सहाराले गुमायो अभिभावकत्व
१८ कार्तिक २०७७
•
३ मिनेट पाठ
सहाराले गुमायो अभिभावकत्व
लामो समय फुटबलको गतिविधि शून्य थियो। शून्य अवस्थको फुटबललाई माथि उठाउन निकै सकस थियो। त्यसमा अझ मोफसलको शहर। मोफसल भन्ने वित्तिकै राजधानीले दोस्रो दर्जाको रुपमा हेर्ने गथ्र्यो।  




अखिल नेपाल फुटबल संघमा विवाद थियो। विवादकै कारण शहीद स्मारक लिग स्थगित थियो। त्यसो त द्वन्द्वकालिन अवस्था थियो। जटिल अवस्थाकै कारण राष्ट्रिय लिग बन्द हुँदा फुटबलको गतिविधि ठप्पै जस्तो थियो। गण्डकी अञ्चल आफैंमा फुटबलको उर्वर भूमि थियो। फुटबलको उर्वर भूमि भएपनि आयोजना हुँदै आएका प्रतियोगिता बन्द भईसकेका थिए।  

फुटबलको गतिविधि शून्यकै अवस्थामा सहारा क्लब पोखराको उदय भयो। २०५५ सालमा क्लबको उदयसँगै फुटबलमा नयाँ आयाम हुने धेरैले विश्वास गरेका थिए। त्यही विश्वासलाई साथ लिदैं क्लबले जिल्लास्तरीय फुटबल प्रतियोगिता गर्‍यो। जिल्लास्तरीय प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गरेपछि राष्ट्रियस्तरको आयोजना गर्न धेरैले हौस्याए। आम दर्शकको चासो र समर्थकको हौसाईले ठूलो प्रतियोगिता गर्ने जमर्को क्लबले गरेपछि २०५८ सालमा क्याराभान गोल्डकप आयोजना गर्‍यो।  

जुन गोल्डकप पोखराको फुटबल इतिहास नयाँ आयाम बन्यो। एक वर्षको लागि सम्झौता थियो। फुटबल प्रतियोगितासँगै सम्झौता टुंगियो। दोस्रो वर्षको लागि नयाँ सम्झौता गर्न क्लबले धम्मरधुस लगायो। तर प्रायोजकले काठमाडौं गर्न सुझाए। सम्झौता रकम थप्ने आश्वासन दिए। झण्डै प्रायोजक खोज्दै ६ महिना बितेपछि आजित बनेको क्लबले हिमश्री फुड्ससँग सम्झौताको नजिक पुग्यो।  

सम्झौता गर्ने परिपाटी स्व. क्षेत्रबहादुर केसीले गरेका थिए। केसी जिल्ला विकास समिति कास्कीका अध्यक्ष समेत थिए। उनकै पहलमा हिमश्री फुड्सका अध्यक्ष सुर्यबहादुर केसी समक्ष प्रस्ताव पुग्यो। प्रस्तावलाई स्वीकार्दै सम्झौताको प्रयास अघि बढ्यो। क्लबले हिमश्री फुड्ससँग एकैसाथ दशवर्षको लागि सम्झौता गर्‍यो र शुरु गर्‍यो ‘रारा गोल्डकप’। २०५९ मा रारा गोल्डकपबाट उदाएको क्लबको नकाउट फुटबल प्रतियोगिता १८ औं संस्करण टुंग्सिकेको छ। उनै केसीको मंगलबार आफ्नै निवासमा निधन भयो। निधनले सहारा क्लबले अभिभावकत्व गुमाएको सहारा क्लबका संस्थापक अध्यक्ष बसन्त थकालीले बताए।  

‘सहारा क्लबले आफ्नो अभिभावकत्व गुमाएको छ’ उनले भने–‘फुटबलको विकासमा उहाँले गरेको योगदानलाई क्लबले कहिल्यै भुल्न सक्दैन।’ शून्य अवस्थामा रहेको फुटबललाई मोफसलकै क्लबको प्रस्तावलाई स्वीकार्दै दशवर्षे लामो सम्झौता गरेपछि पोखराको नकाउट फुटबल प्रतियोगिता नयाँ उचाईमा पुगेको हो। ‘क्याराभान गोल्डकप भव्य रुपमा सम्पन्न गरेपछि प्रायोजक खोज्दै भौतारिदाँ हिमश्री फुड्सले साथ दियो’ उनले भने–‘पटक पटक प्रायोजक खोज्नुपर्ने प्रवृत्ति अन्त्य गर्न दशवर्षे सम्झौता गर्‍यौं।’ उनका अनुसार मुख्य प्रायोजक बापत ‘रारा गोल्डकप’को नामबाट खेलाउने सहमति गर्दै दुई लाख रुपैयाँ उपलब्ध गराइएको थियो। सम्झौतामा नेपाल सरकारको मूल्य बृद्धि अनुसार सम्झौता रकम बढ्ने गरी गरिएको अध्यक्ष थकालीले बताए।  

‘हामीलाई पनि वर्षेनी सम्झौता परिपाटी अन्त्य गर्नुपर्ने थियो। जुन हामीले प्रस्ताव गर्‍यौं उहाँ(सुर्यबहादुर केसी)ले स्वीकार्नुभयो’ उनले भने–‘थोरै रकममा भएपनि सम्झौता गरेर फुटबललाई नयाँ उचाईमा पुर्‍यायौं।’ केसीको असामायिक निधनले क्लब मर्माहत भएको भन्दै उनले परिवारजनप्रति समवेदना प्रकट गरे।
अर्को समाचार
इशारामा फुटबल खेल्दै सुस्तःश्रवण भएकाहरु
२९ फागुन २०८०
•
३ मिनेट पाठ
इशारामा फुटबल खेल्दै सुस्तःश्रवण भएकाहरु
सुस्तःश्रवण भएका (बहिरा खेलाडी) कसरी फुटबल खेल्न सक्छन् ? धेरैलाई उत्सुकता लाग्ने विषय हो। उनीहरु मज्जासँग फुटबल खेल्छन्। उनीहरुका लागि कुनै विशेष मैदान हुँदैनन्। सामान्य खेलाडी खेल्ने मैदानमा ती खेलाडी खेलिरहन्छन्।




बहिरा खेलाडीहरु इशाराको भरमा फुटबल खेल्छन्। उनीहरुका लागि सङ्केत नै काफी हुन्छ। बोल्न नसक्ने र कानले पनि नसुन्ने भएकाले उनीहरुका लागि इशारा बेग्लै हुन्छ। निर्णायक भूमिकाका लागि ‘रेफ्री’ पनि मैदानमा तैनाथी हुन्छन्। रेफ्रीको एउटा हातमा रातो र अर्को हातमा हरियो झन्डा हुन्छ।

खेलाडीले गल्ती गरे रेफ्रीले सिटी बजाउँदैनन्, मात्र रातो झन्डा हल्लाउँछन्। अनि बल चलाउनका लागि हरियो झन्डाले इशारा दिन्छन्। प्रशिक्षकले इशाराले सिकाउँछन्। इशाराकै भरमा खेलाडीले आपसमा बल माग्छन्। गोल हुँदा दर्शकले हुटिङ गर्नुको सट्टा दुवै हातमाथि माथि उठाएर औँला फिजाएर खुसियाली साट्छन्।

‘बुझ्नेलाई इशारा काफी छ’ भनेझैँ उनीहरुका लागि भाषाको सञ्चार हातको हाउभाउ हो। बागमती बहिरा महिला फुटबल टोलीकी कप्तान कोपिला गुरुङले आफूहरु यसरी नै फुटबल खेल्ने गरेको बताउँछिन्।

कोपिला गत शुक्रबार अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ का दिन बहिरा फुटबल खेल क्लब पोखराले आयोजना गरेका बहिरा महिला फुटबल प्रतियोगिता खेल्न पोखरा आएका थिए। उनको टोली पोखरामा प्रथम भएको थियो।

नक्साल बहिरा माविमा अध्ययनरत कोपिला बोल्न र सुन्न नसके पनि इशाराको भरमा सामान्य मानिसले जस्तै गरी फुटबल खेल्न सक्ने बताउँछन्। ‘हामी बोल्न र सुन्न नसके पनि सङ्केतको भरमा फुटबल खेल्न सक्छौँ, कुरा यति हो कि हाम्रा लागि पनि सरकारले केही सोचिदिनुपर्छ’, दोभासेमार्फत कप्तान कोपिलाले भनिन्, ‘मेरो लक्ष्य भनेको हाम्रो क्षेत्रबाट नेपाल राम्रो खेलेर विदेश गएर खेल्ने रहर छ।’

पोखरामा फुटबल खेल्न आएकी कञ्चनपुरकी बहिरा महिला फुटबल खेलाडी शर्मिला चौधरीको पनि चर्चित फुटबल खेलाडी बन्ने लक्ष्य रहेको छ। उनी सुदूरपश्चिम महिला बहिरा फुटबल टोलीको कप्तान हुन्।

दक्षिणकाली बहिरा आवासीय माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कप्तान शर्मिलाले बहिरा खेलाडीले उचित अवसर र तालिम पाए अन्तरराष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्न सक्ने बताइन्। दोभासेमार्फत शर्मिलाले भनिन्, ‘हामीहरुका लागि उचित अवसरसँगै तालिम हुने हो भने हामी पनि अरू जस्तै अन्तरराष्ट्रिय प्रतियोगिता खेल्न सक्छौँ।’

रेफ्री कवीरमान गुरुङले अन्य प्रतियोगिता खेलाउँदाभन्दा केही फरक अनुभूति भएको बताए। बहिरा खेलाडीलाई खेलाउँदा सिटी फुक्नुको सट्टा झन्डा हल्लाउनुपर्नेबाहेक सबै नियम समान भएको उनले बताए। ‘अरू खेलभन्दा बहिरा खेलाडीलाई खेलाउँदा केही फरक छ हुने नै भयो तर उहाँहरु मज्जासँग खेल्न सक्नुहुन्छ’, रेफ्री कवीरमानले भने, ‘उहाँको खेल हेर्दा राम्रो प्रशिक्षण पाउने हो भने सुन्ने व्यक्तिसँग प्रतिस्पर्धा गर्न सक्नुहुन्छ।’

बहिरा खेलाडीहरु पनि खेल्नका लागि सक्षम छ भन्ने सोचेर राज्यले लगानी गर्नुपर्ने दाभासेमार्फत बहिरा फुटबल खेल क्लब पोखराका सहसचिव सूर्यमोहन बरालले बताए। बहिराहरुको पहिलो भाषा साङ्केतिक भाषा भएकाले राज्यले दोभासे उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ।

क्लबले यसभन्दा अघि बहिरा पुरुषको बीचमा प्रतियोगिता गर्दै आएको बताउँदै क्लबका सहसचिव बरालले यस वर्षदेखि महिलाका लागि पनि अवसर दिइएको बताए। उनले बहिरा महिलाले पनि राम्रोसँग खेलेकाले आगामी वर्ष पनि बहिरा महिला फुटबलको आयोजना गर्ने प्रतिबद्धता जनाए।

कोशी, बागमती, सुदूरश्चिम र गण्डकी प्रदेशका दुई गरी पाँच टोलीको सहभागिता रहेको बहिरा महिला फुटबल प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको थियो। पोखरा रङ्गशालामा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ‘टाइब्रेकर’मा २–० गोलअन्तरले पराजित गर्दै बागमतीले उपाधि जितेको हो। निर्धारित समयमा खेल बराबरीमा सकिएपछि खेलको टुङ्गो टाइब्रेकरबाट लागेको थियो।

उपाधि जितेको बागमतीले ट्रफीसहित रु ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो। उपविजेता भएको सुदूरपश्चिमले रु ३० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस