एकताको दिनमा पनि बिवाद
०९ असार २०७०
•
११ मिनेट पाठ
एकताको दिनमा पनि बिवाद
काठमाडौं – ओलम्पिक खेलकुदलाई पुनस्थापित गर्न अन्तर्राष्ट्रिय एथलेटिक्स कंग्रेसका सबै प्रतिनिधिले सर्बसम्मत निर्णय गरेको दिन (जुन २३) लाई ओलम्पिक दिवसका रुपमा मनाइने गरेको छ।पेरिसमा सम्पन्न कंग्रेसमा पिरे डी कौबेर्टिनको प्रस्तावमा सबैले सम्मति जनाएकै कारण जुन २३ लाई आधुनिक ओलम्पिक अभियानको जन्मदिन मानिन थालेको हो। १९४८ जुन २३ मा स्विटजरल्यान्डमा बसेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) को वैठकले यही दिनलाई ओलम्पिक दिवस मान्ने औपचारिक निर्णय गरेको थियो।
विश्वभर ओलम्पिक अभियान सञ्चालनको सर्वोच्च निकाय आइओसीले ओलम्पिक दिवसलाई एकताको दिनका रुपमा लिएको छ। तर, नेपालमा भने ओलम्पिक दिवसमा यसपाली पनि विगतमा झै बिवाद छताछुल्ल भएको छ। आइओसीको मान्यता भएको र नभएको दुवै संघले आफूलाई आधिकारिक दावी गर्दै फरक स्थानमा ओलम्पिक दिवस मनाएका  छन्।
समानान्तर दावी गर्ने दुईले फरक रुपमा ओलम्पिक दिवस मनाउँदा साझा रुपमा देशको प्रतिनिधित्व गरेका ओलम्पियन खेलाडी पनि दुई खेमामा बाडिए। दुवैतिर दर्जनभन्दा कम ओलम्पियनको उपस्थिति थियो। केही ओलम्पियन भने बिवादका कारण कुनै पनि कार्यक्रममा उपस्थित भएनन्। 'हामी केही साथीहरु सल्लाह गरेरै कतै नगएका हौं। दुवै पक्षले नेपाली खेलकुदका लागि माखो मारेका छैनन्। उनीहरु हामीलाई आफ्नो राजनीतिको गोटी मात्र बनाउन चाहन्छनु,' पाँच खेलाडी सल्लाहमा कतै नगएको बताउँदै एक ओलम्पियनले भने, 'एकातिर गए अर्को रिसाउने, अर्कोतिर गए अर्को रिसाउने। हामीले सबै नेपाली र नेपालका लागि खेलेका हौं। कुनै एउटा पक्षको कार्यक्रमलाई अनुमोदन गर्नु बेस ठानेनौं। यस्ता कार्यक्रमले खेलाडीको बीचमा विभाजन ल्याउने डर हुन्छ।'
राष्ट्रिय खेलकुद परिषदका जागिरे उनले भने, 'परिषदको भूमिका पनि बुझिनसक्नु छ। कता जाँदा परिषद नेतृत्व रिसाउँछ थाहा हुदैन। जागिरे पर्‍यौं। बरु कतै नजादा समस्या नआउला भन्ने लाग्यो।'
अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटि (एनओसी) ले सामसुङ जावलाखेल युथ क्लबको मैदानमा ओलम्पिक दिवस मनायो भने सर्वोच्च अदालतले पुनस्थापित गरेको एनओसीले भक्तपुरलाई आयोजनास्थलका रुपमा रोज्यो। नेपालका लागि रुसी राजदुत सर्गेई भासिलिइभिच भेलिच्किनको प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीले जावलाखेलमा कार्यक्रम गर्दा हजारको हाराहारीमा विद्यार्थी तथा खेलाडी खेलकर्मी उपस्थित गरायो। अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीको कार्यक्रममा आइओसी अध्यक्ष ज्याक्स रगको सन्देश पढनुका साथै विभिन्न सांगीतिक कार्यक्रम सामेल थिए। कार्यक्रममा बोल्दै एनओसी अध्यक्ष ध्रुवबहादुर प्रधान, महासचिव जीवनराम श्रेष्ठ तथा संयोजक विष्णुगोपाल श्रेष्ठले ओलम्पिक अभियानबारे चर्चा गरे। अन्तर्राष्ट्रिय मान्यताप्राप्त पक्षले नेपालको ओलम्पिक बिवादबारे ओलम्पिक दिवसमा चर्चा गरेन।
कार्यक्रममा नेपालका लागि पहिलो पटक १९६४ को टोकियो ओलम्पिकमा भाग लिएका बक्सर रामप्रसाद गुरुङ, कृष्ण वश्नेत, स्नेह राज्यलक्ष्मी राणालगायतका ओलम्पियनको सहभागिता थियो। प्रथम ओलम्पियन गुरुङको नेतृत्वमा खेलाडीहरुले ओलम्पिक टर्च बोकेर जावलाखेल मैदानको फन्को मारेका थिए।  
भक्तपुरमा रुक्मसम्शेर राणा अध्यक्ष रहेको सर्वोच्च अदालतले व्युताएको एनओसीले भने र्‍याली गरेर ओलम्पिक दिवस मनायो। करिव २ सय ५० को सहभागितामा भक्तपुर दरवार क्षेत्रबाट निस्केको र्‍याली कमलविनायक मन्दिर हुदै नगर परिक्रमा गरी दरवार क्षेत्रमै समापन भएको थियो। अन्तर्राष्ट्रिय मान्यता नभएको एनओसीको कार्यक्रममा जीतबहादुर केसी, उमेश माश्के, प्रविण तुलाधरलगायतका ओलम्पियनहरुको सहभागिता थियो।
कार्यक्रममा बोल्दै राणा पक्षका उपाध्यक्ष किशोरबहादुर सिंहले नेपालमा ओलम्पिक अभियानमा फाउल प्ले भएको आरोप लगाए। उनले भने, 'ओलम्पिक भनेको फेयर प्ले हो। तर यहाँ अर्को पक्षले फाउल प्ले गरिरहेको छ। देशको कानुन नमानेर जवरजस्ती भइरहेको छ। हामीले बिवाद गरेका होइनौं। अन्याय नसहेको मात्र हो। हामीले फेयर प्ले गरेका छौं।'
१९६३ मा आइओसीको सदस्यता लिएपछि नेपालमा ओलम्पिक अभियान सुरु भएको थियो। एनओसीमा बिवादको सुरुआत भने २०२४ सालमा भएको मानिन्छ। परिषदको सदस्य सचिव नै एनओसी अध्यक्ष हुने चलन रहेका बेला तत्कालिन कुमार खडगविक्रम शाह परिषद नेतृत्वबाट अलग भएपछि पनि नयाँ नेतृत्वमा आएका सरदचन्द्र शाहलाई एनओसी छोडन आनाकानी गरेको पाका खेलकर्मी सम्झन्छन्। तर दुई दरवारियाबीचको उक्त बिवाद भित्रभित्रै गपचुप बनाइएको थियोे। जसका कारण खेल क्षेत्र त्यसबाट प्रभावित भएन।
२०५४ मा जीवनराम श्रेष्ठ परिषद सदस्य सचिव हुँदा पहिलो पटक नेपालमा दुई ओलम्पिक कमिटि अस्तित्वमा आएका थिए। गोविन्दराज जोशी अध्यक्ष तथा रुक्मशम्शेर राणा महासचिव रहेको एनओसीलाई विघटन गर्दै श्रेष्ठले आफ्नै अध्यक्षतामा अर्को एनओसी गठन गरेका थिए। परिषदको सदस्य सचिव एनओसी अध्यक्ष रहने र परिषदमै एनओसीको कार्यालय रहने तत्कालिन व्यवस्थाविरुद्ध जोशी नेतृत्वले अन्तर्राष्ट्रिय लविङ गर्दा श्रेष्ठको प्रयास असफल भएको थियो। नेपालमा एनओसीलाई परिषदको प्रभावबाट बाहिर ल्याउने स्वायत्तता आन्दोलन त्यहीबाट सुरु भएको थियो।
एनओसी बिवादले २०६० मा चरम रुप लियो। परिषद सदस्य सचिव किशोरबहादुर सिंहले २०६० मा भएको एनओसी निर्वाचनलाई कोठे चुनावको संज्ञा दिएर विघटन गरे। आफै बरिष्ठ उपाध्यक्ष रहेको एनओसी विघटन गरेर सिंहले आफ्नो अध्यक्षतामा नयाँ एनओसी गठन गरे।
लामो समय बिवाद चल्ने क्रममा सिंहले एनओसीको सदस्य रहेका १५ संघको निर्वाचन गराए। जसलाई एनओसी पक्षले विघटनको टाचा लगायो। आईओसी र ओसिएको संसारभर एनओसीहरु स्वायत्त बनाउने अभियानका कारण परिषद आईओसीकै रोडम्यापमा सहमति जनाउन बाध्य भयो। २०६२ को अन्त्यमा रोडम्यापमा सहमति गरिएपनि त्यसको केही महिनामै लोकतन्त्र स्थापनापस्चात परिषदको नेतृत्व परिवर्तन भएपछि रोडम्याप थाँती रहयो।
लोकतन्त्रपछि परिषदको नेतृत्व पुनः जीवनराम श्रेष्ठको हातमा पर्‍यो। उनले शाही कालमा भएको भन्दै एनओसीका सदस्य संघलाई पुनः निर्वाचनको निर्देशन थिए। त्यसक्रममा उनले ८ संघ विघटन गरेको प्रशंगलाई अहिले पनि खेलकुदमा उनका विरोधीले मुख्य मुद्धा बनाउने गरेका छन्। उनी सदस्य सचिव भएकै अर्को वर्ष २०६३ मा पहिलो पटक नेपालमा एनओसीको खुला निर्वाचन हुँदा श्रेष्ठ महासचिव तथा तत्कालिन महासचिव ध्रुवबहादुर प्रधान अध्यक्ष पदको उमेदवार बने। प्रतिनिधित्वको विषयमा परेको रिटमा सर्वोच्च अदालतले रोक्न आदेश गरेको निर्वाचनमा प्रधान सर्वसम्मत भए भने श्रेष्ठ सिंहलाई भारी मतमा हराउँदै महासचिव बने।
त्यसपछि केही वर्ष नेपालमा ओलम्पिक विबाद सकिएजस्तो देखिएपनि सर्बोच्च अदालतले २०६६ असोज १८ मा प्रधान नेतृत्वलाई अवैध ठहर गर्दै राणा नेतृत्वको पूरानै कमिटि व्युताएपछि बिवाद पुनस्थापित भयो।
२०६३ फागुन २९ मा भएको उक्त निर्वाचनलाई अवैधानिक भन्दै कमल चित्रकार र सदस्य पदमा उमेदवारी दिएर पराजित भएका प्रसन्नमान श्रेष्ठले एक वर्षपछि सर्वोच्च अदालतमा रिट दायर गरे।
ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको एनओसीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) को मान्यता छ। राणा पक्षसँग अदालतको मान्यता भएपनि आइओसी र ओसिएले पत्याएको छैन्।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस