युथ एसियाली सहभागिता अन्योलमा
२३ साउन २०७०
•
१३ मिनेट पाठ
युथ एसियाली सहभागिता अन्योलमा
काठमाडौं - दोस्रो युथ एसियाली खेलकुद नानजिङमा सहभागिताको आर्थिक दायित्व लिने कोही नहुँदा नेपालको उपस्थिति अन्योलमा परेको छ। नेपाल ओलम्पिक कमिटी (एनओसी) ले यसै महिनाको पूर्वार्द्धमा ७ खेलबाट १३ खेलाडीसहित टोली चीनको नानजिङ लाने बताएको थियो।ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को आधिकारिक कार्यक्रम भए पनि अन्तर्राष्ट्रिय सहयोग नआउने भन्दै एनओसीले आर्थिक जिम्मा सम्बन्धित संघले लिनुपर्ने बताएको छ। संघहरूले राष्ट्रिय खेलकुद परिषद्सँग आर्थिक सहयोगका लागि पत्राचार गरेका छन्। तर, परिषद्ले साउन ३२ देखि भदौ ८ सम्म हुने खेलमेलाका लागि अहिलेसम्म कुनै संघलाई सहयोग गर्ने निर्णय गरिसकेको छैन।
परिषद् सदस्यसचिव युवराज लामाले आफूलाई दुई संघबाट मात्र आर्थिक सहयोगको माग भएको बताउँदै दिने/नदिनेबारे निर्णय भइनसकेको बताए। 'एकाध संघबाट मात्र आएको डकुमेन्ट पनि अपुरो छ। नानजिङ जाने अफिसियलको नोमिनेसन आएको छ, खेलाडीको छैन,' युथ एसियन खेलकुदको शीर्षकमा परिषद्सँग बजेट नभएको बताउँदै उनले भने, 'तैपनि हामी सम्बन्धित खेलको छनोट प्रक्रिया हेरेर संघकै अनुदानबाट काटिनेगरी आवश्यक परे दिन्छौं। खेलाडीको सहभागिताप्रति परिषद् सधैं सहयोगी छ र रहन्छ।'
सदस्यसचिवले राष्ट्रिय जुनियर छनोट प्रतियोगिता गरेर खेलाडी छानेको प्रमाण आएमा मात्र पदक जित्ने र र्‍याङकिङमा सुधारिने सम्भावना हेरेर आर्थिक सहयोग गर्ने प्रस्ट्याए। 'प्रक्रियागत छनोट गरिएको भए मात्र सहयोग गर्छौं। टिपुवा खेलाडी भए गर्दैनौं। मान्छे घुमाउन लान लगेको भए हामीसँग पैसा छैन,' उनले भने, 'खेलाडीले देशका लागि लड्ने हो, त्यसका लागि साँच्चै प्रक्रियागत छनोट गरी देशको प्रतिनिधि पठाउनुपर्छ। कसैले मेडल जित्यो भने पुरस्कार पनि दिन्छौं।'
अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीले आर्थिक सहयोगका लागि परिषद्लाई अनुरोध गरेको छ। एनओसी अध्यक्ष ध्रुवबहादुर प्रधान परिषद्बाट सहयोग नमिले सबै खेलमा सहभागिता हुन नसक्ने बताउँछन्। एनओसीले नाम दर्ता गराउने क्रममै सम्बन्धित खेल संघसँग आवश्यक परे आफैले आर्थिक व्यवस्था गर्नुपर्ने सहमति भएको प्रधानले बताए।
'यो एसियालीस्तरको युवा प्रतियोगिता हो। यहाँको अनुभवले भविष्यसम्म फाइदा पुग्छ। त्यसैले राखेपले सहयोग गर्ने आशा छ। संघहरूले अनुरोध गरेका छन्। मैले पनि व्यक्तिगत अनुरोध गरेको छु, त्यसमा परिषद् सकारात्मक पाएको छु,' प्रधानले भने, 'परिषद्को सहयोग नआए नसक्ने संघले सहभागिता जनाउँदैन।'
प्रधानले ओसिए र आइओसीबाट युथ एसियाली खेलकुदलाई कुनै आर्थिक सहयोग नआउने कारण एनओसीले थोरै मात्र सहयोग गर्न सक्ने बताए। 'हामीबाट केही सामान्य सहयोग हुन्छ। बाँकी संघले आफै व्यवस्था गर्नुपर्छ। संघले सरकार, प्रायोजक वा अन्य कतैबाट व्यवस्था मिलाउनुपर्छ।'
अन्तर्राष्ट्रिय निकाय, सरकार वा एनओसीबाट सहयोग नपाएपछि खेलाडीकै खर्चमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने चलन नेपाली खेलकुदमा व्याप्त छ। तर, खेलाडीलाई पैसा हाल्न लगाएर सहभागी गराउने चलन प्रोत्साहन नगरिने बताउँदै प्रधानले भने, 'कसैले खेलाडी आर्थिक सक्षम भएर खर्च गर्न चाहेमा चाहिँ हाम्रो केही अवरोध हुँदैन।'
उक्त युथ एसियालीलाई नेपालका सेभ द मिसन चतुरानन्द वैद्य हवाई टिकटबाहेक प्रतिव्यक्ति नानजिङ बसाईक्रम दैनिक ५० डलर तिर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेकाले सहयोग नपाए सहभागिता खुम्चिन सक्ने बताउँछन्। 'देशको झण्डा बोकेर खेल्दा खेलाडीलाई पैसा हाल्न लगाउन मिल्दैन। अधिकांश संघको आर्थिक अवस्था आफै पैसा हाल्न सक्ने पनि छैन,' वैद्यले भने।
नेपालले एथलेटिक्समा संगीता खड्का, ब्याडमिन्टनमा दीपेश धामी र शिक्षा श्रेष्ठ, पौडीमा अदिती धिताल, शिरीष गुरुङ र मिराज प्रजापति, लन टेनिसमा असलेशा लिसानेभिच र अभिषेक बस्नेत, फेन्सिङमा नितेश पौडेल, जुडोमा फुपूह्लामु खत्री र हेमप्रभा खत्री तथा टेबलटेनिसमा मणि लामा र मनिता चित्रकारको नाम दर्ता गराएको छ। ७ खेलका १३ खेलाडीको नाम दर्ता गरिँदा खेलाडी संख्याअनुसार प्रशिक्षक र टिम व्यवस्थापक गरी नेपालबाट ५ अधिकारीले मात्र सहभागिता जनाउन पाउँछन्।
एनओसीले जानकारी गराएअनुसार अधिकारीमा पौडीका ईश्वर कार्की, टेनिसका कृष्णराज घले, जुडोका हेमराज भण्डारी, टेबलटेनिसका धर्ममान बज्राचार्य र हेडक्वार्टर अफिसरका रूपमा एनओसीका सुजनलाल श्रेष्ठ पठाउने तयारी छ।
नेपाली खेलकुदको सर्वोच्च निकाय परिषद् र संघहरूको छाता एनओसीले आर्थिक दायित्व लिने विषयमा ठोस निर्णय नलिँदा खेलाडीको अन्योल उद्घाटनको ९ दिन बाँकी रहँदासम्म कायम छ।




टेबलटेनिस
टेबलटेनिसले नानजिङलाई मार्चमा नाम पठाउँदा तत्कालीन शीर्ष वरियताका दुई खेलाडी छानेको थियो। छुट्टै छनोट प्रतियोगिता नगरेको संघले आर्थिक सहयोगका लागि परिषद र एनओसी गुहारेको छ। दुवैतिरबाट जवाफ आइनसकेको बताउँदै टेबलटेनिस संघका अध्यक्ष तथा नेपाली टोलीका सेभ द मिसन चतुरानन्द वैद्य कतैबाट सहयोग नआए सहभागिता कठिन रहेको बताउँछन्।

पौडी
पौडी संघका महासचिव जगतमान श्रेष्ठले पूर्वसहमतिअनुसार खेलाडीको समेत लगानीमा नानजिङमा सहभागिता जनाउने बताए। उनले व्यक्तिगत लगानीमा जानुपर्ने भएकाले खर्च गर्न सहमत १८ वर्ष उमेर नपुगेका खेलाडी छानेको दाबी गरे। आर्थिक सहयोगका लागि राखेपलाई अनुरोध गरिनसकेको बताउँदै उनले एनओसी, संघ र खेलाडीले मिलेर सहभागिता खर्च जुटाउने योजना सुनाए। भने, 'प्रशिक्षकको पूरा खर्च हामीले गर्नुपर्छ। एनओसीले केही दिन्छ। खेलाडीले हवाई टिकट आफै किन्नेछन्। यसबारे अभिभावकसँग कुरा भइसकेको छ। खानेबस्ने व्यवस्था हामी मिलाउँछौं।'

लनटेनिस
लनटेनिस संघले नानजिङकै लागि खेलाडी छनोट प्रतियोगिता गरेको थियो। आर्थिक सहयोग गर्न परिषद्मा अनुरोध गरे पनि जवाफ नआएको संघकी उपाध्यक्ष ज्योति राणाले बताइन्। खेलाडीको परिवार हवाई टिकट किन्न तयार भए पनि खानेबस्ने व्यवस्था राज्यबाट हुनुपर्ने उनको तर्क छ। 'राष्ट्रिय झन्डामुनि खेल्दा कम्तीमा खाने र बस्ने व्यवस्था हुनुपर्छ। त्यो भए खेलाडी खुसीसाथ जान्छन्। टेनिसमा सधंै टिकट खेलाडी आफैले हालेर जाने परम्परा छ। यसमा अभिभावक पनि खुसी छन्,' उनले भनिन्।

फेन्सिङ
फेन्सिङले परिषदमा दर्ता पाइसकेको छैन। त्यसैले सहभागिताका लागि संघका अध्यक्ष सुनील श्रेष्ठले परिषद्बाट आर्थिक सहयोग आश गरेका छैनन्। दर्ता प्रक्रिया सुरु गरेको बताउँदै उनले नानजिङका लागि आफैले पैसा हालिदिने बताए। उनले भने, 'एनओसीबाट आशा छ। तर कसैले नदिए हामी पदाधिकारीले हालेर पनि सहभागी गराउछौं। दिए अभिभावकसँग अनुरोध गर्छौं। हाम्रो खेलमा जुनियरस्तरका ५–६ खेलाडी मात्र छन्। त्यसैले जसरी पनि पठाउँछौं।'

ब्याडमिन्टन
ब्याडमिन्टनले तीन वर्षदेखि अपराजित शीर्ष वरियताका दुई युथ खेलाडी छानेको हो। आर्थिक सहयोग परिषद्सँग मागेको ब्याडमिन्टन संघले नपाए खेलाडी नपठाउने योजना बनाएको छ। 'परिषद् वा एनओसीबाट सहयोग नआए पठाउन सक्दैनौं। खेलाडीसँग पैसा माग्न मिल्दैन। संघले पनि एसियन युथ च्याम्पियनसिपमा खेलाडी पठाउँदा धेरै ऋण बोकेको छ। त्यसैले खर्च गर्न सक्दैन,' संघका महासचिव रामजीबहादुर श्रेष्ठले भने, 'कोही खेलाडी आफै पैसा राखेर जान्छु भनेर अघि बढेमा हामी रोक्दैनौं।'

जुडो
जुडोले पछिल्लो प्रदर्शनका आधारमा खेलाडीको नाम मनोनयन गरेको थियो। जुडो संघका महासचिव रमेश महर्जनले छुट्टै छनोट प्रतियोगिता गर्न नभ्याएको बताउँदै परिषद् वा एनओसीबाट आर्थिक सहयोग नभए सहभागिता नजनाउने निर्णय सुनाए। 'ऋण गरेर पठाउन सधैं सकिन्न। खेलाडीलाई पैसा हाल्न लगाएर पठाउने सोचाइमा हामी छैनौं। तर, परिषद्ले दिन्न भनेको छैन। हामी आशावादी छौं,' उनले भने।

एथलेटिक्स
एथलेटिक्समा संघको विवाद सहभागितामा पनि छताछुल्ल भएको छ। अन्तर्राष्ट्रिय मान्यताप्राप्त संघका महासचिव रवि राजकर्णिकारले आफूलाई संगीता खड्काको सहभागिताबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिए। उनले भने, 'म त्यो खेलाडीलाई चिन्दिन।'
राष्ट्रिय मान्यताप्राप्त एथलेटिक्स संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले प्रशिक्षकहरूसँगको सल्लाहमा नाम पठाएको स्वीकारे। आफूलाई धेरै जानकारी नभएको भन्दै उनले सहभागिताको आर्थिकलगायतका विषयमा बोल्न चाहेनन्।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस