काठमाडौं- शिवराम श्रेष्ठका लागि शनिबारको दिन व्यावसायिक गल्फ करियरमा सबैभन्दा स्मरणीय रह्यो। घरमा सूर्य नेपाल मास्टर्सको उपाधि जित्ने दोस्रो नेपाली बन्नु उनका लागि चानचुने सफलता थिएन।
रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा कार्यरत पितालाई पछ्याउँदै बल ब्वाई, ग्रिन ब्वाई, क्याडी हुँदै एमेच्योर गल्फमा प्रवेश गरेका नेपालका वर्तमान नम्बर एक व्यावसायिक गल्फरले शनिबार ५३ प्रतिद्वन्द्वीलाई पछि पार्दै उपाधि जितेका थिए। शिवरामको ७ वर्षे व्यावसायिक करियरमा यो २२औं उपाधि हो। शिवराम स्वयम् पनि यसअघि जितेका २१ उपाधिभन्दा सूर्य नेपाल मास्टर्सलाई विशेष मान्छन्। नेपाली गल्फमा सबैभन्दा बढी कमाउने खेलाडी भन्छन्, 'मैले करियरमा आज ठूलो सफलता हासिल गरेको छु। आगामी दिनमा योभन्दा ठूलो सफलता पाउन थप मेहनत र प्रशिक्षण जरुरी छ।'
एसियन टुरको नियमित खेलाडी बन्ने लक्ष्य राखेका शिवरामले प्रायोजकका रूपमा २०१३ का लागि आफूलाई सघाएका आइएसएमई प्रालिका प्रमुख नागेन्दर पम्पाटी र नेपाल गल्फ संघका महासचिव टासी घलेप्रति आभार प्रकट गरे। 'अहिले म जहाँ छु, त्यो सब टासी दाइका कारण हो। उहाँले मलाई अभिभावकका रूपमा गल्फमा डोर्या उनुभएको हो। यो वर्षका लागि प्रायोजन गरेर आइएसएमईले पनि मेरो करियरमा ठूलो सहयोग गरेको छ। त्यसैले आजको खुसीको यो अवसरमा म टासी दाइ र पम्पाटी सरलाई विशेष धन्यवाद दिन चाहन्छु,' उनले भने।
आरएनजिसीमा क्याडीबाट एमेच्योर गल्फमा पाइला राख्दै गर्दा शिवराम र सिबी भण्डारी छोटो समयमै उदियमान खेलाडीका रुपमा स्थापित भइसकेका थिए। गल्फका सौखिन घलेले शिवरामको त्यही सम्भावना देखेर उनको करियर जिम्मा लिए। घलेकै अभिभावकत्वमा थाइल्यान्ड तथा अमेरिकामा समेत विशेष प्रशिक्षणको मौका पाएपछि उनको गल्पि्कङ क्षमता थप उजागर भएको थियो।
सन् २००६ मा शिवराम व्यावसायिक खेलाडी बन्नुमा पनि घलेको मुख्य भूमिका थियो। थाइल्यान्डमा थाई ओपन क्रममा घलेले नै उनलाई व्यावसायिक खेलाडीमा परिवर्तन गराएका थिए। नेपाली गल्फमा २००८/०९ को एकै सिजनमा ५ उपाधि जितेर कीर्तिमान बनाएका उनले त्यसको अर्को सिजनमा ६ उपाधि जितेर कीर्तिमानमा सुधार गरे। घलेको अभिभावकत्वमा प्रत्येक दिन खेलक्षमता निखार्दै अघि बढेका शिवराम र घलेबीच २००९ मा सम्बन्ध चिसियो। २००९ मा जापानमा पानासोनिक ओपन खेल्न जाँदा होटल व्यवसायका ठूला नाम घले शिवरामका क्याडी थिए। तर, त्यही प्रतियोगिताबाट यी दुईबीचको सम्बन्धमा मनमुटाव आएको थियो।
तथापि शिवरामको खेलका जबरजस्त 'फ्यान' घलेले उनलाई शनिबारको जितपछि थप प्रशिक्षणमा जान सुझाए। 'आज शिवरामले ठूलो उपलब्धि पाएको छ। उसले हामीजस्ता गल्फमा माया गर्नेको गौरव बढाएको छ। भारतमा नियमित खेलिरहेकाले उसको प्रदर्शन राम्रो भएको हो। अब उसले थप प्रशिक्षण गरे एसियन टुरसम्म पुग्नेछ,' घलेले भने।
लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबका पूर्वअध्यक्षसमेत रहेका घलेले शिवरामको जितले नेपाली खेलकुदमा गल्फको माहोल आएको प्रतिक्रिया दिए। उनले भने, 'अब नेपालमा गल्फको माहोल आउँछ। यस्ता अरु एक/दुई प्रतियोगिता गर्न सके त्यसलाई थप बल मिल्नेछ। अझ त्यसमा नेपालीले नै जिते त झन गल्फलाई हेर्ने नजर फेरिनेछ।'
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) का अध्यक्ष दीपक आचार्यले शिवरामको जितलाई जितलाई 'फ्यान्टास्टिक' भन्दै लामो समयदेखिको सपना पूरा भएको बताए। उनले भने, 'नेपाली गल्फले पछिल्ला वर्षहरूमा गरेको मेहनतको फल हो यो। नेपालीले सूर्य नेपाल मास्टर्स जित्नु भनेको हाम्रो सपना हो। यस्तो नतिजा आए नेपाली गल्फको स्तर बढाउन सहयोग पुग्छ।'
शिवरामको उपाधि यात्रा
सूर्य नेपाल गल्फ टुर
२०१३/१४
२१ सूर्य नेपाल मास्टर्स
२०१२/१३
२० एनपिजिए म्याच प्ले
१९ सेन्ट्रल ओपन
१८ सूर्य नेपाल वेस्टर्न ओपन
२०११/१२
१७ सूर्य नेपाल म्याच प्ले
१६ इस्टर्न ओपन
१५ सिएमएस ओपन
१४ वेस्टर्न ओपन
१३ सेन्ट्रल ओपन
१२ स्वर्णिमा ओपन
२०१०/११
११ घनश्याम थापा ओपन
१० एनपिजिए प्रेसिडेन्ट्स कप
९ इस्टर्न ओपन
८ सेन्ट्रल ओपन
७ टुर च्याम्पियनसिप
२००८/०९
६ सेन्ट्रल ओपन
५ गल्फर पाइलट्स एनपिजिए क्लासिक
४ सामसुङ म्याच प्ले
३ घनश्याम थाप गोल्डेन जुब्ली
२ सिएमएस ओपन
सन् २००७ (टुर अघि)
१ सिएमएस ओपन
सन् २००५
२२ वेस्टन ओपन (एमेच्योर हुँदै)