दशरथ रंगशाला सोमबार साफ च्याम्पियनसिपअन्तर्गत माल्दिभ्स र श्रीलंकाबीचको खेल आयोजना गर्दा थुप्रै कीर्तिमानको साक्षी बन्यो । सबै कीर्तिमानका माध्यम माल्दिभ्स बन्दा कप्तान अली अस्फाक नायक रहे ।
माल्दिभ्सले साफ च्याम्पियनसिप इतिहासमा सर्वाधिक अन्तरको जित दर्ता गराउँदा अस्फाकले दुई व्यक्तिगत कीर्तिमान बनाए । तेस्रो व्यक्तिगत कीर्तिमानभन्दा उनी एक गोलले मात्र टाढा छन् ।
माल्दिभ्सले श्रीलंकालाई दशरथ रंगशालामा १०–० ले निरीह पा¥यो । काठमाडौंबाट सन् १९९७ मा सुरु प्रतियोगिताका सात संस्करणका ९६ तथा जारी आठौं संस्करणका तीन खेलमा कुनै टोलीले यति ठूलो अन्तरमा जित पाएको थिएन । सन् १९९७ अघि १९९३ मा दक्षिण एसियाली गोल्डकप र १९९५ मा सार्क ब्रिस्टल गोल्डकपका नाममा प्रतियोगिता हुँदा पनि यति ठूलो जित अन्तर थिएन । यसअघि पनि फराकिलो जितको कीर्तिमान माल्दिभ्सकै नाममा थियो । टोलीले २००५ मा पाकिस्तानको कराँचीमा सम्पन्न चौथो संस्करणमा अफगानिस्तानलाई ९–१ ले हराएको इतिहास थियो ।
माल्दिभ्सको जितमा दोहोरो ह्याट्रिक गरेका कप्तान अस्फाक दोहोरो कीर्तिमानको भागीदार बने । सोमबार ६ गोल गरेर उनले प्रतियोगिताको एकै खेलमा बढी गोल गर्ने कीर्तिमान बनाए । साफ च्याम्पियनसिप इतिहासमा कुनै खेलाडीले एकै खेलमा तीन वा त्योभन्दा बढी गोल गरेको यो आठौं अवसर थियो । यसअघि अफगानिस्तानका बिलाल आरेजोउले पोकर (एकै खेलमा ४ गोल) गरेर कीर्तिमान बनाएका थिए । आरेजोउले दुई वर्षअघि भारतको नयाँ दिल्लीमा सम्पन्न पछिल्लो संस्करणको समूह चरणमा भुटानलाई ८–१ ले हराउँदा ४ गोल गरेका थिए ।
सन् २००३ मा डेब्यु जनाएयता माल्दिभ्सको राष्ट्रिय टोलीबाट ४० खेलमा ३८ गोल गरिसकेका २७ वर्षे स्ट्राइकरले साफ च्याम्पियनसिपको सर्वकालीन उच्च गोलकर्ताको दौडमा पनि भारतका भाइचुङ भुटियालाई पछि पारेका छन् । साफ च्याम्पियनसिपमा अस्फाकले १४ गोलसहित कीर्तिमान बनाउँदा भाइचुङलाई २ गोलले उछिने । भाइचुङसँग १२ गोलको कीर्तिमान थियो ।
साफ च्याम्पियनसिपमा अस्फाकका लागि श्रीलंका र अफगानिस्तान प्रिय प्रतिद्वन्द्वी बनेका छन् । १४ मध्ये उनले १२ गोल यिनै दुई टोलीविरुद्ध गरेका छन् । सोमबार मात्र श्रीलंकाविरुद्ध ६ गोल गरेका अस्फाकले सन् २००५ को चौथो साफ च्याम्पियनसिप कराँची र २००९ को ढाका साफ च्याम्पियनसिपमा ३–३ तथा दुई वर्षअघि नयाँ दिल्लीमा भएको सातौं संस्करणमा २ गोल गरेका थिए । २००५ मा अफगानिस्तानविरुद्ध दुई तथा श्रीलंकाविरुद्ध एक गोल गरेका उनले २००९ को छैटौं संस्करणमा समूह चरणमा पनि अफगानिस्तानविरुद्ध दुई तथा श्रीलंकाविरुद्धको सेमिफाइनलमा एक गोल गरे । नयाँ दिल्लीमा भने उनले नेपाल र बंगलादेशविरुद्ध १–१ गोल गरेका थिए ।
कीर्तिमानको ओइरोमा अस्फाक अर्को कीर्तिमान नजिक पुगेका छन् । साफ च्याम्पियनसिप इतिहासको एकै संस्करणमा सर्वाधिक गोल गर्ने कीर्तिमान यसअघि भारतका कप्तान सुनील क्षेत्रीको नाममा छ । क्षेत्रीले नयाँ दिल्लीमा दुई वर्षअघि ७ गोल गरेका थिए । क्षेत्रीको कीर्तिमानभन्दा एक गोलले मात्र पछि रहेका अस्फाकले जारी आठौं साफ च्याम्पियनसिपमा कम्तीमा समूह चरणका दुई खेल खेल्न बाँकी छ । टोली समूह चरणबाट अघि बढे खेल थपिने छन् । समूह 'बी' मा माल्दिभ्सले भुटानसँग बुधबार तथा शुक्रबार अफगानिस्तानसँग खेल्नेछ ।