महिला भलिबलः मन जित्यो, खेल जितेन
१७ मंसिर २०७६
•
७ मिनेट पाठ
महिला भलिबलः मन जित्यो, खेल जितेन
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक उद्घाटन हुनुभन्दा पाँच दिन अघि महिला तथा पुरुष भलिबलको प्रतिस्पर्धा सुरु भएको थियो। प्रतिस्पर्धा सुरु हुनुअघि नेपाली महिला भलिबल टोली उच्च आत्मविश्वासका साथ मैदान उत्रिएको थियो। कारण, तीन साता अघि बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन महिला भलिबलमा च्याम्पियन हुनु। यता पुरुष भलिबलमा भने सो आत्मविश्वास देखिएन। र, एउटै खेलमा विजयी नभई समूह चरणबाटै बाहिरियो।




महिला भलिबलको समूह चरणमा नेपालको भेट बंगलादेशसँग भयो। उक्त खेल नेपाल २५–९, २५–९ र २५–११ ले जित्यो। खेलमा बंगलादेशमै सेन्ट्रल जोन महिला भलिबलमा च्याम्पियन बनेर फर्किएको टोलीमा बलियो आत्मविश्वास झल्किएको थियो। सो प्रतियोगिताको फाइनलमा नेपालले माल्दिभ्स तीन शून्यको सोझो सेटले पराजित गरेको थियो। र, यही जितले नेपाली महिला टिमलाई पहिलो पटक अन्तर्राष्ट्रिय स्वर्ण पदक पनि दिलाइएको थियो।

भलिबलमा महिलाहरुको प्रदर्शन हेर्दा क्षमतामा अभिवृद्धि भएको देखिन्छ। प्रतियोगिताका हरेक खेलमा नेपाली महिला टिम प्रतिस्पर्धी देखियो। समूह ‘ए’ रहेको नेपालको टिममा बलियो प्रतिस्पर्धी भारत र बंगलादेश रहेका थिए।

समूह चरणको पहिलो खेल नेपालले बंगलादेशविरुद्ध आत्मविश्वासी खेल पस्कियो। उक्त खेल नेपालले तीन शून्यको सेटमा खेल जितेको थियो। २५–९, २५–९ र २५–११ले सो खेल आफ्नो पक्षमा पारेको थियो।

समूह चरणको दोस्रो खेल भारतसँग थियो। क्षमताको अभिवृद्धि र बलियो आत्मविश्वासको साथ नेपाली टिम मैदान उत्रिए। पहिलो सेटमा नेपाल निकै प्रतिस्पर्धी देखियो। तर, सो सेट नेपालले २४–२६ ले गुमाएको थियो। पहिलो सेटको आत्मविश्वास नेपालले दोस्रो र तेस्रो सेटमा दोर्याउन सकेन। दोस्रो सेट १२–२५ ले गुमाएको नेपालले तेस्रो सेट २५–१६ मा पराजित भयो।

समूह चरणमा भारत समूह विजेता र नेपाल उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरे। सेमीफाइनलमा नेपालले श्रीलंकालाई प्रतिद्वन्द्वी पायो। भारतको भेट माल्दिभ्ससँग भयो। सेमिफाइनलमा भारतले मादिभ्ससँग आफ्नो स्वभाविक खेल पस्कियो। सो खेलमा भारत २५–१४, २५–६ र २५–१७ को सोझो सेटमा विजयी भयो।

यता नेपालका लागि श्रीलंकाविरुद्ध सेमिफाइनलको खेल महत्वपूर्ण थियो। किनभने यो खेलमा जितेको खण्डमा पनि नेपाले ऐतिहासिक पदक जित्ने पक्का थियो। सागमा नेपाली महिला टोलीले कास्य पदकभन्दा माथि जित्न सकेको थिएन। 

खेल नेपालकै पक्षमा आयो। सेमिफाइनमा नेपालले श्रीलंकालाई २५–१४, २५–१८ र २५–२१ को सोझो सेटमा जित्यो। सो जित नै नेपालका लागि ऐतिहासिक बनिसकेको थियो। जितले सागको इतिहासमा कास्य पदकभन्दा माथि रजक पदक पक्का भैसकेको थियो। फाइनलमा पुनः समूह चरणकै टोली भारतसँग भेट भयो। खेलका नेपालले प्राविधिक पक्षमा सुधार गर्नुपर्ने थियो। पहिलो भेटमा भारतसामु सोचे अनुसार नजिता दिलाउन नसकेको पाठ नेपालले सिकिसकेको थियो। क्षमताको अभिवृद्धि, आत्मविश्वास, घरेलु दर्शक र स्वर्णको हुटहुटीका साथमा नेपाल भारतविरुद्ध मैदान उत्रिएको थियो।

खेलको पहिलो सेट भारतले नै जित्यो। उक्त सेटमा नेपाल कमजोर देखियो। नेपालले १७– २५ ले खेल गुमायो। भारत प्रतिको परम्परागत ‘हरुवा’ सोच नेपाली खेलकूदमा हावी छ। पहिलो सेटको नतिजा पछि खेलप्रेमीमा नैराश्यता भरिएको थियो। तर, नेपाली महिलाले भने त्यसको विपरितको नजिता पस्किए दोस्रो र तेस्रो सेटमा। आत्मविश्वस र स्तरीय प्रदर्शनका कारण भारतीय खेलाडी आच्छुआच्छु बनेका थिए। यता हजारौं संख्यामा रहेका नेपाली दर्शकको साथले खेलाडीहरु पनि हैसिएका थिए। दोस्रो र तेस्रो सेट २५–२३ र २५–२१ ले जित्यो। नजिता २–१ ले नेपालको पक्षमा आयो। 

दोस्रो र तेस्रो सेटमा निकै प्रतिस्पर्धी खेल पस्किएका कारण चौथो सेटमा पनि सोही नजिताको अपेक्ष राख्न सकिन्थ्यो। तर, चौथो सेट २०–२५ अंकले नेपालले गुमायो। चौथो सेटपछि २–२ को अवस्थामा अन्तिम सेट सुरु भयो। अन्तिम सेट ‘गर वा मर’को अवस्थामा थिए दुबै टिम।

नेपालले फाइनल सेटमा फेरी बिर्सन लायक प्रदर्शन गर्यो। उक्त सेटमा फेरी परम्परागत हारको हाउगुजीले सताएको देखियो। १५–६ ले पराजित भएको उक्त खेलपछि भारतले स्वर्ण पक्का गर्यो। नेपाल रतजमै सीमित भयो। सागमा नेपाली महिला भलिबलले तीन कांस्य जितेको छ। नेपालले सन् १९९९, २००६ र २०१६ को सागमा कांस्य पदक जितेको हो। सागमा फाइनल पुग्नु नै नेपालको लागि ऐतिहासिक बनिसको थियो।

प्रतियोगिता अघि नेपाली महिला टोलीकी कप्तान अरुणा शाही भन्छिन्,‘हामी घरेलु मैदानमा स्वर्ण पदक जित्दै इतिहास रच्ने लक्ष्यमा छौं।’ तर नेपालले स्वर्ण त जित्न सफल भएन तर सुधारिएको खेलसहित प्राप्त रजत पदकले आम भलिबल प्रेमीको मन भने पक्कै जितेको छ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस