काठमाडौं - दक्षिण एसियाली फुटबल महासंघ (साफ) का अध्यक्ष काजी मोहम्मद सलाउद्दिन यो क्षेत्रकै सर्वकालीन सुपर स्टारमध्ये एक खेलाडी हुन्। सन् १९८३ मा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका उनी बंगलादेशको फुटबलले उत्पादन गरेका सबैभन्दा लोकप्रिय खेलाडी हुन्। समकालीन खेलाडी अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाको भनाइ मान्ने हो भने सलाउद्दिन फुटबल खेलुन्जेल बंगलादेशमा उनको पोस्टकार्ड बिक्री हुन्थे।
बंगलादेशी फुटबल महारथी अवहानी क्लबका पूर्वस्ट्राइकर २००८ देखि दक्षिण एसियाली फुटबल प्रमुखमा छन्। साफ अध्यक्ष भएपछि उनी दोस्रोपल्ट काठमाडौं आएका छन्। मंगलबार दशरथ रंगशालामा भारतलाई च्याम्पियन बनाउँदै सम्पन्न साफ यु–१६ च्याम्पियनसिपको समापन समारोह तथा साफ च्याम्पियनसिपको 'ड्र' का लागि आएका हुन्। उनी 'ड्र' पछि सोल्टी होटलको लबीमा धेरैबेर नेपाली पत्रकारसँग गफिए। दक्षिण एसियाली फुटबलको स्तर तीन दशकअघिकै अवस्थामा थच्चिएको समीक्षा गर्ने बंगलादेशका पूर्वसुपर स्टार यसलाई उकास्न सबै देशका सरकारबाटै पहल हुनुपर्ने विचार राख्छन्। फुटबल विश्वकै सबैभन्दा महँगो खेल भएकाले सरकारकै प्राथमिकतामा नपरेसम्म संघ, क्लब वा निजी क्षेत्रको प्रयासले मात्र स्तर नउकासिने उनको ठम्याइ छ। नेपाली फुटबलको वर्तमान अवस्थाको समीक्षा गर्ने अनुरोधलाई 'राम्रो' भनेर पन्छिन रुचाएका सलाउद्दिनका कुरा उनकै शब्दमा :
नेपालबारे
नेपाल मेरो प्रिय गन्तव्यमध्ये एक हो। मेरो विचारमा यो मेरो १३/१४औं नेपाल भ्रमण हो। जहिले पनि मलाई नेपाल आउन निकै रमाइलो लाग्छ। यसपालि धेरै व्यस्तताले कतै जान पाइँन। मिटिङ नै धेरै भए। खेल्ने बेलामा पनि धेरैचोटि आएँ। साफ अध्यक्ष भएपछि एएफसी च्यालेन्ज कपमा आएको थिएँ। नेपालको सुन्दरता, हावापानी र यहाँका मानिस मलाई मनपर्ने विषय हुन्। यहाँको फुटबल माहोलले मलाई सबैभन्दा आकर्षित गर्ने गर्छ।
कार्यकालको समीक्षा
साफ अध्यक्षका रूपमा चार वर्ष पूरा गर्दा मैले सन्तुष्टि लिने ठाउँ धेरै छन्। मेरो विचारमा हामीले यो अवधिमा धेरै गर्यौं। तर, अझ धेरै गर्न सकिन्थ्यो जस्तो मलाई लाग्छ। सबै देशका घरेलु लिगका कारण समय निकाल्न गाह्रो भइरहेको छ। तथापि हामीले साफ च्याम्पियनसिप र महिला साफ च्याम्पियनसिप दुईपल्ट गरिसकेका छौं। हामीले साफ यु–१६ च्याम्पियनसिप सुरु गर्यौं। अब यु–१८ वा १९ बारे कुरा गरिरहेका छौं। रेफ्री कोचका प्रशिक्षण पनि गर्ने योजना छ।
अन्य प्रतियोगिताबारे
हामीले साफको नेतृत्वमा आएपछि ल्याएको महत्त्वाकांक्षी कार्यक्रममध्ये साफ क्लब च्याम्पियनसिप एक थियो। तर, यसका लागि प्रायोजक पाइरहेका छैनौं। साथमा भारतले समय नदिनु पनि हाम्रो अर्को समस्या हो। प्रायोजक पाए र भारतले खेल्न सहमति जनाए हामी सायद अर्को वर्षबाट क्लब च्याम्पियनसिप गर्नेछौं। भारतले नखेले यसको कुनै महत्त्व नहुने हामीले बुझेका छौं। प्रायोजक खोजी र भारतबाट समय पाउन यही वर्षसम्म यथेस्ट प्रयास गर्नेछौं। दक्षिण एसियाका केही देशमा घरेलु फुटबल संरचना कमजोर छ। साफ क्लब च्याम्पियनसिप गर्न सके त्यो बलियो हुने हाम्रो विश्वास हो। काठमाडौंमा आठौं साफ च्याम्पियनसिपक्रममा साफको बैठक हुँदैछ। हामीले ल्याएको अर्को विकास कार्यक्रम साफ यु–१९ च्याम्पियनसिपबारे त्यो बैठकबाट निर्णय गर्छौं।
क्यालेन्डरबारे
दक्षिण एसियाका सबै देशको क्यालेन्डरमा एकरुपता नहुँदा हामीलाई क्षेत्रीय कार्यक्रम ल्याउन समस्या भइरहेको छ। त्यसैले सबै देशको क्यालेन्डरमा एकरुपता ल्याउन हामीले काम गरिरहेका छौं। त्यसो भए क्षेत्रीय प्रतियोगिता गर्न सजिलो हुन्छ।
साफमा कोटाबारे
दक्षिण एसियाका घरेलु लिगमा यो क्षेत्रका खेलाडीलाई विदेशी कोटामा नराख्ने व्यवस्था गर्न नेपालका अध्यक्ष गणेश थापाले प्रस्ताव गरेका थिए। हामीले त्यसमा धेरै प्रयास गर्यौं। तर, भारत र बंगलादेशका क्लबले मानेनन्। मेरो देश बंगलादेशमा अहिले प्रत्येक क्लबलाई ४ विदेशी खेलाडी राख्न पाउने कोटा छ। त्यसमा दक्षिण एसियाका लागि एक वा दुई थप्ने हो भने पनि ५ वा ६ विदेशी खेलाडी हुन्छन्। त्यसैले बंगलादेशमा समेत कुनै पनि क्लबले यो प्रस्ताव मानेनन्। यो प्रस्ताव अहिले सम्भव रहेन।
व्यावसायिकताबारे
हामी व्यावसायिक हुने बाटोमा भर्खर अघि बढ्न खोज्दैछौं। भारत सबैभन्दा अघि छ, बंगलादेश दोस्रोमा छ। अन्य देशले मेहनत गरिरहेका छन्। तर, युरोपसँग दाँज्दा हामी धेरै तल छौं। हामी व्यावसायिकतामा अगाडि बढ्नै नसक्ने होइन। तर गाह्रो छ। फुटबल भनेको क्रिकेटजस्तो सानो खेल होइन। जहाँ ७ देश आपसमा खेल्छन्। अनि जे गरे पनि भयो। अन्य खेलमा १० लाख डलर भनेको ठूलो पैसा हो। फुटबलमा त्यो पनि 'चिकेन' हुन्छ। मेरो देशमा डच प्रशिक्षकलाई १० लाख डलर दिनुपर्छ। फुटबलमा २ सय ९ देशले महत्त्व दिन्छन्। सबैले मेहनत गर्छन्। अर्बाैं डलर खर्च गर्छन्। हामीले पनि मेहनत गरेका छौं। नेपालले पनि मेहनत गरेको छ। मेरो विचारमा सबै देशका सरकारले नै फुटबल संघसँग प्रत्यक्ष सहकार्य गर्नुपर्छ। त्यसो भए यसलाई माथिल्लो स्तरमा पुर्याउन सकिन्छ।
साफको स्तरबारे
दक्षिण एसियाको फुटबल स्तर हामी खेल्ने बेला धेरै राम्रो थियो। यसको मतलब अहिले कमजोर भनेको होइन। विस्तारै सुधार भइरहेको छ। त्यो बेलाको दाँजोमा अन्य देशले धेरै विकास गरे, हामी त्यही रह्यौं। हामी खेल्ने बेला भारत र बंगलादेश एसियाका राम्रो टोलीमा गनिन्थ्यो। मैले खेलेको पहिलो अन्तर्राष्ट्रिय खेल १९७२ मा थाइल्यान्डविरुद्ध थियो। मलेसियामा भएको त्यो खेलमा नतिजा २–२ को बराबरी थियो। थाइल्यान्डले दुवै गोल पेनाल्टीमा गरेको थियो। हामी त्यही अडियौं, उनीहरू धेरै अघि बढे।
'एक्सपोजर' बारे
एएफसी च्यालेन्ज कप सुरु भएपछि हामीले एसियन कपका लागि सोझै छनोट खेल्ने व्यवस्था खारेज भयो। जसका कारण हाम्रो 'एक्सपोजर' घटेको सही हो। फुटबल विकासका लागि 'एक्सपोजर' सबैभन्दा महत्त्वपूर्ण हुन्छ। हामी च्यालेन्ज कपको अन्तिम चरणमा छानिन बारम्बार चुक्ने गरेका छौं। त्यसमा दोष अरुको छैन। दोष हाम्रै हो। हामी आफू उत्कृष्ट भएर छानिनुपर्छ। अहिलेको एसियाली फुटबल संरचना परिवर्तन गर्नुपर्छ भन्ने आवाज आए पनि म त्यो पक्षमा छैन। कुनै पद्धति परिवर्तन गरेर केही हुँदैन। जीवनलाई सहज बनाउनु हँुदैन। फुटबलमा संघर्ष, संघर्ष र संघर्ष मात्र हुन्छ। हामीले पनि मेहनत गर्ने बानी बसाल्नुपर्छ। 'च्यारिटी' मा विश्वास गर्दिनँ। आफै राम्रो हुनुपर्छ। 'एक्सपोजर' का लागि दक्षिण एसियाभित्र मैत्रीपूर्ण संस्कार विकास गर्नुपर्छ। मैले गणेशसँग बंगलादेश र नेपालबीच वर्षमा कम्तीमा तीनपल्ट मैत्रीपूर्ण खेल्न प्रस्ताव गरिसकेको छु। हामी योजनामा छौं। यसबाहेक आउँदो सेप्टेम्बर/अक्टोबरमा ढाकामा बंगबन्धु अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता गर्ने योजनामा छु। त्यसमा बहराइन, कतार, कुवेत र थाइल्यान्डसँगै नेपाललाई पनि निमन्त्रणा गर्नेछु।