काठमाडौं– तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)को आज नवौँ दिन १३ खेलको प्रतिस्पर्धा हुनेछ। आज काठमाडौँ, पोखरा, ललितपुर र जनकपुरमा क्रिकेट, फुटबल, कबड्डी, बास्केटबल, बक्सिङ, कुस्ती, जुडो, आर्चरी, स्क्वास, टेनिस, फेन्सिङ, पौडी र टेनिस हुनेछ।
फुटबल
सागअन्तर्गत महिला फुटबलको फाइनल खेल आज पोखरा रङ्गशालामा हुनेछ। फाइनलमा नेपाल र भारतबीच खेल हुनेछ। महिला फुटबलको कास्य माल्दिभ्सले जितेको छ। पोखरा रंगशालामा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ ।पुरुष फुटबलको फाइनल मङ्गलबार नेपाल र भूटानबीच हुनेछ।
क्रिकेट
साग क्रिकेटअन्तर्गत पुरुष क्रिकेटको फाइनल खेल आज त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा श्रीलङ्का र बङ्गलादेशबीच हुनेछ। यस्तै कास्य पदकका लागि नेपाल र माल्दिभ्सबीच सोही मैदानमा भएको छ। नेपालले माल्दिभ्सलाई हराउँदै कास्य पदक जितिसकेको छ। महिलातर्फ स्वर्ण बङ्गलादेशले, रजत श्रीलङ्काले तथा कास्य नेपालले जितेको छ ।
कबड्डी
महिला र पुरुष कबड्डी हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा आज हुँदैछ। पुरुषतर्फ भारत र श्रीलङ्काबीच तथा महिलातर्फ नेपाल र भारतबीच फाइनल खेल हुनेछ।
बास्केटबल
त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज महिला र पुरुष बास्केटबलको सेमिफाइनलका खेल हुनेछन्। पुरुषको सेमिफाइनलमा बङ्गलादेश र श्रीलङ्का तथा नेपाल र भारतबीच खेल हुनेछ। यस्तै महिलातर्फ भारत र भूटान तथा नेपाल र माल्दिभ्सबीच सेमिफाइनल खेल हुनेछ।
बक्सिङ
साग बक्सिङतर्फ आज आठ स्पर्धाको फाइनल खेल हुनेछ। नेपालका नौ खेलाडी फाइनलमा भिड्नेछन्। महिलातर्फ ललिता महर्जन, माला राई, मिनु गुरुङ, सङ्गीता सुनार र पुनम रावल तथा पुरुषतर्फ आशिष दुवाडी, भुपेन्द्र थापामगर, सनिल शाही र गणेश प्रधान फाइनलमा भिड्नेछन्। आज नेपालले बक्सिङमा नेपालले सर्वाधिक स्वर्ण भित्र्उन सक्ने छ।
यस्तै सुशील थापामगर, पुरन राई, अर्जुन सिगु, तेजबहादुर देउवा, विकास लामा र चन्द्रकला थापा कास्य पदकका लागि भिड्नेछन्।
आर्चरी
आर्चरीतर्फ पोखरामा आज एकल महिला र पुरुषको रिकर्भ र कम्पाउन्ड गरी चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।
स्क्वास
स्क्वासतपर्फ आज पुरुष र महिलातर्फ विभिन्न खेल हुनेछन्।
टेनिस
टेनिसअन्तर्गत आज महिला र पुरुषतर्फको विभिन्न खेल हुनेछन्। टेनिसअन्तर्गत पुरुष एकलको उपाधिका लागि भारतका सकेथ साई मिनेनी र मनिष, सुरेशकुमार तथा महिला एकलको उपाधिका लागि भारतकै श्रब्याभावी सेट्टी र सत्विका समाबीच खेल हुनेछ।
कुस्ती
कुस्तीतर्फ आज दुई स्वर्ण पदकका लागि खेल हुनेछ। आइतबारसम्म भारतले १२, पाकिस्तानले तीन, श्रीलङ्काले दुई तथा नेपालले एउटा स्वर्ण जितेका छन्।
जुडो
सागअन्तर्गत जुडोमा आज विभिन्न तौल समूहमा सात स्वर्णका लागि खेल हुनेछ। खेल आर्मी शारीरिक तालीम तथा खेलकूद केन्द्र, लगनखेलमा हुनेछ।
फेन्सिङ
कीर्तिपुरमा फेन्सिङअन्तर्गत आज टिम स्पर्धामा तीन स्वर्णका लागि खेल हुनेछ।
पौडी
पौडीअन्तर्गत आज विभिन्न स्पर्धामा खेल हुनेछ। सातदोबाटोस्थित पौडी पोखरीमा फाइनल चरणका खेल हुनेछन्।
सुटिङ
सातदोबाटोस्थित सुटिङ रेञ्जमा आज एउटा खेलको प्रतिस्पर्धा हुनेछ।
तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ। भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ। आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ।
नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ। यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ।