो,' उनले भने, 'त्यसपछि टोली खेलमा फर्कन सकेन। रक्षापक्ति पुलिसलाई रोक्न असफल भयो।'

जुमानुले २८ औं मिनेटमा गोलको खाता खोले। भोला सिलवालको पासमा जुमानुले चिप गरेको बल गोलमा परिणत भयो। ६५ औं मिनेटमा युगलकिशोर राईको पासमा एक रक्षकलाई विट गर्दै गोल गरेका जुमानुले ७१ औं मिनेटमा ह्याटि्रक पूरा गरे। अन्तिम गोलमा रविन श्रेष्ठले पास मिलाएका थिए। त्यसबाहेक पुलिसले गोलका थप दुई अवसर खेर फाल्यो। दोस्रो हाफमा जुमानुको पासमा युगलले वान भर्सेज वानमा नजिकबाट प्रहार गर्दा गोलकिपर अमृत चौधरीले रोके भने ६८ औं मिनेटमा भोलाको आक्रमण पोस्ट नजिकबाट बाहिरियो।

पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले युगलको आगमनले प्रदर्शनमा सकारात्मक प्रभाव परेको बताए। 'उनी अनुभवी खेलाडी हुन्। विपक्षी रक्षकले उनलाई रोक्ने प्रयास गर्दा जुमानु खुला हुन्छन् र गोल गर्न सक्छन्। आज त्यस्तै भयो,' उनले भने, 'सुरुको १५ मिनेट केही असहज भएको थियो। गर वा मरको अवस्थामा भएपनि पछि एपिएफले खेल्न सकेन।' संविधान सभाको निर्वाचनमा खटिएका खेलाडी ढिला फर्केकाले लामो अभ्यास गर्न नपाएको उल्लेख गर्दै श्रेष्ठले भने, 'कन्डिसनिङ पार्ट कमजोर छ।' अघिल्लो सिजन आरसिटीबाट खेलेका युगल एक वर्षका लागि पुलिसमा आबद्ध भएको श्रेष्ठले जनाए।

पोखराको सफल कपसहित आफ्नो नेतृत्वमा खेलेका तीनै खेल गुमाएका एपिएफका प्रशिक्षक थापाले पहिलो गोल अफसाइड भएको गुनासो गरे। उनले अगाडी भने, 'मैले थ्री स्टारसँगको पहिलो खेलमा रेफ्रीको आलोचना गरिन। त्यो खेलमा पनि बिशाल श्रेष्ठलाई रातो कार्ड दिनुपर्ने अवस्था थिएन। आज पनि पहिलो गोलमा अससाइड थियो।'

एनसेल कपमा शुक्रबार

आर्मीविरुद्ध संकटा

फ्रेन्ड्सविरुद्ध मछिन्द्र
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस