भलिबल खेल्दा बुवाको कुटाइ खाइयो
०५ जेष्ठ २०७५
•
१० मिनेट पाठ
भलिबल खेल्दा बुवाको कुटाइ खाइयो
भलिवल नखेली हुर्कनेहरु कमै होलान्। देशका सबै ठाउँमा सहजै खेल्न मिल्ने भएर पनि यो खेल लोकप्रिय छ। जुम्लाका पूर्ण चौंलागाईले पनि स्कुले जीवनमा भलिवल खेल्दै अन्तर्राष्ट्रिय रेफ्रीसम्मको यात्रा तय गरे। विकासका दृष्टिले कर्णली अझै दुर्गम छ। त्यही कर्णलीको जुम्लाबाट यो यात्रा तय गर्नु पक्कै पनि सहज थिएन। तर निरन्तरको लगाव र मिहिनेतले उनलाई सफलताको शिखरमा पुर्यायो।  

दुर्गम भन्ने वितिक्कै अभाव र विकास नभएको ग्रामिण क्षेत्र भन्ने बुझाई रहन्छ। तर त्यही क्षेत्रबाट सुगमलाई धान्ने प्रतिभा उत्पादन हुन्छन् भन्ने उदाहरण बने चौलागाईं। भलिबललाई प्यासन बनाएका पूर्ण जुम्लाले उत्पादन गरेका खेलाडी हुन्। उनी नेपालका ५ अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमध्येका एक हुन्। जुम्लाको तातोपानी गाउँपालिका लाम्रामा जन्मिएर भलिबल क्षेत्रमा होमिएका पूर्ण खेलाडी हुँदै क्षेत्रीय, राष्ट्रियस्तर मात्र होइन अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल भए।

गत वर्ष थाइल्याण्डमा एसियन भलिबल फेडेरेसनको एसियन रेफ्री क्यान्डिडेटकोर्ष गरेपछि पूर्ण अन्तर्राष्ट्रिय भलिबल रेफ्री बनेका हुन्। लेभल वान प्रशिक्षकसमेत रहेका पूर्णसँगै नेपालमा टहलसिंह थापा, गौतमप्रसाद लाछिबा, कुलबहादुर थापामगर र चन्द्रबन्दना राई अन्तर्राष्ट्रिय रेफ्री छन्।

एक वर्षअघि एसियन रेफ्री क्यान्डिडेटकोर्ष गरेका पूर्णले थुप्रै गेमहरु खेलाइसकेका छन्। त्यसमध्येको महत्वपूर्ण गेम हो हङकङ र मकाउसँगको मैत्रीपूर्ण खेल। सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेसँगै नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले गत जनवरीमा हङकङ र मकाउको राष्ट्रिय टोलीसँग उनीहरुकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो। तुलनात्मक रुपमा बलियो मानिएको हङकङसँगको खेल नेपालले ३–२ सेटले जित्यो। यो खेलको अन्तिमसेट पूर्णले नै खेलाएका थिए।

जुम्लादेखि काठमाडौं यात्रा

सानैदेखि गाउँमा भलिबल खेलिरहने पूर्णले एउटा खेलमा रेफ्रीले पक्षपात गरेपछि उनको मानसपटलमा ठूलो भएपछि भविष्यमा रेफ्री बन्छु भन्ने सपनाको विजारोपण भयो। त्यसपछि उनले निरन्तर भलिबललाई पछ्याए। २०५१–०५२ तिर जुम्ला मात्रै नभई देशभर भलिबलको क्रेज रहेका बेला पूर्ण पढ्न छाडेर भलिबल खेल्न जान्थे। कक्षा ७ मा पढ्दै गर्दा एक दिन पढ्न भनेर हिँडेका पूर्ण भलिबल खेल्न लागे। राति अबेर मात्र घर फर्किएपछि ‘पढ्न छोडेर भलिबल खेल्ने’ भन्दै बुवाको कटाइ पनि खाए। तर, खेल्न छाडेनन्। बरु बुवाको कुटाइपछि कक्षा ८ मा पढ्दै गर्दा त्यतिखेरको वीरेन्द्र रनिङ शिल्ड प्रतियोगितामा भाग लिए।

उनी उच्च शिक्षा अध्ययनका लागि २०५७ सालमा राजधानी काठमाडौं हान्निए। काठमाडौं आएपछि पनि उनको ध्यान पढाईमा कम र भलिबलमै बढी थियो। यही सेरोफेरोमा एकदिन चिडियाखाना हेर्न जावलाखेल पुग्दा जावलाखेल मैदानमा भलिबल खेलिरहेको देखे। करिब एक घण्टा उभिएर खेल हेर्दा मैदानको छेउछाउमा झुन्ड्याएको होडिङबोर्डमा उनको नजर पुग्यो। जहाँ लेखिएको थियो– यहाँ भलिबल प्रशिक्षण गराइन्छ।

भलिबलमा अगाडि बढ्ने उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो यही होडिङबोर्ड।  जावलाखेल भलिबल प्रशिक्षण क्लबमा प्रशिक्षणका लागि भर्ना भएपछिको केही दिन त उनी अन्डरह्यान्ड र ओभर ह्यान्ड पासमै सिमित भए। भलिबलका थुप्रै नियमहरु पालना गर्नुपर्ने कारण उनलाई दिकदारी नलागेको होइन, तर निराश भएनन्।

इच्छाशक्ति र निरन्तर मेहनत गरे सफलता निश्चित छ भन्ने भनाईलाई जुम्लाका पूर्णको ‘जिरो लेभल’देखिको आजसम्मको प्राप्त सफलताले सिद्ध गरेको छ।

बुबा उमाकान्त चौलागाई र आमा पूर्णवती चौलागाईको कान्छो सन्तानको रुपमा जुम्लामा जन्मेका पूर्णलाई अलिकति बुझ्ने भएदेखि नै भलिबल खेलप्रतिको मोहले छाडेन। स्कुल पढ्दादेखि भलिबल खेलप्रति निकै रुची राख्ने उनी गृहजिल्ला जुम्ला र अन्य विभिन्न ठाउँको क्लबको क्याप्टेन भएर कैयौ पटक भलिबल प्रतियोगिता खेलेका छन् र थुप्रै पटक ट्रफी समेत उचालेका छन्।

भलिबल खेलमा माहिर भनेर जिल्लामा राम्रो परिचय बनाइसकेका पूर्णले जावलखेल भलिबल प्रशिक्षण क्लवमा प्रशिक्षण लिएपछि खेलमा थप निखारता मात्रै आएन, त्यसपछि जीवनमा कहिल्यै पछाडि फर्केर हेर्न परेन।

जावलाखेलको प्रशिक्षण पश्चात उनले सोही क्लवको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने मौका पाए। यसका अलवा मध्यपश्चिमाञ्चल विकास क्षेत्रको प्रतिनिधित्व गर्दै थुप्रै पटक राष्ट्रिय प्रतियोगिता खेल्ने मौका पाए। खेलाडी जीवनमा उनले थुप्रै दुःख र कष्ट ब्यहोरेपनि कहिल्यै हरेस खाएनन। त्यसैकारण त उनलाई नयाँ–नयाँ अवसरहरुले पछ्याइ रह्यो।

राष्ट्रिय खेलकुद परिषद्बाट एनआईएस भलिबल प्रशिक्षक कोर्ष लिएका पूर्णले विसं २०६७ सालमा सम्पन्न छैटौ राष्ट्रिय खेलकुदमा सल्यान जिल्ला खेलकुद विकास समितिको मुख्य प्रशिक्षकको रुपमा सफल भूमिका निर्वाह गरे। त्यस्तै, विसं २०६९ मा इन्टरनेशनल लेबल वान भलिबल प्रशिक्षण कोर्ष, २०६६ सालमा क्षेत्रीय रेफ्री कोर्ष र २०७० सालमा राष्ट्रिय रेफ्री कोर्ष सम्पन्न गरेका छन्।

विसं २०७२ सालमा नेपाल भलिबल संघको सिफारिसमा थाइल्याण्डको बैंककमा सिनियर रेफ्री कोर्ष लिएका उनले २०७३ सालमा सातौं राष्ट्रिय खेलकुदमा मध्यपश्चिमाञ्चल क्षेत्रकै राष्ट्रिय भलिबल रेफ्रीको संयोजकको भूमिका निर्वाह गर्ने मौका पाए। त्यस खेलमा मिलेको सफलताले पनि उनले थप वाहवाही कमाए। 

त्यसपछि विसं २०७४ सालको जेठ महिनामा उनले थाइल्याण्डस्थित रामखेङहाङ युनिभर्सिटिमा एसियन भलिबल फेडेरेसनले आयोजना गरेको एसियन रेफ्री कोर्षमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने सुनौलो मौका उनले पाए। यस कोर्ष सम्पन्न गरेसँगै पूर्ण अब अन्तर्राष्ट्रिय स्तरकै भलिबल खेल खेलाउन सक्षम भएका छन्। अर्थात उनी अन्तर्राष्ट्रिय भलिबल रेफ्री बनेका छन्।

जावलाखेल क्लबमै प्रशिक्षण लिदा गुरुहरुले उनीभित्र केही क्षमता देखिसकेका थिए, त्यही कारण होला उनलाई रेफ्री बन्न गुरुहरुले नै प्रोत्साहन गर्थे। त्यसकै परिणमा आज पूर्ण यो स्थानमा पुगेको उनी बताउँछन्।

कलिलै उमेरमा गाउँमा एउटा खेलमा सहभागी हुँदा रेफ्रीले गरेको पक्षपाती निर्णय मन नपरेर ठूलो भएपछि रेफ्री बन्छु भन्ने सपना बोकेका पूर्णको सपना छिटै साकार भएको छ। उनी भन्छन्– तर जिन्दगीमा त्यस्तो पक्षपाती बन्दिन, हजारौ खेलाडी र दशर्कको मन जित्ने र यस क्षेत्रलाई थप व्यवस्थित बनाउनेतिर लाग्ने छु।’ सरकारले भलिबल खेललाई नेपाल राष्ट्रिय खेलमा समावेश गरेकोमा आफ्नो जिम्मेवारी थप बढेको महसुस पूर्णले गरेका छन्।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
९ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस